भर्खरै :

कैलालीमा विद्यार्थी प्रशिक्षण कार्यक्रम

कैलालीमा विद्यार्थी प्रशिक्षण कार्यक्रम

कैलाली, ३० माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले काम गरी खाने श्रमिक एकजुट भएमात्र परिवर्तन सम्भव भएकोले सबै कामदार वर्ग एक हुनु जरूरी छ भन्नुभयो ।
“कार्यकर्ताहरू समाज परिवर्तनको अगुवा हुने भएकोले सांस्कृतिक स्तर विकास गर्नेतर्फ कार्यकर्ताले ध्यान दिई अध्ययनलाई जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।
इन्जिनियर समाजका सदस्य दीपेन्द्र शाहीले विद्यार्थीहरू अनुशासित का साथै क्रियाशील हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *