ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टी वडा नं ५ समितिको आयोजनामा पार्टीको ५१ औँ स्थापना दिवस तथा आसन्न.. ८ औँ महाधिवेसनको अवसरमा नेपालको राष्ट्रिय राजनीतिमा यसले खेलेको भूमिकाबारेमा विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य तथा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले देशको वर्तमान राजनीतिक घटनाक्रम र ठुला दलहरूले सत्ता हातमा भएर पनि सर्भिस डेलिभरीमा (देश र जनताको लागि आवश्यक आधारभूत सेवा र अन्य कार्य सम्पादन) असफल भएबाट आजित भएका जनताको अवस्था हेर्दा यी पार्टीहरू असफल भएको प्रमाणित भइसकको बताउनुभयो ।
“हिजो नेमकिपाले आफ्नो स्थापनाकालदेखि आजसम्म राष्ट्रिय राजनीतिका ठुलठुला आन्दोलनमा भाग लिएको मात्र नभई अन्य पार्टीहरू अलमलको र अनिर्णयको अवस्था हुँदा समेत बाटो देखाउने कार्य गरेकोबाट हामी सबैले गर्व गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
आफ्नो सिद्धान्त र विचारमा अडिग र अटल अनि राजनैतिक इमानदारिता नेमकिपाको शक्ति र पहिचान भएको बताउँदै उहाँले आज नयाँ पुस्तालाई हाम्रा अग्रजहरूले जस्तै हामीले पनि राजनैतिकरूपमा दिक्षित गराउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा नगर समति प्रतिनिधि जितेन्द्र मुनंकर्मीले हिजो नेमकिपाको अग्रज पुस्ताले हामीलाई देश र जनताको निःस्वार्थ सेवा र इमानदारिताको शिक्षा दिनुभयो र त्यसैको बलमा आज हामी जस्तोसुकै परिस्थितिमा पनि अविचलित भई अगाडि बढ्न सकेको बताउनुभयो ।
विचार गोष्ठीमा चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवालले समसामयिक राजनीतिमा नेमकिपाका अध्यक्ष का. रोहितको विचार सङ्कलन पुस्तिकामा छापिएका दस अन्तर्वार्तामा अन्तरनिहित सैद्धान्तिक र वैचारिक पक्षको सान्र्दभिकताबारेमा चर्चा गर्नुभयो ।
विचार गोष्ठीमा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पार्टीका नयाँ पुस्ताका कार्यकर्ता लागि लक्षित गरी नेपालमा पार्टीको उद्भव र विकासको पक्षबारे चर्चा गर्दै गोर्खाको स्थापनादेखि २०३१ मा नेमकिपाको स्थापनाका बारेमा चर्चा गर्नुभयो । राजनीति र राजनैतिक पार्टीका बारेमा नयाँ पुस्तामा चाख र ज्ञान दुवै कम भएको तर देशको मुहार फेर्न राजनीतिले मात्र सक्ने भएकोले राजनीतिमा चासो दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापतित्व वडा ५ समितिका अध्यक्ष पूर्णगोपाल राजचलले गर्नुभएको थियो भने कार्यक्रममा समितिका सचिव केशव तमखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply