गाजामा भत्केका विश्वविद्यालयहरू
- माघ ५, २०८२
कलेजको वार्षिक भेटघाटको कार्यक्रमको सन्दर्भमा गत पुसको २७ गते हामी पनौती पुगेका थियौँ । भर्खरै परीक्षाहरू सकिएर हिउँदे बिदा पनि सुरु हुँदै थियो । सबै साथीहरू कलेजमा भेला भई पनौतितिर लाग्यौँ । हाम्रो बस देकोचाबाट जगाति हँुदै पनौतीतिर लाग्यो । बिहानीका सुन्दर दृश्यहरूको अवलोकन गदै हामी पनौती पुग्यौँ । त्यहाँपुगेपछि इतिहासविद् विश्वमोहन जोशीले हामीलाई यस क्षेत्रको महत्वबारे बताउनुभयो । यात्रामा थाहा पाएका कुराहरूबारे आज यहाँ चर्चा गर्र्ने जमर्को गरेकी छु ।
पनौती नेवार बस्ती भएको ऐतिहासिक सहर हो । यो काठमाडाँैबाट ३४ किलोमिटर दक्षिण पश्चिममा पर्दछ । पनौती शब्दको उत्पत्ति संस्कृतको ‘पूर्णमति’बाट भएको मानिन्छ । यसको अर्थ पूरा वा समग्र भन्ने बुझिन्छ । यो एक सुन्दर उपत्यकाको रूपमा रूपमती, पुण्यमती र लिलावती नदीको किनारामा अवस्थित रहेछ । यहाँका परम्परागत जीवनशैली, घर, मन्दिर पाटीहरूले जीवन्त संस्कृतिको झल्को दिइरहेका छन् । यहाँका घरहरू परम्परागत शैलीमा कलात्मक छन् । भित्री भागमा साँघुरा बाटाहरूलाई पनि सुन्दर किसिमले इँटा र ढुङ्गा छापेर हिँड्न योग्य बनाइएको छ । यो सानो क्षेत्रभित्र हजाराँै देवीदेवताहरूको पूजाआजा गरिन्छ । सहरको बिच भागमा इन्द्रेश्वर महादेवको मन्दिर छ । यो मन्दिर नेपाली वास्तुकलाको उत्तम नमुनाको रूपमा मानिन्छ । यो मन्दिर प्यागोडा शैलीमा बनेको छ । यो मन्दिर तीन तले छ । यसको निर्माणमा प्रशस्तमात्रामा काठको प्रयोग गरिएको देखिन्छ । टुँडालहरूमा पनि सुन्दर कलाकृृतिहरू कुँदिएका छन् । यस मन्दिरको हरेक दिशामा ६–६ वटा टुँडालहरूको प्रयोग गरिएको छ । ती टुँडालमा विभिन्न देवीदेवताको कलात्मक मूर्तिहरू कँुदिएका छन् । यहाँका ठुला टँुडालहरू १५ फिटसम्म लामा छन् । यो मन्दिरलाई नेपाली वास्तुकलाको सर्वोत्तम उदाहरण मानिन्छ । इतिहासकारहरूका अनुसार यस्ता मन्दिरहरू पाँचौँ शताब्दीअगाडि बनेको पाइन्छ । यस मन्दिरको वरपर पूर्व, पश्चिम र दक्षिणतिर तीनवटा ढोकाहरू छन् । यस मन्दिरको वरपर अन्य मन्दिरहरू पनि छन् । यस मन्दिरको दक्षिणपट्टि उन्मत्त भैरवको मन्दिर छ । यो मन्दिर पनि कलात्मक शैलीमा काठबाट निर्माण गरिएको छ । पुण्यवती नदीको किनारमा ब्रह्मायणी मन्दिर छ । यो मन्दिर १७ औँ शताब्दीमा निर्माण भएको मानिन्छ ।
यस क्षेत्रका बारेमा विभिन्न किंवदन्तीहरू छन् । एक कथाअनुसार गौतम ऋषि यसै क्षेत्रमा तपस्या गरिबसेका थिए ।
गौतम ऋषिका श्रापले इन्द्र त्यही बस्छन् र उनले धेरै समयसम्म शिवको तपस्या गरेर र श्रापबाट मुक्ति पाउँछन् । यहाँहरेक वर्ष जेठ महिनाको सुरुमा खट जात्रा गरिन्छ भने १२ वर्षमा एकपल्ट मकर मेला लाग्छ । मकर मेलाको अवसरमा लाखाँै मानिसहरू जम्मा हुन्छन् ।
हामीले पनौतीको दरबार क्षेत्र पनि भ्रमण गर्ने मौका पायौँ । इतिहासका अध्यापक विश्वमोहन सरका साथ हामी केही साथीहरू दरबार क्षेत्रमा पुग्याँै । दरबार क्षेत्र चारैतिर पर्खाल लगाएर सुरक्षित गरी राखिएको छ । हाल यस क्षेत्रमा जग मात्र बाँकी छ । माथिल्लो तहमा इँटा लगाइएको छ भने तल्लो भागमा पहिलाका इँटाहरू सुरक्षित छन् । यसैगरी हामीले डाँडामा रहेको गोरखनाथको मन्दिरको पनि भ्रमण ग¥यौँ । केही उकालो भए पनि व्यवस्थित सिँढी र प्राकृतिक सौन्दर्यले यो मन्दिर निकै मनमोहक छ । मन्दिरसँगै तल्लो भागमा ठुलो गणेशको मूर्तिले यो क्षेत्रलाई निकै मनमोहक बनाएको छ । यसरी हामीले पनौतीका विभिन्न धार्मिक, सांस्कृतिक महत्व बोकेका क्षेत्र, चोकहरूको अध्ययन भ्रमण ग¥यौँ र फर्किने क्रममा सुकुल भोज पनि खायौँ । त्यसपछि करिब १ बजेतिर हामी औपचारिक कार्यक्रमका लागि धुलिखेलतिर लाग्यौँ । यस्ता खालका यात्राले हामीमा ती स्थानबारे विशेष चासो र ज्ञान बढाउने गर्दछ ।
Leave a Reply