भर्खरै :

देशको अवस्थाबारे उब्जिएका प्रश्न !

देशको अवस्थाबारे उब्जिएका प्रश्न !

-देशमा ३० खर्ब ऋण लिएर सडक सञ्जाल बनाएको दाबी गर्ने सरकारहरूले वर्षाको बेला २३ जिल्लालाई उच्च जोखिमयुक्त ‘रेड अलर्ट’ घोषणा गरे । समयमै व्यवस्थित सडक निर्माण किन गरेनन् ?
-नेपाल बाल सङ्गठनमा रहेका बालबालिका बस्ने बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वस्थ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटियो । आजसम्मका सरकारहरूले बालबालिका भविष्यका कर्णधार दाबी गरेको के यही हो ?
-महिलाले मिटरब्याजी साहुमहाजनसँग ऋण लिँदा घरमा श्रीमान्ले गालीगलौज गर्ने, कुटपिट गर्ने, छोराछोरीले पनि किन यसरी ऋण लिएको भनेर गाली गर्ने कारण महिला घरेलु हिंसाको सिकार भए । साहुमहाजनले ‘तिम्रो ऋण तिर्नुपर्दैन मिनाहा गरिदिन्छु’ भन्दै आश्वासन दिएर यौन शोषण गरेका घटना पनि छन् । महिलाले सामाजिक अपमान खेप्नुपरेको छ । सरकार ¤ प्रजातन्त्र भनेको के यही हो ?
-वीरगञ्ज लागूऔषध कारोबार तथा ओसारपसारका मुख्य केन्द्र हुन थालेको छ । खुला सिमानाका कारण नेपालमा प्रतिबन्धित भारतीय औषधि सीमावर्ती भारतीय बजारबाट भित्रिने र मुलुकका विभिन्न ठाउँमा पु¥याउने गरिएको पाइयो । देशको अन्य सीमावर्ती जिल्लाको अवस्था के छ ? खुला सीमा नियमन कहिले हुन्छ ?
-सर्लाही चुरे भेगका विकट बस्तीबाट बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्दा झोलुङ्गेमा बोक्नुपर्ने बाध्यता छ । सर्लाहीको चुरेवर्ती सम्पूर्ण भेग विगत नौ वर्षदेखि नगरपालिकाभित्र परे पनि सडक पुग्न सकेको छैन । यो अवस्थाको अन्त्य कहिले हुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *