“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
दोधाराचाँदनी, २२ माघ । भारतीय पक्षले नेपाली भूमि मिच्ने काम अहिले पनि छोडेको छैन । दोधाराचाँदनी नगरपालिका वडा नं ८ को धामी टोलमा भारतीय पक्षले यो हाम्रो दशगजा क्षत्र हो भनी जग्गा मिचेको खबर प्राप्त भएको छ । यो हामीले आफ्नो दशगजा क्षेत्र छुट्याएको हो, नेपालले पनि आफ्नो जग्गा छुटयाउँछ भन्दै नेपाली भूमिमा समेत भारतीय पक्षले खनेको छ । प्राप्त जानकारीअनुसार माघ १९ गते सीमा स्तम्भ नम्बर ७९६/१, ७९६/२ र ७९६/३ मा करिब ४ मिटर नेपालतिर मिचेर ट्याक्टरले जोतेको छ ।
नेपालतिर जमिन मिचेर आली हालेको ठाउँ ७९६/१ मा अम्मरबहादुर खड्का, ७९६/२ मा कान्छा खत्री र पद्म खडका तथा ७९६/३ मा रेशम थापाको जग्गा रहेको बुझिएको छ । यसरी भारतीय पक्षले नेपाली भूमि मिच्ने काम छोडेको छैन । नेपाली भूमि मिचे पनि गृहमन्त्रालय नदेख्या, नसुन्याझैँ गरिबसेको छ ।
छिमेकी देश भारतले ठुलो र शक्तिशाली देशको अभिमान गरेर नेपाली भूमि मिचेर हस्तक्षेप गर्दै छ । यो भारतीय हस्तक्षेपको नेपाल सरकार र आम नेपाली जनताले विरोध गर्नैपर्छ ।
Leave a Reply