यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाण्डौ, २३ माघ । नेपालका लागि चीनका पूर्वराजदुत याङ होउलानका ६१ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार चीनको राजधानी बेइजिङमा क्यान्सर रोगका कारण निधन भएको हो । सन् १९५६ मा हुपे प्रान्तको इन्शीमा जन्मनुभएका होउलान सन् २०११ जनवरीदेखि सन् २०१३ को मार्च महिनासम्म नेपालका लागि चिनियाँ राजदुत हुनुहुन्थ्यो । त्यसअघि उहाँ अफगानिस्तानमा राजदुत हुनुहुन्थ्यो । काठमाण्डौबाट फर्केर होउलान म्यानमारमा सन् २०१५ सम्म राजदुत बन्नुभयो । चिनियाँ विदेशमन्त्रालयअन्तर्गत कोरियाली प्रायःद्विप मामिलामा उहाँ सन् २००९ देखि २०११ सम्म चिनियाँ विशेषदुत हुनुहुन्थ्यो । अङग्रेजी भाषामा उहाँको राम्रो दखल थियो । पातलो कदका उहाँ परिपक्व राजदुतको रुपमा चिनिनुभएको थियो ।
नेपालको राजदुत हुँदा होउलानले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म बिस्तार गर्न उल्लेखनीय भूमिका निभाउनुभयो ।
शिष्ट र आत्मिय स्वभावका उनी नेपालको सरकारी तथा राजनीतिक दलहरुबीच लोकप्रिय कुटनीतिक प्रतिनिधि हुनुहुन्थ्यो ।
होउलानको निधनले नेपाली जनताले एक जना प्रिय मित्र गुमाएको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा विदेश सम्बन्ध समितिका प्रमुख प्रेम सुवालले बताउनुभयो ।
उहाँले होउलानको निधनले पार्टीलाई दुःख लागेको भन्दै चिनियाँ कुटनीतिज्ञप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
Leave a Reply