भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ३० माघ । नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. १ वडा समितिको आयोजनामा मङ्गलबार वडावासीहरूको भेला भयो ।
भेलामा नेमकिपाका सचिव प्रेम सुवालले माक्र्स–एङ्गेल्सको शिक्षा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्नु भएको र यो शिक्षाले सारा जनताको हित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “माक्र्स–एँगेल्सको शिक्षा बुझ्न मानिसले सांस्कृतिक स्तर माथि उकास्नु जरूरी छ । नयाँ पुस्तालाई शिक्षासँगै सांस्कृतिक स्तर माथि उठाउनु जरूरी छ ।”
उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण भए प्रधानमन्त्री, मन्त्री भएकाहरूको सम्पत्ति र नगद कम्बोडिया, स्वीस, दुबईमा राखेको भनी आरोप र खण्डन गर्न नपर्ने उहाँले व्यक्त गर्नुभयो ।
“पार्टीको महाधिवेशनमा नेतृत्वमा निर्वाचित हुन र निर्वाचनमा जितेर सरकारमा पुग्न विदेशीसँग पैसा माग्नेहरूबाट देश र जनताको हित हुनेछैन । नेमकिपा सिद्धान्तमा दृढ रहँदै आएको पार्टी हो”, सचिव सुवालले भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष एवं पार्टी समितिका उपाध्यक्ष श्यामकृष्ण खत्रीले पार्टीको आठौँ महाधिवेशन सफल पार्न सबै वडावासीहरूको सहयोग आवश्यक भएको बताउनुभयो ।
भेलाले वडाध्यक्ष खत्रीको संयोजकत्वमा पार्टी अधिवेशन सहयोग समिति वडा नं. १ समिति गठन गरेको छ । भेलामा नरेश गोठे र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply