हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)
५२. राजनीतिकरूपमा साम्यवादविरोधी पूर्वाग्रह राख्ने विद्वान्हरूले सडे–गलेका पुराना कथामा प्राणवायु फुकिरहने नै छन् । ख्रुश्चेभ र शीतयुद्धले जन्माएको ‘स्तालिनविरोधी’ वैचारिकीको अझै पनि पर्याप्त खण्डन भएको छैन । तर, रूसमा सोभियत अवधिका प्रचुर गोप्य दस्ताबेजहरूको आलोकमा सोभियत सङ्घको इतिहासको पुनव्र्याख्या गर्ने प्रक्रियाको लहर आएको छ । यही लहर चाँडै अन्त पनि फैलिनेछ । यस निबन्धको प्रमुख उद्देश्य अरूलाई पनि यो घटनाक्रमबारे अवगत गराउनु हो ।
५३. एउटा कुराले प्रत्येकजसो पाठकलाई बिथोल्नेछ । स्तालिनको व्यक्तित्वमाथि पोतिएको ‘व्यक्तिपूजा’ को लेपनका कारण हामी सबै स्तालिन ‘सर्वशक्तिमान तानाशाह’ थिए भनी सोच्न अभ्यस्त छौँ । शीतयुद्ध र ख्रुश्चेभकालीन यो ऐतिहासिक वैचारिकीको यो आधारभूत झूटले सोभियत इतिहासबारे हाम्रो बुझाइलाई अतिशय तोडमोड गरेको छ । अनेक अनुसन्धानको भरथेग दिएर फैलाइएको यो झूट सही बुझाइका लागि घातक पनि छ । सत्य त के हो भने स्तालिन कहिल्यै ‘सर्वशक्तिमान’ हुनुहुन्थेन । अन्य पार्टी नेताहरूको सामूहिक प्रयासको छेकबार थियो । उहाँले संवैधानिक सुधार ल्याउने आफ्नो लक्ष्य कहिल्यै पूरा गर्न पाउनुभएन । उहाँले पार्टी अध्यक्षहरू तथा ‘एनकेभीडी’ का स्थानीय कर्मचारीलाई नियन्त्रण गर्न सक्नुभएन ।
५४. ‘व्यक्तिपूजा’ को लेपनले यो राजनीतिक सङ्घर्षलाई ढाकछोप ग¥यो । केन्द्रीय समितिका बैठकहरूका लिपि उतार पढ्दा त्यसबेला बोल्शेभिक नेताहरू स्तालिनसँग सिधै असहमत थिए भन्ने छर्लङ्ग हुन्छ । यसमा ‘व्यक्तिपूजा’ देखिन्न । राजनीतिक विवादलाई खुला मैदानमा ल्याएर हल गर्न सकिँदैनथ्यो । बरु तिनलाई अन्य मञ्चहरूमा लगेर समाधान गर्नुपथ्र्यो । यसमध्ये कतिपय मञ्च अनौपचारिक थिए । सन् १९३७ को जुलाई महिनामा बसेको पार्टी अध्यक्षहरूको बैठक यस्तै मञ्च थियो । कतिपय विवाद प्रहरी लगाएर हल गरिन्थ्यो । साङ्घातिक मानिएका राजनीतिक विपक्षीलाई त्यसरी नै ठाउँमा ल्याइन्थ्यो ।
५५. कार्यविधि जे भए पनि ‘व्यक्तिपूजा’ को प्रभाव हुकुमी र अत्यन्त प्रजातान्त्रविरोधी हुन्थ्यो । सोभियत नेताहरूमध्ये दुई–चारजनाले मात्र एकहदसम्म यो कुरा बुझेका थिए । स्तालिन तिनैमध्ये एक हुनुहुन्थ्यो । जीवनभर उहाँले पटकपटक ‘व्यक्तिपूजा’ को निन्दा गरिरहनुभयो । यद्यपि, यो समस्या पछि गएर कतिसम्म हानिकारक हुनसक्छ भन्ने कुरालाई उहाँले पूर्ण मनन नगरेको देखिन्छ ।
(टिपोट १५ : रोय मेदभेदेभले आफ्नो रचना ‘इतिहासलाई छिनोफानो गर्न दिऔँ : स्तालिनवादको उद्भव र परिणाम’ मा स्तालिनले ‘व्यक्तिपूजा’ मा आपत्ति जनाएका धेरै प्रसङ्ग उल्लेख गरेका छन् । हेरौँ नोफ संस्करण (सन् १९७१) को पेज १५०, ५०७, ५१२, ५३८, ५४७ । सोभियत सङ्घको विघटनपछि यस्ता धेरै घटना बाहिर आइरहेका छन् । उदाहरणको लागि ‘ज्योर्जी दिमित्रोभको डायरी, १९३३–१९४९’ को पेज ६६–६७ पढौँ । (न्यू हेभन, यल युनिभर्सिटी प्रेस, सन् २००३))
५६. विभिन्न अध्येताका अनुसन्धानका आधारमा यहाँ निकालिएका निष्कर्षहरूले अनुसन्धान गर्नुपर्ने केही महत्वपूर्ण पाटा उजागर भएका छन् ।
वर्गविहीन समाजतर्फ विकसित हुने लक्ष्य लिएको समाजवादी समाजमा ‘प्रजातन्त्र’ को स्वरूप कस्तो हुन्छ ? स्तालिनले परिकल्पना गर्नुभएको सन् १९३६ को संविधान लागु गरेको भए के त्यसले काम गथ्र्यो ? के त्यसले सोभियत सङ्घलाई प्रजातान्त्रीकरण गथ्र्यो त ? वा के त्यसले बोल्शेभिक पार्टीलाई (देशलाई साम्यवादतर्फ लैजान अगुवाइ गर्नुलाई नै परम कर्तव्य ठान्ने) समर्पित क्रान्तिकारीहरूको छाता सङ्गठनको रूपमा त्यसको मूल भूमिकामा फर्काउने थियो ? अथवा यो मोडलमा पहिले नै प्रजातन्त्रका पुँजीवादी अवधारणहरूका धेरै पक्ष समाहित हुनाले यसले सोभियत सङ्घलाई पुँजीवादतर्फ जानबाट छेक्ने भन्दा पनि धकेल्ने काम त गर्ने थिएन ?
यस्तो समाजमा कम्युनिस्ट पार्टीको उपयुक्त भूमिका के हुनसक्छ ? श्रमजीवीवर्गको हातमा प्रजातान्त्रिक शक्ति सुम्पिन राजनीतिक नेतृत्वको कस्तो विशिष्ट स्वरूप अपनाउनुपर्ला ? राजनीतिक (र आर्थिक) नेतृत्वका कस्ता स्वरूप यी लक्ष्यहरूसँग बाझिएलान् ?
५७. एकछिनलाई राज्यले मजदुर र किसानका हित प्रतिबिम्बित गर्न निर्वाचन र ‘प्रतिनिधिमूलक’ सरकार बनाए पुग्छ भनी त्यो स्थितिमा सन् १९३६ को संविधान लागु गरिएकै भए पनि अपेक्षित लक्ष्य हासिल हुने थिएन । यसले के देखाउँछ भने स्तालिन र बेरियाले सोचेजस्तो राज्यलाई बलियो बनाउनु र पार्टीलाई कमजोर बनाउनुमा ‘समाधान’ थिएन । माक्र्सवादीहरूको विचारमा राज्यलाई कुनै न कुनै वर्गले चलाउँछ नै । त्यसैले पार्टीको उच्च तह अथवा समाजको अर्को हिस्साबाट कुनै शासक वर्ग आउँथ्यो र राजकाज चलाउँथ्यो भने त्यसले आफ्नो शासनलाई प्रभावकारी बनाउन राज्यमा फेरबदल गर्ने नै थियो । यसको अर्थ पार्टी र राज्यबिचको भेद कृत्रिम र छलकारी हो । त्यसैले यो भेद राख्न आवश्यक नै छैन ।
‘कर्मचारीवाद’ वा ‘कर्मचारीतन्त्र’ ले एकथरी समस्यालाई जनाउँछ भने अर्को थरी समस्यालाई लुकाउँछ । एउटा प्रजातन्त्र र अर्को पार्टीको भूमिकालाई लिएर मैले माथि नै दुई प्रश्न उठाएको छु । यो समाजका दुई तप्काबिचको सम्बन्धबारे चिन्तन गर्ने सबैभन्दा फलदायी र भौतिकवादी तरिका हो । यस सम्बन्धको एउटा छेउमा समाजवादी वा साम्यवादी समाजको सङ्गठित, राजनीतिकरूपमा सचेत तप्का थियो अर्को छेउमा राजनीतिकरूपमा कम सचेत र कम सङ्गठित तप्का थियो । यद्यपि, कम सङ्गठित बहुजन नै आर्थिकरूपले उत्पादनशील थियो ।
आम बोल्शेभिकले र त्यसमा पनि स्तालिनले राजनीतिक र प्राविधिक दक्षता वा शिक्षाबिच ठुलो भेद गर्नुभयो । तर, बोल्शेभिकहरूले कहिल्यै ‘लाल’ र ‘विज्ञ’ बिचको अन्तर्विरोधलाई कहिल्यै पर्याप्त ध्यान दिएनन् । (चिनियाँ सांस्कृतिक क्रान्तिको बेला यस अन्तर्विरोधलाई यो नाम (‘रेड एन्ड एक्सपर्ट’) दिइएको थियो ।) सबैजसो समाजवादीहरूले राजनीतिक ‘निरीक्षण’ वा ‘पर्यवेक्षण’ लाई प्राविधिक ज्ञान र उत्पादनबाट अलग्याउन सकिन्छ भन्ने सोचेको देखिन्छ । यो सोच ‘प्रविधि’ (विज्ञान) राजनीतिकरूपमा तटस्थ हुन्छ र दक्षतापूर्वक गरेको खण्डमा आर्थिक उत्पादन आफैमा राजनीतिकरूपमा ‘वामपन्थी’ वा ‘कम्युनिस्ट’ हुन्छ भन्ने गलत समझदारीको उपज हो । राज्य–पार्टी अन्तर्विरोधको दुविधा यहीबाट सुरु भएको थियो ।
कम्युनिस्ट पार्टीको हकमा ‘अन्तर–पार्टी प्रजातन्त्र’ को अर्थ के ? सोभियत सङ्घमा सन् १९२० को दशकमा धेरै पार्टी सम्मेलन र महाधिवेशनमा धेरै विपक्षी समूहका विचार पराजित भएका थिए । त्यहीबाट षड्यन्त्रहरूको सूत्रपात भएको थियो । षड्यन्त्रकारीहरूले अन्त्यमा समग्र पार्टी नेतृत्वको हत्या गर्ने लक्ष्य लिए; दुस्ट पुँजीवादी शक्तिराष्ट्रसँगको साँठगाँठ गर्दै र तिनकै लागि गुप्तचरी गर्दै सत्ताविद्रोह गर्ने योजना बुने । त्यति नै बेला स्थानीय पार्टी नेताहरूमा तानाशाही आनीबानी मौलाउँदै गयो । यी आनीबानीले उनीहरूलाई पार्टीको तल्लो कार्यकर्ता पङ्क्तिका साथै बहुसङ्ख्यक गैरकम्युनिस्ट जनताबाट अलग्याउँदै त लगे तर उनीहरूलाई भौतिक सुखसुविधा पनि दिलाए ।
५८. पार्टी नेतृत्वको अलग्गै तप्का विकास गर्न उच्चपदस्थ पार्टी अधिकारीहरूको भौतिक सुखसुविधाले महत्वपूर्ण मात्र होइन निर्णायक भूमिका नै खेलेको हुनुपर्छ । त्यसैगरी, राज्यमाथि प्रत्यक्ष शासन गर्ने भूमिकाबाट पार्टीलाई बाहिर निकालेर ‘आन्दोलन र प्रचारप्रसार’ को काममै फर्काउने स्तालिनको प्रकट उद्देश्य हेर्दा स्तालिन र अन्य केही व्यक्तिले यस अन्तर्विरोधको भेउ पाएको सङ्केत मिल्छ । सोभियत सङ्घमा औद्योगीकरणलाई उत्साहित गर्न के अचाक्ली ज्याला बढाउन आवश्यक थियो ? आवश्यक थियो भने पार्टी सदस्यहरूलाई पनि भौतिक सुखसयल (उच्च तलब, उम्दा आवास, विशेष पसल, आदि) मा पहुँच दिनु गल्ती थियो कि ? जवाफको लागि यी निर्णयहरू लिँदाको राजनीतिक माहोल अर्थात् सन् १९२० को दशकको अन्त्य र सन् १९३० को दशकको आरम्भतिरको स्थिति पूरा केलाउनुपर्छ । ‘पार्टीको उच्चतम्’ ज्यालादरको बन्दोबस्त खारेज गर्ने विषयमा सन् १९३० को आरम्भतिर व्यापक छलफल भएको थियो । सही जवाफको लागि त्यसमा घुस्नुपर्छ र गम्भीर अध्ययन गर्नुपर्छ ।
५९. अध्येता झुकोभ र मुखिन पार्टी नेताहरूलाई राज्य सञ्चालनको कामबाट बाहिर निकाल्ने रणनीति स्तालिन र बेरियाको थियो भन्छन् । पार्टीलाई पतनको बाटोबाट जोगाउने यो सबैभन्दा उपयुक्त उपाय थियो भन्ने यी अध्येताले विश्वास गरेको देखिन्छ । मैले माथि औँल्याएझैँ पतनको वास्तविक कारण ‘लालविरुद्ध विज्ञ’ को अन्तर्विरोधभन्दा पनि आफ्ना सुखसहुलियतको बचाउ हुनसक्छ ।
६०. सोभियत सङ्घको औद्योगिक जग निर्माण गर्ने कार्यमा सहयोग लिन पुँजीवादी, कम्युनिस्टविरोधी र श्रमजीवीवर्गविरोधी दक्ष जनशक्ति भर्ती गर्नुपर्ने देखियो । निश्चय पनि यसका लागि भौतिक प्रोत्साहन आवश्यक रहेको सोचिएको थियो । यस कोणबाट के तर्क गर्न सकिन्छ भने (दक्ष मजदुरका साथै) प्राविधिकरूपमा दक्ष मान्छेहरू बोल्शेभिक पार्टीमा आऊन् अथवा प्रतिकूल वातावरणमा काम गरून् भनी उत्साहित गर्न उच्च ज्याला आवश्यक थियो । यसरी काम गर्दा यी कामदारहरूले प्रायः आफ्नो स्वास्थ्य नै जोमिममा पार्नुपथ्र्यो र आफ्नो पारिवारिक जीवन नै परित्याग गरेर मूल्य चुकाउनुपथ्र्यो; कार्यस्थल मात्र होइन, जीवन नै धरापपूर्ण हुन्थ्यो । पुँजीवादी शैलीको असमानताको यो कवचलाई यो कोणबाट मात्र सही ठह¥याउन सकिन्छ ।
६१. स्तालिन र बेरियाले पार्टीलाई ‘विशुद्ध राजनीतिक’ कार्यमा फर्काएको खण्डमा यसको अधोगति रोक्न सकिन्छ भनी सोचेको हुनसक्छ । यो योजना स्तालिन र बेरियाको थियो नै भने पनि यसलाई कहिल्यै कार्यान्वयनमा ल्याइएन । त्यसैले परिणाम के हुने थियो, भन्न सकिन्न । तर, ‘भौतिक प्रोत्साहन’ अथवा आर्थिक असमानता आधारभूत मुद्दा थियो भन्ने मेरो अनुमान छ । फेलिक्स चुएभसँगको अन्तर्वार्तामा वृद्ध मोलोतोभले जिस्किँदै थप ‘समानता ल्याउनुपर्ने’ खाँचो औँल्याउनुभएको छ र असमानता बढ्दै जाँदा सोभियत सङ्घमा समाजवादको भविष्यबारे चिन्ता लिनुभएको छ । मोलोतोभले स्तालिन र लेनिनको समयमा गाडिएका यसका जराहरू खोतल्नुभएन । स्तालिन जस्तै मोलोतोभ पनि लेनिनको विरासतलाई आलोचनात्मकरूपमा हेर्न चुक्नुभयो । उत्पादनलाई उत्साहित गर्न असमानतालाई सम्बद्र्धन र विस्तार गर्ने आवश्यकता माक्र्सको गोथा कार्यक्रमको आलोचनामा नदेखिए पनि लेनिनको पालामा महसुस गरिएको देखिन्छ ।
६२. कसैले सोध्ने प्रश्नमा नै उसको राजनीतिक चासो झल्किन्छ र खुल्छ पनि । म पनि यसमा अपवाद छैन । मेरो विचारमा स्तालिनको पालाको बोल्शेभिक पार्टीको इतिहासमा भावी पुस्ताले सिक्नुपर्ने धेरैथोक छ । तर, यस इतिहासलाई कम्युनिस्टविरोधी अफवाहले धमिल्याएको हुनाले यसको सही लेखन आवश्यक छ । मार्गनिर्देशनका लागि इतिहासतिर नियाल्ने राजनीतिक अभियन्ता तथा विगतमा भएका सङ्घर्षहरूको अध्ययन गरी एउटा गतिलो संसार निर्माणमा महान् योगदान दिन सकिन्छ भनी विश्वास गर्ने राजनीति–सचेत विद्वान्हरूले सोभियत सङ्घको विरासतबाट धेरै कुरा सिक्न बाँकी छ ।
६३. मध्ययुगका समुद्र यात्रीहरूले बोक्ने नक्सामा तथ्य कम, कल्पना बढी हुन्थ्यो । ती यात्रीलाई झैँ हामीलाई पनि सोभियत सङ्घको महत्वपूर्ण इतिहासबारे मिथ्या कुराले निर्देशित गरिँदै आएको छ । विश्वको प्रथम समाजवादी प्रयोगको तथ्य इतिहास पत्ता लगाउने प्रक्रिया बल्लतल्ल सुरु भएको छ । यो निबन्ध पढ्ने जुनसुकै पाठकले मनन गरेझैँ मलाई पनि के विश्वास छ भने हाम्रो भविष्यको लागि यो अति अहम् अभिभारा हो ।
समाप्त
Leave a Reply