भर्खरै :

स्वदेशी वस्तु उत्पादनमा जोड दिन सकेमात्र देश समाजवादउन्मुख हुने

स्वदेशी वस्तु उत्पादनमा जोड दिन सकेमात्र देश समाजवादउन्मुख हुने

भक्तपुर, ३० माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा नेमकिपाको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टीको प्रकाशनहरूबारे अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो  ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले देशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यकताबारे आँैल्याउँदै प्राकृतिक स्रोत कब्जा गर्न इजरायलले प्यालेस्टिनमाथि हमला गरेको र अमेरिकी साम्राज्यवादले लिविया, इराकमा पनि तेलकै निम्ति आक्रमण गरेको उल्लेख गर्नुभयो ।
उत्तर युरोपका देशहरूमा केबल २० प्रतिशत जनसङ्ख्या भएको तर ८० प्रतिशत जनसङ्ख्या भएको दक्षिणी गोलाद्र्धमा रहेका देशहरूलाई लुट्ने रशोषण गर्ने गरेको उल्लेख गर्दै उहाँले ‘अमेरिका प्रथम’ को नीति अगाडि सारिरहेका अमेरिकी राष्ट्रपति ट्रम्पले संसारमा सबैभन्दा ठुलो खानी आफूसित भएको दाबी गर्नु भूmट भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्य देशका खानीहरू कब्जा गर्ने सोच गलत हो । विश्व व्यापार सङ्गठनको सदस्य भएपछि नेपालमा विदेशी लगानीका कलेजहरू सञ्चालन हुन थालेका छन् ।”
स्वदेशी वस्तु उत्पादनमा जोड दिन सकेमात्र समाजवादउन्मुख हुने धारणा राख्दै उहाँले चीन–अमेरिका व्यापार युद्ध चुलिँदै गइरहेको र चीनले विश्व व्यापार सङ्गठनमा संरा अमेरिकाविरूद्ध उजुरी हालेको जानकारी दिनुभयो ।
राजनीतिक र वैचारिकरूपमा सक्षम देशभक्त युवाहरू तयार पार्न साङ्गठनिक गतिविधिलाई अगाडि बढाउनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले मानव सेवा गर्नुपर्ने आवश्यकता औँल्याउँदै विचार र सिद्धान्तले मात्र मानिस बलियो हुने तथ्य प्रस्तुत गर्नुभयो ।
चीनले अगाडि बढाएको बीआरआईमा जान लागेको पानामा अमेरिकी धम्कीसामु झुक्यो तर सिद्धान्तमा अडिग भेनेजुयलाका चाभेज, लिवियाका गद्दाफी नझुकेको उहाँले बताउनुभयो ।
आफ्नो निहित स्वार्थको निम्ति बुद्धिजीवी भनाउँदाहरू विदेशीसामु झुक्दा लाखौँ युवा विदेसिन बाध्य भएको सन्दर्भबारे बोल्दै उहाँले मजदुर–किसानलाई शासन सत्तामा पु¥याउन युवाहरू सक्रिय हुन आग्रह गर्नुभयो ।
नेक्रायुसङ्घ केन्द्रीय समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका सचिव मुना तामाङ, सदस्यहरू राजकुमार लघु, मुना बासुकला, नेक्रायुसङ्घ भजिसका एच.एस.सुवाल, रमेश वैद्यलगायतले नेमकिपा स्थापनाका आधारहरूबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *