भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण
- चैत्र ७, २०८१
भक्तपुर, ४ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घका अग्रज किसान कार्यकर्ता ललित अवाल विक्रम संवत् १९९९ असार २० गते बुबा ज्ञानबहादुर अवाल, माता धनकुमारी अवालको कोखबाट जन्मनुभएको थियो ।
अग्रज किसान कार्यकर्ता ललित अवालले साँढे धपाउने आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणविरूद्धको आन्दोलनमा भाग लिनुभएको थियो ।
अमेरिकी साम्राज्यवाद र उपनिवेशवादविरूद्ध भएको देशभक्तिपूर्ण आन्दोलनका साथै जनजीविकाको सवालमा भएको हरेक विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउने अग्रज किसान कार्यकर्ता इमानदार, सङ्घर्षशील, निडर, कर्तव्यनिष्ठ कार्यकर्ता हुनुहुन्थ्यो । पञ्चायती निरङ्कुशताविरूद्धको सङ्घर्षमा निरन्तर लागिपरेका उहाँ देशमा प्रजातन्त्र पुनःस्थापनापश्चात् भएका देशघाती, जनघाती सन्धि सम्झौता असमान सन्धिविरूद्ध भएका सङ्घर्षमा सक्रिय भई लागिपर्ने एक इमानदार, कर्तव्यनिष्ठ किसान कार्यकर्ता हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरिरमा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवाल र नेमकिपा १० नं वडा एकाइ समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालले नेपाल क्रान्तिकारी किसान सङ्घको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
Leave a Reply