भर्खरै :

चिनियाँ विशेषतासहितको समाजवादको मार्ग : एक छलफल

चिनियाँ विशेषतासहितको समाजवादको मार्ग : एक छलफल

आजको विश्व व्यवस्थामा चीनको स्थान र गौरव निकै उँचो छ । एक्काइसौँ शताब्दी चीनको उदय र दु्रत विकासको शताब्दी बन्दै छ । यो विश्वमा यतिबेला ‘चिनियाँ सपना’, ‘चिनियाँ अनुभव’, ‘चिनियाँ गति’, ‘चिनियाँ चमत्कार’, ‘चिनियाँ बौद्धिकता’, ‘चिनियाँ भावना’, चिनियाँ शक्ति’, ‘चिनियाँ जिम्मेवारी’, ‘चिनियाँ अवधारणा’ र ‘चिनियाँ मोडल’आदिबारे सघन छलफल एवम् चर्चा परिचर्चा हुँदै छ । हजार वर्ष अघि चीनले फर्काउन खोजेको समृद्धि र वैभवको प्राप्ति आज हुँदै छ । आपूmलाई विश्वको पहिलो शक्ति भन्ने अमेरिकासँग हरक्षेत्रमा प्रतिस्पर्धा गर्दै छ ।
हिजोदेखि आज अर्थात् इतिहासदेखि वर्तमानसम्म आइपुग्न चीनले हिँडेको बाटो कुन हो ? चीनले कुनै बेला निकै अँध्यारो र अपमानको युग भोग्न परेको यथार्थ विश्वलाई अवगत छ । त्यो अपमान र उपनिवेशदेखि गौरव र स्वाधीनतासम्म आइपुग्दा चीनले अपनाएको मार्ग कुन हो ? यो प्रश्नको जवाफ पुस्तक “What is the Path of Socialism with Chinese Characterstics ?” ले दिन्छ । यो पुस्तक चीनले हिँडेको बाटो र उकाली ओरालीलाई हेर्ने एउटा महत्वपूर्ण आँखीभ्mयाल हो । पुस्तकले पाठकलाई एक हजार पुरानो चीनसम्म पु¥याउँछ । चिनियाँ राजा महाराजाको शासनदेखि आजको समाजवादी बाटोसम्ममा चिनियाँ जनताको अवस्थाबारे अवगत गराउँछ । गरिबी र दरिद्रताको एउटा युग छिचोलेर समृद्धिलाई स्थायी बनाउँदै गरेको आजको चीनको वास्तविक शक्ति या ऊर्जा बोध गराउँछ ।
आज पश्चिमा विश्वका बुद्धिजीवीहरू आपैmँ भन्दै छन् –“अबको विश्वको परिकल्पना चीनबिना असम्भव छ ।” तिनीहरू चीनलाई अमेरिका र अमेरिकालाई चीनसँग तुलना गर्छन् । उनीहरू चीन – अमेरिकाबिचको सुदृढ दुईपक्षीय सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण विषय मान्छन् । यसर्थ आज चीन विश्वको कडा शक्ति या नरम शक्तिभन्दा पनि ‘Smart Power’ अर्थात् ‘सहयोगी शक्ति’ को रूपमा उदाएको छ ।
एक शताब्दीअघि अर्थात् सन् १९०० तिर चीन २६ औँ क्वाङ्सु सम्राटको लगाममा पर्यो । त्यो अवधि चीनको लागि निकै पीडादायी र दुःखद समय रह्यो । बिसौँ शताब्दीतिर चीन गरिबी र सङ्कटको भूमरीमा फस्यो । त्यहाँबाट उम्केर स्वतन्त्र र नयाँ चीन निर्माण गर्न हजारौँ हजार चिनियाँ वीरहरूले सङ्घर्ष नगरेका होइनन्, रगतपसिना र बलिदानी नदिएका होइनन् । चीनलाई राजा रजौटाहरूको शासन र विदेशी शक्तिको कब्जाबाट मुक्त गर्न उठेका सङ्घर्षहरूको झल्को पुस्तकले दिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको जन्मदेखि चीनले हिँडेको मार्गका विशेषता र फाइदाहरूसँगै अप्ठ्यारा र चुनौतीहरूबारे जानकारी लिन पुस्तक ‘चिनियाँ विशेषतासहितको समाजवादको मार्ग के हो ?’ नपढी हुन्न । यो पुस्तकको अध्ययनले नेपाली जनतालाई वैदेशिक हस्तक्षेपविरुद्ध देशभक्तिपूर्ण सङ्घर्ष गर्ने शिक्षा मिल्छ । नेपाललाई गरिबी र अस्तव्यस्तताबाट उन्मुक्तिको बाटो देखाउँछ । हुन त चीन अत्यन्त विशाल देश हो नेपालजस्तो भौगोलिक हिसाबमा निकै सानो देशसँग तुलना अमिल्दो होला तर चीन पनि नेपालजस्तै एउटा किसानहरूको देश हो । कृषिमा क्रान्तिबिना कुनै पनि किसानको देश समृद्धितिर जाँदैन भन्ने शिक्षा नेपालजस्तो सानो देशका लागि अत्यन्त उपयोगी हुन्छ । जनसङ्ख्या र भूगोलमा ठूलो देश चीनमा क्रान्ति सम्भव छ भने नेपालमा किन छैन ? यो पुस्तकले नेपाली समाजलाई पनि बाटो देखाएको महसुस हरेक पाठकलाई हुनेछ । तसर्थ चीनको राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्तिको इतिहास बताउने यस पुस्तकको छलफल या चर्चा सान्दर्भिक छ । नौ वटा खण्डमा विभक्त यस पुस्तकका प्रत्येक खण्डले सुशासन र समृद्धितर्फ चीनको यात्राका अध्यायहरू प्रस्तुत गर्र्छ ।
पुस्तकको पहिलो खण्डले चीनको ऐतिहासिक विकासक्रमको धरातलबारे जानकारी दिन्छ । सन् १८४० को पहिलो अफिम युद्धपछि सिधै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाले मात्र चीनको मुक्ति या विकासको बाटो तय भएको हो भन्दा गलत होला । चिकपा स्थापना पूर्वको चिनियाँ इतिहास हेर्ने हो भने तत्कालीन अवस्थामा सिङ्गो चीन र चिनियाँ जनताले उन्मुक्तिको सास फेर्न चाहेका थुप्रै घटना र मोडहरू नआएका होइनन् । पुस्तकको पहिलो खण्डले त्यस्ता केही ऐतिहासिक मोड र घटना अवगत गराउँछ । विडम्बना ती कुनै पनि घटनाले चीनको मुक्ति सम्भव भएन । ती चिनियाँ समाजलाई उज्यालोतिर लाने प्रयास भने पक्कै थिए । चीनको समृद्धि र स्वतन्त्रताको निम्ति पुर्खाले गरेको सङ्घर्ष तथा बलिदानीको कथा पनि यही अध्यायमा छ ।
पहिलो अफिम युद्ध हुनुपूर्व छिङ वंशले चीनमा २०० वर्ष शासन ग¥यो । त्यो अवधिलाई चिनियाँ जनता शताब्दीपूर्वको समृद्ध चीन भन्न रुचाउँछन् । त्यसपछिको समयमा चीनको राजनीति, अर्थतन्त्र र सामाजिक संरचना अँध्यारोतिर फस्दै गयो । राज्यसत्तामा कर्मचारीतन्त्रको भ्रष्टाचार, अर्थतन्त्र सङ्कुचन, चर्को गरिबी र जटिल द्वन्द्वहरूले चिनियाँ समाजलाई कुरूप बनाए । जनता र सरकारी अधिकारीबिच बेमेलमात्र होइन झैझगडा बढ्यो । त्यसले वैदेशिक हस्तक्षेपलाई निम्त्यायो । छिङ सत्ताप्रति जनआक्रोशबाट बच्न पेइचिङमा ‘सम्राटहरूको दरबार अर्थात् जनतालाई निषेध गरिएको सहर’ (फर्बिडन सिटी) बनाइयो । इतिहासमा त्यस्तो कहिल्यै भएको थिएन । अफिम युद्धपछि चीनमा पश्चिमा शक्तिहरूको आक्रमण सुरु भयो । विशेषगरी बेलायत, फ्रान्स, जर्मनी, जारकालीन रुस र संरा अमेरिकाको सहयोगमा जापानले चीनमा हस्तक्षेप र अतिक्रमण तीब्र पारे । ‘एसिया युरोपका लागि छोड’ को नारासहित पश्चिमा देशहरूले कहिले समूहगत त कहिले एक्लै चीनको अस्तित्वमाथि आक्रमण गरे । उनीहरूले केही समयमै चीनको अधिकांश भूमि कब्जा गरे । जसमध्ये जारकालीन रुसले पूर्वी चीनको १६ लाख वर्ग किलोमिटर जमिन हडपेको तथ्याङ्क पुस्तकमा छ । सिमाना जोडिएका या नजोडिएका देशहरू पनि चीनको जमिन कब्जामा निर्मम देखिए । चीनको अर्थतन्त्रदेखि सामाजिक संरचना विदेशको मुठ्ठीमा पुग्यो ।
एउटा चिनियाँ भनाइ छ –“धेरै कष्टहरूले राष्ट्रको पुनर्जागरण या पुनर्जन्म सम्भव बनाउँछ ।” छिङ राज्यसत्ता असफल देखिएपछि उत्तरतिरका जुर्चेन, मङ्गोलियन र मन्चुवंश चीनको केन्द्रीय क्षेत्रहरूमा शत्रुहरूसँग रगतको होली खेल्दै सत्तामा उक्लिए । तिनले चीनको जातीय संरचना, सांस्कृतिक वैभव र कन्फुसियसको विचार प्रचार गरे । चीनको जीवनमार्ग कन्फुसियसवादले देखाउँछ भन्ने विचार फैलियो । चीनमा त्यतिबेलादेखि हान राष्ट्रियता केन्द्रीय अर्थात् प्रमुख विषय बनेको बताइन्छ । चीनको इतिहासमा पहिलो अफिम युद्धले गरेको क्षतिपछि उत्तरी घुमन्तेहरूले गरेको कब्जा या आक्रमणको क्षति पनि अपूरणीय मानिन्छ । तर, सकारात्मक कुरा के हो भने पहिलो अफिम युद्धले चिनियाँ जनताको आँखा खुल्यो । हजारौँ वर्ष छिङ र हान वंशले गरिरहेको अत्याचार उदाङ्गो भयो । साम्राज्यवादको लडाइँमा जनताको आहुतिको मूल्याङ्कन सुरु भयो । त्यसलाई चिनियाँ इतिहासको एउटा महत्वपूर्ण मोड मान्न सकिन्छ ।
चिनियाँ जनता विदेशी शक्तिको अपमानबाट मुक्त भई अन्तर्राष्ट्रिय जगतमा आप्mनो छुट्टै स्थान बनाउन चाहन्थे । पश्चिमले अर्थतन्त्र, राजनीति र संस्कृतिमा हस्तक्षेप गरिरहँदा आप्mनो देशको सभ्यता कसरी जोगाउने भन्ने चिन्ता चिनियाँ जनतालाई थियो । चीनमा सुशासन कसरी कायम गर्ने ? चिनियाँ जनतालाई गरिबीको दलदलबाट माथि कसरी उकास्ने ? भन्ने प्रश्नहरू त्यतिबेलै थिए । चीनको तत्कालीन बाटो भनेको वैदेशिक हस्तक्षेविरुद्धको लडाइँसँगै घरेलु शत्रुहरू परास्त गर्नु थियो । त्यसका निम्ति चीनमा किसान अगुवाहरूको योगदान इतिहासमा सगौरव अध्ययन गरिन्छ । किसान अगुवाहरूले गरेको ताइपिङ विद्रोहबारे आज पनि चर्चा हुन्छ । सन् १८४२ देखि १८५० सम्म मञ्चु नेतृत्वको छिङ वंश र हाक्का नेतृत्वको ताइपिङ स्वर्गतुल्य राज्य (त्बष्उष्लन ज्भबखभलथि प्ष्लनमयm) बिच चलेको द्वन्द्वले चीनको रूपान्तरणमा अगुवाइ गरेको अनुभव हुन्छ । किसानमाथि छिङ राज्यले अचाक्ली कर थोप्दा चिनियाँ किसानहरू राज्यसत्ताविरुद्ध सडकमा उत्रेको त्यो घटना ऐतिहासिक छ । ताइपिङ सेनाले करिब १८ वटा प्रदेशहरूमा युद्ध गरे र ठुलो क्षेत्र कब्जा गरे । एक समय ताइपिङ स्वर्गतुल्य राज्य छिङ राज्यको बराबरीमा आइसकेको थियो । यस्ता थुपै्र साना ठूला किसान सङ्घर्षहरूले चीनको इतिहासमा बेग्लै महत्व राख्छ ।
ताइपिङ स्वर्गतुल्य राज्यले एउटा आदर्श चिनियाँ समाजको कल्पना गरेको थियो । सबै जमिनमा किसानहरूले बाली लगाउन पाउने, कोही चिनियाँ भोकै बस्न नपर्ने, कोही नाङ्गो बस्न नपर्ने, राज्यको सम्पत्ति सबैले उपभोग गर्न पाउने समतामूलक समाजको परिकल्पना गरिएको थियो । भूमिको वितरण परिवारको सङ्ख्याको आधारमा गर्ने विशिष्ट अवधारणा अघि सारिएको थियो । पश्चिमबाट सिक्दै अगाडि बढ्ने सोच उत्तिबेला कै हो । जमिन जोत्नेलाई भन्ने नारा किसानहरूमा लोकप्रिय नारा थियो । तर, ताइपिङ स्वर्गतुल्य राज्य लामो समय टिकेन । राज्यसत्ताको दमन र पश्चिमा शक्तिको षड्यन्त्रका कारण किसानहरूको सङ्घर्षमाथि प्रहार भयो । ताइपिङ राज्यभित्रै गलत मानिसहरूको प्रवेश र भ्रष्टाचारले ताइपिङ राज्य बदनाम बनेको इतिहास टिठलाग्दो छ । त्यतिबेला धेरैधेरै सच्चा किसान अगुवाहरूले अनाहकमा आप्mनो प्राण गुमाउनुपरेको सत्य पनि पुस्तकले उजागर गरेको छ । सन् १८६४ अर्थात् १४ वर्षपछि ताइपिङ राज्य ढलेको थियो ।
सकारात्मक पक्ष के हो भने त्यो विद्रोहले चिनियाँ जनतामा क्रान्तिकारी भावना जगायो, परिवर्तन सम्भव छ भन्ने आत्मविश्वासको बिजारोपण ग¥यो । सिन्हाई क्रान्तिका नेता सन यात सेन आफै टाइपिङ विद्रोहबाट उत्साहित भएका एक व्यक्तित्व थिए । उनी ताइपिङ विद्रोहका नेता होङ सिउचियान जस्तै बन्न चाहन्थे । अध्यक्ष माओले एक समयमा भन्नुभएको थियो –“सन् १८४० को पहिलो अफिम युद्धमा चीन हारेदेखि चीनले पश्चिमा देशहरूको सत्य खोजी गर्न निकै कठिन समय सामना गर्नुप¥यो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनापूर्व पश्चिमा शक्तिको पर्दाफास गर्न होङ सिउचियान, काङ याउवेइ, यान फु र सन यात सेनाजस्ता असाधारण व्यक्तित्वको जन्म भएको थियो ।” अध्यक्ष माओ इतिहासका अगुवाहरूप्रति सदा आभारी रहनुभयो । आज पनि चीनको नानचिङमा ताइपिङ स्वर्गतुल्य राज्य र सङ्घर्षको झल्को दिने सङ्ग्रहालय छ । नयाँ पुस्ताका चिनियाँहरूलाई देशभक्तिपूर्ण भावना सञ्चार गर्ने र इतिहासको ज्ञान दिने उद्देश्यले सङ्ग्रहालयको सञ्चालन भइरहेको छ । यस पुस्तकका अनुसार ताइपिङ विद्रोहले ठूलो उपलब्धि हासिल नभए पनि देशप्रति समर्पणको भावना सिकायो । नयाँ पुस्ताका लागि स्वतन्त्र र सुन्दर चीन छोडेर जान शत्रुसँग लड्ने उत्साह र क्रान्तिकारी भावना सिकायो । देशको आत्मनिर्भरताका निम्ति ‘शक्ति’ र ‘धन’ को खोजी गर्न सिकायो ।
चीनको इतिहासमा ‘पश्चिमीकरण आन्दोलन’ ३० वर्षसम्म चलेको जानकारी पुस्तकबाटै मिल्छ । त्यसले चीनलाई पश्चिमसँग वस्तु खरिद गर्ने, पुनःउत्पादन र विदेशी बन्दुक या तोपहरू उत्पादन गर्ने ठाउँमा परिणत ग¥यो । ताइपिङ राज्यको अवसानपछि छिङ साम्राज्यले सैन्य हातहतियार उद्योग स्थापनामा जोड दियो । करिब २० वटा सैन्य हतियार उद्योगहरू स्थापना गरी चीनले आप्mनो शक्ति बढाउने नयाँ सम्झौताको रूपमा प्रचारबाजी ग¥यो । नभन्दै पश्चिमा शैलीको सैन्य अखडाहरू निर्माण गरिए । जसमध्ये बेइयाङ फ्लिट (Beiyang fleet) सबैभन्दा ठुलो र बलियो अखडा थियो । जसलाई ‘पश्चिमीकरण आन्दोलन’ को महान उपलब्धि घोषणा गरियो । सैन्य हातहतियार र अखडा निर्माणसँगै देशमा पश्चिमको जस्तो खानी, बाटोघाटो, उद्योग, रेल्वे, टेक्सटायल उद्योग, सञ्चार अघि बढाउने र चिनियाँहरूलाई पश्चिमी शैली र प्रविधि सिकाउने सोच राखिएको थियो । तर विडम्बना सेना र हातहतियारमा चीनको पकड गुम्दै गयो । पश्चिमा शक्तिले पालेको कर्मचारीतन्त्र जनताप्रति झन् निर्मम बन्दै गयो । आत्म—शक्ति वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको त्यो आन्दोलनको परिणाम अनुत्पादक बन्यो । चीन—जापान युद्धमा (१८९४—१८९५) नराम्रोसँग चीन पछारिएपछि छिङ राज्यको पश्चिमीकरणको बाटो गलत हो भन्ने जनस्तरबाट अनुभव गरियो । आन्दोलनकै दौरान तयार गरिएको चीनको सबैभन्दा ठूलो सैन्य मोर्चा बेइयाङ फ्लिटमा नै चिनियाँ सेनाको नरसंहार भयो । छिङ राज्य जापानबाट पराजित भयो । त्यहीबाट चिनियाँ जनताको राष्ट्रिय अपमानको युग सुरु भयो ।
त्यसपछि चीनमा सुधारवादीहरू सतहमा आए । देशको आत्मशक्ति अभिवृद्धिका लागि उश्यू सुधार अर्थात् Wuxu Reform नामको नीतिगत सुधारको वकालत गरियो । क्वाङ्सी सम्राट र छिङ वंशका उच्चपदस्थ अधिकारीहरूले सन् १८९८ जुनबाट उश्यू सुधार योजना लागु गरे । जसको उद्देश्य पुराना झन्झटिलो औपचारिकता हटाउने, प्रशासन सुव्यवस्थित गर्दै कर्मचारीलाई जिम्मेवार बनाउने, सरकार चलाउन जनताको राय लिनुका साथै देशको कृषि, उद्योग, वित्तीय क्षेत्र, यातायात, खानीहरू व्यवस्थित ढङ्गले चलाउने उद्देश्य राखियो । तर, पछि छिङ राजाहरूले नै सुधारकहरूको उद्देश्य अस्वीकार गरे । त्यस्तै खालको सुधार जापानमा ‘मेइजी पुनस्र्थापना’ को नाममा भएको थियो । ती दुवै अवधारणाले देशलाई समृद्ध र शक्तिशाली त बनाएन बरु उल्टो अनुत्पादक सिद्ध भयो । सुधारकहरूको निहित स्वार्थका कारण उश्यू सुधार १०३ दिन पनि टिकेन । तर, त्यसलाई पश्चिमीकरण समूहभन्दा प्रगतिशील मानियो । बिसौँ शताब्दीको प्रवेश अर्थात् १९०१ मा भएको सुधार नीतिले त चीनलाई रुस–जापान युद्ध (१९०४–१९०५) मा समेत तटस्थ राख्यो । जुन राजनीतिक रूपमा गलत थियो ।
चीनलाई अब क्रान्तिले मात्र बदल्न सक्छ भन्ने भावनाको सञ्चार २० औँ शताब्दीमै भयो । क्रान्ति केका लागि भन्ने प्रश्न पनि थियो । क्रान्ति, एक त शताब्दी लामो छिङ वंशको राजतन्त्र ढाल्न, दोस्रो पश्चिमीकरणसहितको गणतन्त्र चीनको निर्माण गर्नको लागि हो भन्ने बुझाइ भयो । पश्चिमी सोच र विचारबाट दीक्षित बौद्धिकहरूले चिनियाँ युवालाई विदेशमा पढ्न जान हौस्याए । जापान पहिलो प्राथमिकतामा थियो । त्यही समय ८ देखि ९ हजार चिनियाँ जापान पढ्न पठाइए । ती युवाले क्रान्तिको वकालत पक्कै गर्ने विश्वास लिइयो । देशमा मञ्चुविरोधी आन्दोलन सुरु भयो । क्रान्ति अवश्यम्भावी छ भन्दै चिनियाँ जनता जागी उठे । जनताको नेतृत्व नेता सन यात्सेनले गरेका थिए । सन् १८९५ अक्टोबरमा क्वाङचाउ विद्रोह गरी छिङ कोर्टमाथि आक्रमण भयो । सुधारवादीहरू पनि सन यात्सेनको बाटोमा आए । चीनलाई जोगाउन निरङ्कुश राजतन्त्रको अन्त्य अनिवार्य छ भन्ने विचार प्रचार भयो । सन यात्सेनले देशको आधुनिक राष्ट्रिय प्रजातान्त्रिक आन्दोलनको झण्डा उँचो फहराए । छिङ साम्राज्यलाई शान्तिपूर्ण ढङ्गबाट होइन सैन्य शक्तिबाटै पराजित गर्नुपर्छ भन्ने सन यात्सेनको अध्ययन थियो । त्यही समय जनतामाझ ‘चिनियाँ समाजको पुनर्जन्म’ को नारा पनि लगाइँदै थियो । सन यात्सेनको तीन सिद्धान्त— राष्ट्रियता, प्रजातन्त्र र जनजीविका निकै लोकप्रिय बन्यो । छिङ राजतन्त्रले सन यात्सेनको आन्दोलन दबाउने प्रयत्न पटक पटक ग¥यो तर सिनहाई क्रान्तिले छिङ सरकार फाल्न सफल भयो । २०० वर्षको छिङ साम्राज्य समाप्त भयो । चीनमा राजतन्त्र पराजित भयो र प्रजातन्त्र स्थापना भयो । सन यात्सेन नानचिङ प्रादेशिक सरकारको अध्यक्ष बने । चीनमा पश्चिमी शैलीको बहुपार्टी प्रणाली र संसदीय प्रणाली अभ्यासमा ल्याउने तयारी भयो । जापानले पहिलो विश्व युद्धको फाइदा लिएर चीनमाथि ‘एक्काइस मागहरू’ थोप्यो । त्यसकारण, राजतन्त्रको अन्त्यपछि पनि जनताको दुःख अन्त भएन । भ्रष्टाचार र सामाजिक अपराध बढ्यो । सिन हाई क्रान्तिको सिमा या कमजोरी माक्र्सवादीहरूले औँल्याएको सन्दर्भ पनि पुस्तकमा छ । सिन हाई क्रान्तिले कहिल्यै साम्राज्यवाद र चीनको परम्परागत सामाजिक शोषणविरुद्ध स्पष्ट धारणा राखेन । चीनको बहुसङ्ख्यक किसान र काम गरी खाने जनतालाई प्राथमिकतामा राखेन । सन यात्सेनको पार्टी आपैmँ पनि बलियो थिएन, जनस्तरमा आधारित थिएन । त्यसकारण, जनताले चाहेको आत्मनिर्भरता, समृद्धि, स्वतन्त्रता र खुशी सिनहाई आन्दोलनले दिन सकेन ।
त्यही सेरोफेरोमा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो र चीनको प्रजातान्त्रिक आन्दोलनले एउटा नयाँ क्रान्तिकारी मोड लियो । सन् १९१७ मा भएको रुसी अक्टोबर क्रान्तिले चिनियाँ भूमिमा माक्र्सवादको प्रवेश गरायो । समाजवाद हुँदै साम्यवादको बाटो देखाउने रुसी क्रान्ति चीनका लागि ऊर्जा बन्यो । सर्वहारावर्ग अर्थात्् विश्वका शोषित पीडित मानवजातिलाई मुक्ति दिलाउने वैज्ञानिक उपाय या बाटोको रूपमा माक्र्सवादको अनुसरण गरियो । वर्गसङ्घर्षबाटै पुँजीवादी व्यवस्थाको अन्त्य हुने र उत्पादनका साधनहरू सामाजिकीकरण गरी समतामूलक समाज निर्माण हुने विश्वास लिइयो ।
सन् १९२१ जुलाइमा चिकपाको पहिलो सम्मेलन साङ्घाइमा ५० जना प्रतिनिधिहरूको सहभागितामा सम्पन्न गरियो । त्यो सम्मेलनले चिकपाको कार्यक्रम र नीति तय ग¥यो । पुँजीवादी व्यवस्थाविरुद्ध सर्वहारा जनतालाई सेनाको रूपमा तयार गर्ने, वर्गभेद हटाई कामदार जनताबाटै देशको निर्माण थाल्ने, पुँजीपतिवर्गको हैकमविरुद्ध वर्गसङ्घर्ष अघि बढाउने, पुँजीपतिवर्गको स्वामित्वमा रहेको राष्ट्रिय सम्पत्ति सामाजिकीकरण गर्ने, समाजवाद र साम्यवादका निम्ति लड्ने निर्णय ग¥यो । सबैभन्दा महत्वपूर्ण कुरा चिकपाले साम्राज्यवादविरुद्धको सङ्घर्षसँगै घरेलु सामन्तवादी शोषणविरुद्ध लड्ने सङ्कल्प ग¥यो । विस्तारै चिकपा देशका युद्ध सम्राटहरूविरुद्धको सङ्घर्षमा सफल भयो । इतिहासमा सन् १९२१ देखि १९४९ सम्मको अवधिलाई नयाँ प्रजातान्त्रिक क्रान्तिको अवधिको रूपमा अध्ययन गरिन्छ ।
चिकपाले कोमिन्ताङसँग मिलेर जापानी साम्राज्यवादविरुद्धको सङ्घर्षमा सफलता हासिल ग¥यो । दोस्रो चीन—जापान युद्धमा जापानलाई पराजित ग¥यो । तर, सन यात्सेनपछिको कोमिन्ताङले जनतामाथि राजा रजौटाले भन्दा अन्याय ग¥यो, विदेशी शक्तिको पिछलग्गु बन्यो र चीनलाई कोमिन्ताङकै खतरा बढ्यो । तब चिकपाले कोमिन्ताङ प्रतिक्रियावादी विरुद्ध पनि सङ्घर्ष ग¥यो र सन् १९४१ अप्रिल २३ मा कोमिन्ताङ प्रतिक्रियावादीहरूको शासन अन्त्य भयो । चीनमा जनताको राजनीतिक परामर्श सम्मेलन स्थापना भयो । पश्चिमको भन्दा फरक चिनियाँ विशेषताको बहुपार्टी व्यवस्थाको सुरुआत थियो त्यो । इतिहासभन्दा पुरानो शोषण, अपमान, दासताबाट चीन मुक्त भयो । बाह्य र घरेलु शत्रुबाट जनतालाई मुक्त गराई जनतालाई समाजवादी क्रान्तिको बाटो देखाउने नेता अध्यक्ष माओ हुनुहुन्थ्यो । चिकपा र समाजवादले मात्र नयाँ चीनको रक्षा गर्न सक्छ भन्ने जनविश्वास अजेय भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *