शिक्षा एउटा सामाजिक विषय हो, जसले समग्र देशको वस्तुस्थिति, विकास र समृद्धिलाई इङ्गित गरेको हुन्छ । समाज विकास क्रममा मानिसले हासिल गरेका ज्ञान, सीप अनुभव तथा अवधारणा नयाँ पुस्तामा स्थानान्तरण तथा हस्तान्तरण हुनु स्वाभाविक प्रक्रिया हो, जसलाई हामीले शिक्षाको रूप दिएका छौँ । जुन निःशुल्क रूपमा सर्वव्यापक भई चल्दै आएको हुन्छ । यहीँ प्रक्रियामा अरुको भन्दा फरक र नयाँपन दिएर समाज र राष्ट्रको हितको लागि वस्तु तथा सेवाको उत्पादन भएमा त्यहाँ मूल्यको निर्धारण हुन्छ । यसले शिक्षालाई व्यवसायिक र उत्पादन तथा श्रममा जोड दिएको हुन्छ ।
मानव सभ्यताको विकासको क्रममा विकास भएको पूर्वीय दर्शनमा महाभारत तथा रामायणजस्ता साहित्यले उजागर गरेको नैतिकता र त्यसका पात्रहरूले प्रयोग गरेको प्रविधिबाट आज विश्वमा राजनीति र प्रविधिको विकासलाई आत्मसात गरेको छ । पुराणमा आधारित पूर्वीय साहित्यकै देनले आज विश्व समुदायमा भौतिकवादी दृष्टिकोणले थप नयाँ प्रविधिको खोजी भई समस्त मानव हितको लागि नयाँनयाँ प्रविधिहरूको विकास भएको छ ।
पौराणिक साहित्य र इतिहासले नेपाल विश्व समुदायमा धनी भनेर चिनिन्छ । प्राकृतिक स्रोत, खनिज, वनजङ्गल, वनस्पति, जडिबुटी, पानी, फलाम, तामा, युरेनियम, पेट्रोल, कोइलाजस्ता प्राकृतिक सम्पदालगायत ऐतिहासिक सम्पदाले विश्वमा नेपाल अद्वितीय छ । विश्व समुदायको पुँजीवादी देशले यही अद्वितीय नेपालको प्राकृतिक सम्पदा कब्जा गर्न विभिन्न नाउँमा आर्थिक सहयोग र अनुदान दिइरहेको छ । जसको प्रभाव नेपालको शिक्षा प्रणालीमा पर्दा उत्पादन र सीपमूलकभन्दा पनि विदेशी दासता स्वीकार गर्नुपर्ने पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्न विवश छ ।
अध्ययनपश्चात् जागिर खानुपर्ने संस्कार तथा प्रवृत्ति नेपाली समाजमा व्याप्त रहँदा उर्बर भूमिमा विश्वमै उन्नत जातको खाद्यान्न तथा बिरुवा लगाउन छोडी विदेशी माटोको बिरुवा रोप्न लालायीत छौँ हामी । तर, कोही माटो छुन्नसमेत लजाइरहेका छन् । जसले गर्दा मानव स्वास्थ्यलाई नराम्रो असर गर्ने विदेशी रसायन प्रयोग गर्न नेपाली बाध्य छ । यसबाट नेपाली माटोको उर्बर गुणलाई नष्ट गर्दै उत्पादन र नेपालीको क्रयशक्तिमा बढ्दो रूपमा ¥हास हँुदै आएको छ । फलस्वरूप नेपाली युवाहरू सामान्य परिवार चलाउनसमेत विदेशको अधिकतम तापक्रममा आफ्नो जीउज्यानको जोखिम मोलेर दास बन्नुपर्ने अवस्था छ ।
नेपालको अथाह प्राकृतिक सम्पदाबाट विदेशीहरूले अधिकतम फाइदा लिइरहँदा पनि हामी नेपाली विदेशीको डलरमा चुर्लुम्म डुब्दा नेपालको ऐतिहासिक समृद्धिलाई जोगाइराख्न हम्मेहम्मे अवस्था छ । शिक्षा र रोजगारीको नाउँमा दैनिक दसौँ हजार उर्बर युवाशक्ति बिदेसिँदा देशको कहालीलाग्दो अवस्था सृजना हुने निश्चित छ । विदेसिने प्रवृतिले देशको समृद्धि र विदेशीको आक्रमणबाट राष्ट्र बचाउन मुस्किल छ ।
विदेशीको इसारामा युवाविहीन देश बनाउन सरकार लालायित
त्रिभुवन विमानस्थलबाट दैनिक दसौँ हजार उत्पादनशील युवा जनशक्ति लाम लागेर विदेसिन बाध्य भइरहेका छन् । अध्ययन होस् या रोजगारीको शिलशिलामा, युवाहरू विदेसिन हतार गरिरहेका छन् । उत्पादन, सीपमलूक र श्रमसँग जोडिएको शिक्षा नहुँदा नेपालमा १२ कक्षा उत्तीर्णपछि धेरै युवा देशको अवस्थाबाट दिक्क मानेर युवा पुस्ता भविष्य र अवसरको खोजी गर्दै अध्ययनका लागि अध्ययन भिसामा होस् या कामदार भिसामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानजस्ता देशमा जाने लहर नै बढेको छ । घरको ऋण बोकाएर उच्च शिक्षा अध्ययन, आफ्नो भविष्य सुन्दर बनाउन ‘देशमा युवाशक्तिलाई देशको समृद्धि र विकासमा सक्रृय बनाउने योजना र रोजगारीको कुनै ग्यारेन्टी नहुँदा विदेशमा समृद्धिको सपना देख्न विवश छन् युवा ।
उत्पादन, सीपमूलक र श्रमसँग जोडिएको शिक्षाको वकालत नगरी नेताका आसेपासेले मात्रै, अवसर पाउने सामान्य नागरिकले उच्च शिक्षा हासिल गर्दा कुनै कामको अवसर केही नदेखिँदा १६ देखि ४० वर्ष उमेर समूहका १० औँ हजार शिक्षित तथा दक्ष युवा जनशक्ति दिनदिनै विदेशमा भविष्य खोज्दै प्राइभेट कन्सल्टेन्सीमा भाषा अध्ययन पूरा गरेर विदेश जान त्रिभुवन विमानस्थलमा लाम लागिरहेका भेटिन्छन् ।
देशको राजनीतिक स्थिति र सरकारी कर्मचारीको रबैया प्रणालीले प्रजातन्त्रसहितको गणतान्त्रिक देशमा कुनै भविष्य नदेखिँदा त्रिभुवन विमानस्थलमा विदेश जान खचाखच लाइनले देश युवाविहीन हुने खतरा छ ।
सरकारले देशमा उपलब्ध वनजङ्गल, वनस्पति, जडिबुटी, खनिज, फलाम, तामा, युरेनियम, पेट्रोल, कोइला, जडिबुटीजस्ता प्राकृतिक स्रोत सम्पदाको अध्ययन अनुसन्धान, उत्खनन र प्रयोगसम्बन्धी व्यवहारिक शिक्षा नदिँदा सामान्य काम पाउनको लागि १२ कक्षा पास गर्नेबित्तिकै युवाको ध्यान विदेशतिर गइरहेको छ । एक त युवा जनशक्तिलाई नेपालमा राख्नसक्ने वातावरण सरकारले बनाउन सकेको छैन भने अर्कोतर्फ तिनै युवा शक्ति ‘फ्रस्ट्रेट दिकदारी’ बनेर सरकारलाई गाली गर्दै नेपालप्रति नै नकारात्मक धारणा बनाइरहेका छन् ।
अबको विकल्प
शिक्षाक्षेत्रमा रहेका तमाम समस्या समाधानको लागि समाजवादउन्मुख संविधानअनुसार सम्बन्धित निकायका पदाधिकारीहरूको सोच, व्यवहार तथा कार्यशैली परिवर्तनका लागि नीतिगत योजनासहितको संरचना परिमार्जन गर्नुपर्छ । बहुमत जनताको हित हुने वा अनुभूति गर्न पाउने उत्पादन, सीपमूलक र श्रमसँग जोडिएको शिक्षा नीति तथा योजनासहितको शिक्षा ऐन विनियम तथा कानुन बनाउनुपर्छ । सीप, उत्पादन र श्रमसँग जोडिएको अनुसन्धानमूलक विश्वविद्यालय सञ्चालन गर्ने हिम्मत चाहिन्छ ।
देशमा भएका खनिज, वनजङ्गल, वनस्पति, जडिबुटी, फलाम, तामा, युरेनियम, पेट्रोल, कोइला, पानीजस्ता प्राकृतिक सम्पदाको न्यायोचित प्रयोग र अनुसन्धान गरी विविधतामा एकता भएको नेपाली समुदायका जीवनशैलीअनुसारको सीप र उत्पादनले बहुमत श्रमिक तथा मजदुरवर्गको श्रमसहितको शिक्षाबाट देशको समृद्धिमा नयाँ काँचुली फेर्न सहज हुन्छ । यसबाट विदेश पलायन भएका उर्बर युवा जनशक्ति नेपाल फर्कने र देशको समृद्धिलाई उच्च पार्न सहयोग हुन्छ ।
उत्पादन, सीपमूलक र श्रमसँग जोडिएको शिक्षाको लागि शिक्षा नीति तथा योजनासहितको शिक्षा ऐन विनियम तथा कानुन निर्माण गरी सीप, उत्पादन र श्रमसँग जोडिएको अनुसन्धानमूलक विश्वविद्यालय सञ्चालनमा जोड दिनुपर्छ ।
Leave a Reply