“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
सन्दर्भ : शोभा प्रधानको चौथो वार्षिक स्मृति सभा
।४।
भक्तपुर काण्डकै सिलसिलामा हङकङबाट आएकी एउटी मानव अधिकारकर्मी तथा महिला पत्रकारलाई नेपाल सरकारले राज्यस्तरबाट मच्चाएको घोर दमन र महिला तथा पुरुष साथीहरूले भोगिरहेका दुःखकष्ट सुनाइरहँदा उनका आँखा रसाएको स्मृतिमा अझै ताजै छ । शोभा भाउजूलाई उनले सहानुभूति प्रकट गर्दा अन्तिममा मैले भनेको थिएँ – “She has a sunny personality and a natural resilience” उत्तरमा उनले भनेकी थिइन्, “I know. I like her congeniality. She is great !”
खस भाषा बोल्न नजान्ने सा¥है सोझी, बुढ्यौलीमा पनि धपक्क बलेकी सासूआमाको साथमा एउटा बच्चा काखमा अर्काे गर्भमा राख्दै गर्दा डर धम्की देखाउँदै छाडा व्यवहारले प्रस्तुत हुने ती असभ्य प्रहरी जत्थासँग कसरी निडर भएर शोभा प्रधानले सामना गर्नुभयो होला; सम्झिँदा पनि जो कसैको जिउ सिरिङ हुन्छ होला ! कारागारबाट जेल चलानपछि छोरोलाई काख च्यापी कुनै प्रकारको मौसमको वास्ता नगरी आफ्नो श्रीमान्लाई नखु जेलमा भेट्न जान भक्तपुरबाट दुइटा बस चढ्नु पथ्र्याे । वैशाख–जेठको प्रचण्ड गर्मी अनि असार र साउनको झरीसँग पनि शोभा भाउजूले मितेरी गाँस्नुभयो । तर, संसारको इतिहासले देखाइसकेको छ – असत्य कदापि सदाको लागि सत्य साबित हुन सक्दैन ।
बेग्लै भेषमा अपरिचित मान्छेहरूको डरलाग्दो त्यो असामान्य हाकपारीले आमाको न्यानो काखमा असीम स्नेह र ममताको स्पर्शसँगै लुटुपुटु गरिरहने त्यो अवोध बालकउपर के बित्यो होला ? घरेलु र सामाजिक अवस्था सामान्य छँदा भान्साका लागि आवश्यक सरसामान तथा सागसब्जी किन्न जेठी बुहारी भएर कहिल्यै बजार नगएकी शोभा प्रधान त्यतिबेला चुलोचौकाका लागि दुई जिउकी भएनि बजार धाउनुपथ्र्याे; बजार जाँदा–आउँदा केही दुष्ट आईमाईहरूले पछाडि फर्केर थुक्ने र ‘हत्याराकी स्वास्नी, अलच्छिनी’ भनेर झिरजस्तै तीखो, तुच्छ वचनहरूले प्रहार गर्थे । आफ्नी बुहारीप्रति यस्तो अमानवीय व्यवहार देखेर थलिनुभएकी हाम्री वन्दनीय आमाले नाति सुवेगलाई काखमा राखी लुकीछिपीको एउटा भेटमा ग¥हुङ्गो मन लिएर आफ्नोको पीडा मसँग साझा गर्नुभएको त्यो दिन बिर्सन आज पनि सहज छैन, “बाबू, म्हा भ्mयातुमा छं भाउजुता सहयाय् मफेय्क यकोहे दुःख जुल, मखुथैँ जुल । थःथीथी धपीसंहे धोतुक नापालासां मखांछुय वानिगु । जलाखालां झिगु खो चुलाई धक खापा तिङ ताय्तैगु, गपाचक हेपेया फगु !” (अर्थात्, दुई जिउकी तिम्री भाउजूलाई खपी नसक्ने गरी सा¥है दुःख भो; हुनु नहुनु भो ! आफन्तहरूले पनि बजार जाँदा ठ्याक्कै भेटिए पनि बोल्न पर्ला भनेर मुन्टो बटारेर जान्थे । छर–छिमेकले पनि मुख जुध्ला कि भनेर घरका भ्mयाल ढोकाहरू बन्द गरेका हुन्थे । कहाँसम्म हेप्न सक्या !) त्यत्रो ‘महाभारत’ आइलागेर बज्रपातसँग सामना गरिरहेका आमा र भाउजूलाई भेट्न निर्भय भएर घरमै आउजाउ गर्नेहरू हाम्रै दिदीबहिनी र सङ्गठनका केही महिला साथीहरू मात्र थिए जसले आमा र भाउजूको चह¥याइरहेको घाउमा मलमपट्टीको काम गथ्र्याे । मान्यवर महिला पाठकहरूले त्यो अवस्थाको शोभा प्रधानको स्थानमा एकपल्ट आफूलाई राखेर सोच्नुस् त ¤ कुनै पनि नारीको मन सायद अनायासै भारी हुन्छ† सास फेर्न पनि गा¥हो हुन्छ ।
मुलुककै पहिलो महिला पत्रकार भेटघाट
आफूलाई बौद्धिक जमातको अब्बल व्यक्तित्व ठान्ने केही नेपाली प्राध्यापकहरू अचेल सामाजिक सञ्जालहरूमार्पmत जापान, नर्वे, स्विडेन, डेनमार्क, बेलायत, बेल्जियम, स्पेन, लक्जेम्बर, नेदरल्यान्डजस्ता देशहरू राजतन्त्रकै कारण सम्पन्न र समृद्ध भएका हुन्; त्यस उसले नेपालमा पनि अब राजतन्त्र आवश्यक छ भनेर फलाकिरहेको हामी पाउँछौँ । तर, ती साम्राज्यवादी मुलुकहरू प्राकृतिक स्रोतसाधनमा धनी भएर पनि विज्ञान र प्रविधिमा किन बलियो छैनन् तथा मुलुकमा देशप्रेमी राजनीतिक नेताहरूको खडेरीका कारण संसारका कैयौँ गरिब तथा कमजोर देशहरूलाई कसरी अत्याचार गरी लुटे; कसरी त्यहाँका निर्दाेष जनताको निर्मम हत्या गरे भन्ने वास्तविक इतिहासबारे तथाकथित नेपालका ती ‘पण्डित’ हरू बोल्दैनन् । नयाँ पुस्ताले २०४५ सालको ‘भक्तपुर काण्ड’ बारे विभिन्न प्रकाशनहरूमा प्रकाशित लेख रचनाहरूको अध्ययन र त्यससँग सम्बन्धित कठोर यातनाका सिकार बनेका भुक्तभोगीहरूसँग भलाकुसारी गर्दा राजतन्त्रको पञ्चायती शासन व्यवस्था कति क्रूर, आततायी र जनघाती थियो भन्ने कुरो घामजत्तिकै छर्लङ्ग हुन्छ ।
२०४५ सालको ‘भक्तपुर काण्ड’ बारे विदेश तथा स्वदेशका विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार र लेखहरू, वरिष्ठ तथा युवा वकिलहरूको तर्कसङ्गत बहस एवम् विचारहरू अहिले पनि सुरक्षित छन् र अध्ययन गर्न सकिन्छ । त्यतिबेला गल्ली अनि चोकहरूमा रातदिन, हुरी बतास र वर्षाको समेत पर्वाह नगरी महिला साथीहरू जो कसैको घरभित्र पसी कुनै पनि पुरुषलाई पक्राउ गर्नबाट प्रहरी प्रशासनलाई रोक्न विद्रोहको अग्निकुण्ड बनाई प्रतिकारमा उत्रन्थे । यसरी महिला साथीहरूले गरेका प्रहरी निषेध, जागराम र विरोधका कारण अनगिन्ती कुप्रयासका बाबजुद पनि पञ्चायती सरकारले ‘सानो’ भनिने नेमकिपालाई सजिलै गाल्न सकेन ।
।५।
यसै परिस्थितिलाई मध्यनजर गर्दै शोभा भाउजूको विशेष उपस्थितिमा वरिष्ठ अधिवक्ता आदरणीय कृष्णप्रसाद भट्टराईको रामशाह पथ, काठमाडौँस्थित निवासमा नेपालकै पहिलो महिला पत्रकार सम्मेलन गरियो । हाकुपटासीमा सजिएका कुनै पनि महिला समूह देख्ने बित्तिकै प्रहरी झस्किहाल्थ्यो । त्यो नेवारी परम्पराको पोशाकले पञ्चायती व्यवस्थाका शासकहरूलाई महिला क्रान्तिकारीको लवाइजस्तो छनक दिन्थ्यो । त्यसैले, उक्त पत्रकार सम्मेलनमा सहभागी हुन आएका हाम्रा महिला साथीहरूलाई माइतीघरदेखि प्रहरीले पछ्याइरहेको हुन्थ्यो ।
उक्त पत्रकार भेटघाटमा मसहित पुरुषको सङ्ख्या सा¥है न्यून थियो अन्यथा त्यस कार्यक्रम भइरहेको बैठक कक्षभित्रै प्रहरीको ठाडो हस्तक्षेप हुने बलियो सम्भावना थियो । प्रहरी प्रशासनको छेकबारको बाबजुद पनि न्यायप्रेमी महानुभावहरूको साथ, सहयोग र भक्तपुरका साहसी महिला साथीहरूको जुझारूपनले अन्ततोगत्वा मुलुकमा महिलाहरूको अगुवाइमा भएको प्रथम औपचारिक पत्रकार भेटघाटले राज्यस्तरबाट नेमकिपालाई निमिट्यान्न पार्न पञ्चायती सरकारले धेरै वर्षदेखिको गृहकार्यपछि रचिएको षड्यन्त्र हो भन्ने वास्तविकतालाई उजागर गर्न सफल भयो । वर्दीबिनाको प्रहरी (बोलीचाली भाषामा सीआईडी) र बाहिर उभिएका प्रहरी जवानहरूबाट कुनै प्रकारको जोरजुलुम र हस्तक्षेप हुन सकेन । ‘लाटाले केरा हेरेजस्तै’ मात्र भयो । धेरै पत्रिकाले यस ऐतिहासिक पत्रकार भेटघाटलाई प्राथमिकता दिएका कारण नेपाल अधिराज्त्र यो घटना महत्वपूर्ण समाचारको रूपमा पैmलियो ।
निवासमा धेरै उच्चारण हुने शब्द “शोभा मिस”
भाउजूले एउटी गृहिणी, दुई सन्तानकी आमा, एक शिक्षिका र ‘धर्मपत्नी’ को भूमिका निभाउनुहुन्थ्यो । घरमा अन्य महिलाहरू नहुँदा वा एकल परिवार भएको कारण सबैतिर आफै भ्याउनुपर्ने बाध्यता उहाँलाई थियो । राजनीतिशास्त्र, इतिहास, अर्थशास्त्र, साहित्य, भूगोल, परराष्ट्र नीति, अन्तर्राष्ट्रिय भू–राजनीतिलगायतका थुप्रै विषयवस्तुहरूमा चासो, गहिरो ज्ञान र अध्ययन भएका कारण ती विविध विषयहरूका लब्धप्रतिष्ठित व्यक्तिहरू नेमकिपाका श्रद्धेय अध्यक्षसँग भेटघाटको लागि कमलविनायक निवास आइरहनुहुन्थ्यो । आफ्नो श्रीमान् सधैँजसो अध्ययन, पार्टीको कार्य, राजनीतिक बैठक, सभा–सम्मेलन, साहित्य गोष्ठी, विभिन्न कलेज एवम् विश्वविद्यालयका प्राध्यापक तथा विदेशी कूटनीतिक आयोग उच्चपदस्थ अधिकारी तथा राजदूत, अन्य राजनीतिक पार्टीका नेताहरूसँगको भेटघाटमै व्यस्त रहने हुँदा चाहेर पनि घरेलु काममा आफूलाई सघाउन उहाँसँग समय नै हुँदैनथ्यो भन्ने कुरा भाउजूलाई राम्ररी थाहा थियो । ‘अतिथि देवो भवः’ भन्ने नेपाली संस्कारलाई नेवार समुदायले अझ पनि ताजै राखेको पाइन्छ । अध्यक्षज्यू पनि यसको हिमायती हुनुहुन्छ ।
कहिलेकाहीँ नेवारी परम्परा र संस्कृतिको ज्ञान भएका विभिन्न जिल्लाबाट पाल्नुहुने बुद्धिजीवी तथा राजनीतिक व्यक्तित्वहरूले भेटघाटकै क्रममा आफ्नै जस्तो ठानी चियासँगै नेवारी खाजाको परिकारमध्येको एउटा योमरी खाने मनसाय व्यक्त गर्नुहुन्थ्यो । यतिखेर नम्र भाषामै ‘शोभा मिस’ भन्ने दुइटा शब्दको उच्चारण हुन्थ्यो । भाउजू तल झर्नेबित्तिकै “लौ न शोभा मिस साथीहरूलाई योमरीको व्यवस्था गर्नुपर्ने भो !” उक्त परिकार बनाउन भान्सा कोठामा के के खाद्य सामग्रीहरूको चाँजोपाँजो हुनुपर्छ; एक्लैले योमरी बनाउन कतिको सहज हुन्छ, हुँदैन† फेरि सँगै चिया पनि ! गृहिणीका यी व्यावहारिक घरेलु कार्यबारे सायद अध्यक्षज्यूलाई धेरै थाहा नहुन सक्छ । टाढाबाट आउनुभएका महानुभावहरूलाई स्वागत सत्कार गर्न भाउजू व्यस्तताका बाबजुद पनि सङ्कोच मान्नु हुन्नथ्यो ।
प्रत्येक असल शिक्षकले विद्यालयमा भोलिपल्टको अध्यापनको लागि घरमा राम्रो तयारी गरेकै हुन्छ । शिक्षिकाको रूपमा भाउजू पनि यस्ता शैक्षिक कार्यमा व्यस्त रहिरहँदा पनि कुनै बेला सानो समूहमा भेटघाटका लागि उपस्थित हुने व्यक्तिहरूमा कोही चिनी नभएको फिका चिया, कोही दूध भएको चिया त कोही चिनी कम भएको चिया मन पराउनेहरू हुन्थे । अनि फेरि उही ‘शोभा मिस’ भन्ने दुई शब्दको उच्चारण हुन्थ्यो । पाहुनाहरूको परिचयसँगै चाहनाको पनि विनम्रतापूर्वक भाउजूलाई जानकारी गराइन्थ्यो । विद्यालयको पाठयोजनालाई अधुरो छोड्दै अतिथिहरूको सत्कारका लागि उहाँ भान्सा प्रवेश गरिहाल्नुहुन्थ्यो किनभने ‘समझदारके लिए इशारा नै काफी थियो !”
।६।
नेवारी समाजमा मौसमअुनसार ठुला र साना नखाचखा (चाडपर्वहरू) मा विविध थरीका परिकारहरू तयार गरिन्छ । खानलाई केही समय मात्र लाग्छ तर ती परिकारहरू पकाएर तयार पार्न कम समयले भ्याउँदैन । एकदिन हामी भाउजूसँग गफिँदै थियौँ । त्यही ‘शोभा मिस’ भन्ने दुइटा शब्दको उच्चारण गर्दै हामी भएको ठाउँमै दाजु आउनुभयो । “भर्खरै आउनुभएका मान्यवरहरू चतामारीसँगै व खान मन पराउनुहुन्छ है शोभा मिस ?” भनेर भेटघाटको क्रम जारी राख्न उहाँ तल जानुभयो । हाम्रो रमाइलो घरेलु भलाकुसारीको एकैछिनमा खेल खतम ! पार्टीका धेरै साथीहरूलाई थाहै होला – आफ्नो ज्यानले बेजोडसँग टेको दिउञ्जेल तथा स्तन र पाठेघरको अर्बुदरोग (Cancer) बाट पीडित भइसकेपश्चात् पनि ‘शोभा मिस’ को यो दिनचर्याको सिलसिला यथावत नै रह्यो । रिसानी माफ– भन्न मिल्छ, मिल्दैन वा लेख्न हुन्छ, हुँदैन थाहा छैन तर यदाकदा यो निष्पाप मनमा लागिरहन्छ – मदिरा र सुर्तीजन्य वस्तु उपलब्ध नहुने सज्जन एवम् भद्रहरूको सानो नेवारी खाजाघरको भान हुन्थ्यो त्यो निवास । ‘शोभा मिस’ लाई आग्रह गरेपछि व, योमरी, चतामारी आदि खानेकुरा एकैछिनमा तयार हुन्थ्यो नेवारी ‘नःपस’ मा जस्तै !
Leave a Reply