भर्खरै :

पुँजीवादी व्यवस्थामा छलछाम र शोषण कायम रहने

पुँजीवादी व्यवस्थामा छलछाम र शोषण कायम रहने

भक्तपुर, २२ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी २ वडा समितिद्वारा मङ्गलबार एक प्रवचन कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडा, मेक्सिको र चीनविरुद्ध भन्सार कर बढाएको कसैको हितमा हुने छैन भन्नुभयो ।
क्यानडाका प्रम ट्रुडोले मित्रघात र आर्थिक युद्ध गरेको ट्रम्पलाई आरोप लगाएको उल्लेख गर्दै उहाँले मेक्सिकोका राष्ट्रपति शेनबामले अमेरिकाको भन्सार कर वृद्धिले अमेरिकी जनतालाई नै नोक्सान हुने भनेको बताउनुभयो । उहाँले चीनले अमेरिकाको कदम विश्व व्यापार सङ्गठनको घोषणाविपरीत भएको उल्लेख गर्दै मुद्दा लगाउने बताएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी सहयोग नियोगले आफ्नो सबै सहयोग संसारमै बन्द गर्ने बतायो† नेपालले पनि अर्काको लौरो टेकेर हिँड्नु हुँदैन† आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ ।”
“अहिले दाल, चामल, तरकारी, फलफूल भारतबाट खरिद गर्ने र नेपाली युवालाई विदेशी रोजगारीमा पठाउने सरकारको काम देशघाती नै छ ।” उहाँले भन्नुभयो ।
उहाँले पँुजीवादी व्यवस्थामा पैसा खर्च गरेर चुनाव जितेकाहरूले जनतालाई छलछाम गरी शोषण गरिरहने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बी.आर.आई.बारे जानकारी दिँदै साम्राज्यवादी पश्चिमेली देशहरूले गरेको शोषण र समाजवादी देशहरूले निःस्वार्थपूर्वक गर्ने सहयोगबारे बताउनुभयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टीले प्रकाशस्तम्भ भएर काम गर्दै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी २ वडा समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा सम्पन्न प्रवचन कार्यक्रममा जीपी लासिवा र गणेशप्रसाद सुवालले पार्टी स्थापनाको उद्देश्यबारे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *