अदूरदर्शी शासकहरूको कारण देशमा अन्योल
- बैशाख ८, २०८२
हामीमध्ये कतिले प्याकेटमा पाइने ‘ब्रेकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दूधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने पोषक–पूरक आदि छनोट गर्छौँ । भिटामिन, क्याल्सियम र प्रोटिन थपिएको भनी प्याकेटमा लेखिएकै आधारमा हामी ती खानेकुराले बच्चालाई फाइदा गर्छ भन्ने सोच्छौँ । वास्तवमा यस्ता खाना स्वस्थकर हुँदैनन् ।
प्याकेट र बट्टाका खानेकुरा स्वस्थकर नभएर खाद्य पदार्थरूपी तत्व (इडिबल फुड लाइक सब्स्ट्यान्स) मात्र पनि हुन सक्छन् । विशेषज्ञहरूका अनुसार, यस्ता प्रशोधित खाद्य पदार्थ सामान्यतया एकैचोटि धेरै मात्रामा उत्पादन गरिन्छ । कम्पनीले तिनलाई बेच्न स्वास्थ्यवद्र्धक रहेको दाबी गर्दै भ्रमपूर्ण विज्ञापन गरेका हुन्छन् ।
यस्ता सामग्रीमा खाद्यान्नबाहेक अन्य अखाद्य कुरा पनि मिसाइएका हुन्छन् । अति प्रशोधनका कारण त्यस्ता खानेकुराको मौलिक तत्व नष्ट भइसकेको हुन्छ । उदाहरणका लागि, स्वस्थकर ब्याक्टेरियाको सहयोगमा दूधबाट दही बन्छ । दही स्वस्थ खानेकुरा हो । तर, बजारका अधिकांश दहीमा कृत्रिम रङ्ग र सुगन्धका साथै लामो समय ताजा राख्न विभिन्न रासायनिक तत्व मिलाइएको हुन्छ । अत्यधिक चिनी वा विकल्पमा ‘हाई फ्रुक्टोज कर्न सिरप’ जस्ता तत्व त्यसमा हालिन्छन् । यस्तो दही खाँदा स्वादिलो भए पनि त्यसले स्वास्थ्यलाई बेफाइदा गर्छ ।
प्रोटिन, भिटामिन, मिनरल्स आदि रहेको भनिएका प्याकेट–बन्द खानेकुरा बच्चालाई खुवाउँदा अभिभावक ढुक्क बन्छन् । तर, तिनमा के–कस्ता पदार्थ प्रयोग गरिएका छन् भन्नेबारे ध्यान दिएका हुँदैनन् ।
खानाका नामले पनि भ्रमित भइराखेका हुन्छौँ हामी । स्वस्थकर भनेर खैरो पाउरोटी खोजिरहेका हुन्छौँ । अप्रशोधित गहुँबाट बन्ने यस्तो पाउरोटी तुलनात्मकरूपमा बढी पौष्टिक हुन्छ । तर, खैैरो देखिने सबै पाउरोटीमा अप्रशोधित गहुँ नहुन सक्छ । त्यसमा खैरो रङ्ग मात्रै हालिएको पनि हुन सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूको सुझावले पनि हाम्रो खाना छनोटमा फरक पारिदिन्छ । विशेषज्ञले आलसको बीउ स्वास्थ्यका लागि राम्रो हुन्छ भने हामी त्यहीँ बीउ भएको मल्टिग्रेन पाउरोटी किन्नतिर लाग्छौँ । तर, सस्तोमा पाइने आलस प्रयोग गर्दैनौँ । जबकि, आलसको बीउ भएको भनिएका सबै पाउरोटीमा त्यो नहालिएको हुनसक्छ ।
चिनीमुक्त भनिएका चकलेट, मिठाइ, बिस्कुट हामीलाई फाइदाजनक जस्तो लाग्छ । तर, तिनमा चिनीको विकल्पमा माल्टोज, सुक्रोज र अन्य रसायन हालिएका हुन सक्छन् । यस्ता तत्वले शरीरमा चिनीको मात्रा (ब्लड सुगर) बढाउनुका साथै स्वास्थ्यमा अन्य प्रतिकूल प्रभाव पारिदिन्छन् ।
अर्कातिर, नुनिलो बिस्कुट चिनीमुक्त हुने भ्रम पर्न सक्छ । तर, त्यो प्याकेटमा राखिएको सामग्रीको सूची हे¥यौँ भने अक्सर चिनी पनि हुन्छ । त्यसैले जति स्वस्थकर भनेर विज्ञापन गरिए पनि बिस्कुट, पाउरोटी हाम्रो विकल्प हुन सक्दैन ।
अहिले संसारमै आधुनिक खाना खाने प्रचलन आइसक्यो । नयाँ पुस्ताको खाने शैली र संस्कृति हजुरबुबा–हजुरआमाको भन्दा धेरै फरक छ । व्यस्त जीवनशैलीका कारण हामी पकाउन नपर्ने वा छिटो पकाउन मिल्ने विकल्प खोज्दै छौँ ।
दुःखलाग्दो कुरा, हामी सानो छँदा खाजामा सिङ्गै मकै पोलेर वा उसिनेर खान्थ्यौँ, तर अहिलेका बच्चाहरूमा कर्नफ्लेक्स खाने चलन बढेको छ ।
किनमेल गर्दा आफ्नो मूलरूपमा भएका खाना छानौँ । जस्तैः अम्बाको रसको साटो अम्बा । बालबालिका र आफ्नो पोषणका लागि बट्टाको भन्दा दूध, दाल, अण्डा, सागपात, तरकारी, महीजस्ता घरकै खाना खाऔँ । यसो गर्दा स्वास्थ्य र पैसा दुवै जोगिन्छ ।
परम्परागत खाना नै बढी लाभदायक हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । त्यसैले, अहिले हजुरबुबा–हजुरआमाकै बेलाको जस्तो खाना जुटाउन सकिँंदैन भने पनि स्वस्थ र पौष्टिक खाना रोजौँ ।
पहिलेकै जसरी स्वस्थकर कोदो र फापरलाई भोजनको हिस्सा बनाऔँ । पहिले मौसमअनुसारको खाना हुन्थ्यो । स्थानीयरूपमा उत्पादित खानेकुरा खाइने भएकाले त्यो सस्तो र स्वस्थ दुवै हुन्थ्योे । खाना घरमा प्रायः ताजा पकाइएको हुन्थ्यो ।
प्याकेट खोलेर तुरुन्त खान मिल्ने आलु चिप्स, बिस्कुट, चाउचाउजस्ता सामग्रीमा भने अत्यधिक नुन/चिनी र रसायन मिसाइने भएकाले अस्वस्थकर हुन्छन् । त्यसैले, के खाने भन्ने निणर्य गर्दा खानाको पोषण–मूल्यलाई सधैँ विचार गरौँ ।
Leave a Reply