वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
भक्तपुर, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा मङ्गलबार विश्व क्यान्सर दिवसको अवसरमा ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्नुभएको छ ।
मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका क्यान्सर सरभाइभर बिरामीहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्सेवकको रूपमा सेवा गर्नुभएका शङ्कर प्रधानाङ्ग र दीपक ओलीलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै अस्पतालको क्षमता अभिवृद्धि, कार्यरत जनशक्तिको मेहनतको प्रतिफलका कारण भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा विशिष्ट योगदान पु¥याएको बताउनुभयो ।
स्वास्थ्य बीमा व्यवस्थित भयो भनेमात्र स्वास्थ्य क्षेत्रका समस्या पनि हल हुने तथा सस्तो, सर्वसुलभ र निःशुल्क उपचार प्राप्त गर्न सक्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई रु. १ लाख बाट बढाएर रु. ५ लाख बनाउने गरी तयारी स्वास्थ्य मन्त्रालयले गरिरहेको बताउनुभयो ।
देशका १७ लाख किशोरीहरूलाई एचपीभी खोप उपलब्ध गराउने गरी खोप लगाउने कार्यको सुरुवात गरेको बताउँदै उहाँले ८ हजार २०० खोप केन्द्रहरूमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूले एचपीभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताउनुभयो ।
अस्पतालहरू उपकरणयुक्त हुनुपर्ने बताउँदै उहाँले अस्पतालका फार्मेसीहरूमा सबै किसिमका औषधि उपलब्ध गराउने गरी अस्पतालहरूले सेवा प्रदान गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले डाक्टर र नर्सले बिरामीहरूलाई प्रेमपूर्वक व्यवहार गर्दा बिरामीलाई धेरै ठुलो राहत पुग्ने बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको बर्सेनि क्यान्सर रोगका कारण मृत्यु हुने तथ्याङ्क प्रस्तुत गर्दै क्यान्सर रोग सकेसम्म लाग्नै नदिने र लागिहालेमा छिटो पहिचान गरी उचित उपचार गर्न सकियो भने निर्मूल पार्न सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले एचपीभी खोप अभियानबारे प्रस्ट पार्नुभयो ।
त्यस्तै, अस्पताल विकास समितिका अध्यक्ष दीपेन्द्ररमण सिंहले सीमित स्रोतको बाबजुद भक्तपुर क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा क्यान्सर सर्भाइभर रेनुका सुवेदी, गीता बराल, अमृत गुरुङलगायतले क्यान्सर उपचारको अनुभव सुनाउनुभयो ।
Leave a Reply