कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दैलेख, २९ माघ । चामुण्डा विन्द्रासैनी नपा वडा नं. ३ को माझगाउँ टोल समितिको आयोजनामा नेमकिपाको ५१ औँ पार्टी स्थापना दिवस शनिबार पार्टी कार्यकर्ता भेला गरी मनाइयो ।
भेलामा नेमकिपा दैलेखका सदस्य मनबहादुर विकले तत्कालीन समयमा नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन गर्दै ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ भन्ने पुस्तक प्रकाशन गरी पार्टीको स्थापना भएको चर्चा गर्नुभयो । समाजवादी व्यवस्था कामदार जनताको हितमा काम गर्ने व्यवस्था हो भन्दै उहाँले पार्टी कार्यकर्ताहरू सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका पूर्वजनप्रतिनिधि उदयबहादुर शाही र चङ्खे कामीले पनि आफ्ना भनाइहरू राख्नुभएको थियो भने टेकबहादुर तारामीले पनि बोल्नुभएको थियो ।
जानकला मिजारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा धोजबहादुर शाहीको अध्यक्षतामा ७ सदस्यीय चामुण्डा विन्द्रासैनी वडा नं. ३ को नेमकिपा माझगाउँ टोल समिति गठन भएको थियो ।
Leave a Reply