कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ३ फागुन । नेपाल मजदुर किसान पार्टीको ५१ औँ पार्टी स्थापना दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेलमा पार्टी तथा जनवर्गीय सङ्गठनका युवा, विद्यार्थी, महिलाहरूको भेला भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्लाका उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपा स्थापना हुनु अगाडि नै अग्रज किसान कार्यकर्ताको सङ्घर्षबाट साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, सुस्ता आन्दोलन र भ्रष्टाचारीविरोधी आन्दोलन भएको जानकारी दिनुभयो ।
उहाँले काम गरी खाने कामदार वर्गका जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउन, देश र जनताको हितमा सेवा गर्न नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार पञ्चायतकालमा चुनाव उपयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा जी.आर. सुवालले सरकारमा जाने ठुला पार्टीले एमसीसी सम्झौता र नागरिकता विधेयक ल्याएर नेपाललाई सिक्किमीकरण गर्न खोजिएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा गोविन्दराम सुवाल, राजेन्द्र मलेपति, रवि प्रजापति, रुद्रबहादुर सुनुवारलगायतले बोल्नुभएको थियो । भेलाले नेमकिपा चाँगुनारायण २ वडा एकाइ समिति पुनःगठन ग¥यो ।
Leave a Reply