विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
 

टेलिसुर, २९ अक्टोबर । गत आइतबार भेनेजुयलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले बाह्य खतराबाट भेनेजुयलाको रक्षा गर्न बोलिभारियाली मिलिसिया तम्तयार रहेको बताउनुभयो ।
 उहाँले भन्नुभयो, “निश्चय नै भेनेजुयला अभेद्य देश बनेको छ । जस्तोसुकै भूगोलमा समेत मिलिसियाहरूले दिइएको हतियारसाथ आफ्नो मिसनमा तैनाथ भएर हाम्रो राष्ट्रलाई अभेद्य भूमि बनाएका छन् ।”
 भेनेजुयलाको ‘रणनीतिक अस्त्र’ बारे चर्चा गर्दै रक्षामन्त्री लोपेजले जोड दिएर भन्नुभयो, “१० हप्ताको हाम्रो तयारीमा कुनै चीजको विकास भएको छ भने त्यो बोलिभारियाली मिलिसिया हो ।”
 उहाँले थप्नुभयो, “आज मिलिसियाले देशका सबै भूभागमा तयारी चालु राखेको छ । समुद्री तटदेखि पहाड पर्वतमा तयारी चल्दै छ । आवश्यक परेको खण्डमा भोलि नदीनाला र समथर क्षेत्र जताततै तयारी गरिनेछ ।”
 हाल भेनेजुयलाका ६२ लाख नागरिक मिलिसियामा भर्ती भएका छन् । यो मिलिसिया राष्ट्रपति निकोलस मादुरोको सरकारले अभ्यास गरिरहेको विस्तृत प्रतिरक्षा प्रणालीको हिस्सा हो ।
 अक्टोबर २४ गते रक्षामन्त्री लोपेजले देश सैन्य तैनाथीको लागि तयार रहेको र दिनप्रतिदिन मिलिसियाहरू भेनेजुयलाका नाका–नाकामा पुगिरहेको बताउनुभयो । देशको ‘प्रत्येक इन्च भूभागको रक्षार्थ भेनेजुयली सेना अटल, दृढ र प्रतिबद्ध’ रहेकोमा उहाँले आश्वस्त पार्नुभयो ।
 अमेरिकी रक्षामन्त्रालय पेन्टागनले अमेरिकी विमानबेडा यूएसएस जेराल्ड आर फोर्डलाई क्यारिबियाली समुद्रमा तैनाथ गर्ने घोषणा गरेपछि रक्षामन्त्री लोपेजले उक्त टिप्पणी गर्नुभएको थियो । गत गर्मीयाममा पेन्टागनले त्यहाँ जलसेना तैनाथ गरेको छ । लागुपदार्थ ओसारपसार नियन्त्रण गर्ने मिसनसाथ उक्त अपरेसन चलाइएको पेन्टागनको जिरह छ ।
 अमेरिकाले हाल एफ–३५ बी लडाकु विमान, पी–८ गस्ती विमान र एमक्यू–९ ड्रोनलाई पुर्टो रिकोमा रहेको उसको सैन्य अखडाबाट परिचालित गरिरहेको छ ।
 गत आइतबार अमेरिकी जलसेनाको ‘यूएसएस ग्राभली’ फौज त्रिनिदाद र तोबागोमा आइपुग्यो । यिनले केही दिन सैन्य अभ्यास गर्ने कार्यक्रम छ । यसअघि नै भेनेजुयली सेनाका लडाकुहरू मिलिसिया र प्रहरी टुकडीहरूसँगै देशका सबैजसो तटवर्ती क्षेत्रमा तैनाथ भएका छन् । तीन निकायले सँगै ७२ घण्टे परेड खेल्दै छन् ।
 (स्रोत : एमआर अनलाइन)
Leave a Reply