प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
अन्यत्रका मानिसझैँ युरोपेली पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उत्तेजक अभिव्यक्तिको वास्तविक उद्देश्य बुझ्नका लागि सङ्घर्ष गरिरहेका छन् । ट्रम्प वास्तवमै के हासिल गर्न चाहन्छन् भन्ने कुरा प्रस्ट नभएकाले रणनीतिक रूपमा प्रभावकारी प्रतिक्रिया तय गर्न गा¥हो हुने देखिन्छ । परम्परागतरूपमा युरोपेलीले अमेरिकी विदेश नीतिलाई द्वैध दृष्टिकोणबाट हेर्दै आएको छ । यदि अमेरिकी प्रशासन एटलान्टिकवादी (एटलान्टिक महासागरपारि अर्थात् युरोपप्रति उदार) छ भने अवस्था सामान्य रहन्छ, तर यदि प्रशासन अलगाववादी नीतितर्फ उन्मुख छ भने समस्या उत्पन्न हुन सक्छ । तर, ट्रम्प यी दुईमध्ये कुनै पनि श्रेणीमा स्पष्टरूपमा अटाउँदैनन् ।
ट्रम्प प्रस्टै एटलान्टिकवादी होइनन् किनभने उनले धेरै युरोपेली मुलुक सम्मिलित नेटोलाई अमेरिकाका लागि महँगो देख्छन् र लाभदायक देख्दैनन् । युरोपेलीलाई निःशुल्क लाभ लिनेका रूपमा हेर्छन् उनी र यो अमेरिकी गुनासो सन् १९५० को दशकदेखि रहँदै आएको छ । उनका पूर्ववर्तीभन्दा फरक उनी अमेरिकी संरक्षणको उच्च मूल्य तोक्छन् र युरोपेली यसको योग्य नभएको मान्छन् । यद्यपि, उनी अलगाववादी पनि होइनन् । बरु उनी साम्राज्यवादी राष्ट्रवादी हुन् जसले वर्चस्वको सबै लाभ लिन चाहन्छन्, तर कुनै लागत व्यहोर्न चाहँदैनन् । भन्सार शुल्क र भूप्रसारजस्ता उनको मनपर्ने नीति १९ औँ शताब्दीका अमेरिकी नेताको शैलीसँग मेल खान्छ ।
युरोपेलीका लागि भन्सार शुल्क र भूप्रसार आज अनौठो लाग्न सक्छ । तर, अमेरिकी दृष्टिकोणबाट हेर्दा यिनको ऐतिहासिक सन्दर्भ छ । अमेरिकाको स्वतन्त्रता सङ्ग्राम भन्सार शुल्कको विवादबाट सुरु भएको थियो जसलाई त्यसपछि सार्वभौमिकताको संयन्त्रका रूपमा हेरिँदै आएको छ । अमेरिका विश्वका केही देशमध्ये एक हो जसको संविधानमा स्पष्ट रूपमा व्यापारको उल्लेख गरिएको छ । भन्सार शुल्कले घरेलु उपभोक्तालाई क्षति पु¥याउन सक्छ, तर तिनले राजनीतिक उद्देश्य पूरा गर्छन् । यो ट्रम्पको नयाँ ‘बाह्य राजस्व सेवा’ स्थापना गर्ने प्रस्तावमा प्रतिबिम्बित हुन्छ, यसले भन्सार प्रशासनलाई केन्द्रीकृत गर्ने र भन्सार राजस्व भण्डारण गर्ने लक्ष्य राख्छ । यस्ता निकायमार्फत ट्रम्पले राज्य र आफ्ना राजनीतिक समर्थकबिच राजस्व पुनर्वितरण गर्ने साधन प्राप्त गर्थे । उनले आफ्नो पहिलो कार्यकालमा पनि यस्तै रणनीति अपनाएका थिए जब उनले कृषि विभागअन्तर्गत एक कोष स्थापना गरेर अमेरिकी सोयाबिन निर्यातकर्तामाथि चीनका प्रतिरोधात्मक कदमबाट भएको क्षतिपूर्तिका लागि सहायता प्रदान गरेका थिए ।
तर, ट्रम्पको सबैभन्दा महत्वपूर्ण लक्ष्य भनेको भन्सार शुल्कलाई अमेरिकाको बजारमा अत्यधिक निर्भर साझेदार अर्थात् मेक्सिको, क्यानडा र युरोपमाथि दबाब सिर्जना गर्न प्रयोग गर्नु हो । क्यानडा र ग्रिनल्यान्ड (डेनमार्कको स्वायत्त क्षेत्र) को सन्दर्भमा ट्रम्पले भूआकांक्षा पनि व्यक्त गरेका छन् । उनले ‘ग्रिनल्यान्ड प्राप्त गर्न चाहेका थिए र क्यानडालाई ५१ औँ राज्य बनाउने इच्छा देखाएका थिए । व्यावसायिक दबाबलाई भूप्रसारको साधनका रूपमा प्रयोग गर्ने यो रणनीति १९ औँ शताब्दीमा अमेरिकाले अपनाएको नीतिसँग मेल खान्छ ।
ग्रिनल्यान्डदेखि मेक्सिकोसम्म फैलिएको अमेरिकी भूरणनीतिक किल्लाको कल्पना गर्दै ट्रम्प सम्भवतः अनजान हुँदै १९ औँ शताब्दीको मध्यतिरको अमेरिकी विदेश मन्त्रालयको एक दस्तावेजलाई प्रतिध्वनित गरिरहेका छन् । सो दस्तावेजमा ‘ग्रिनल्यान्ड अधिग्रहण गरेमा अमेरिकाले बेलायती उत्तरी अमेरिकालाई उत्तर र पश्चिमतर्फ हजारौँ माइलसम्म घेर्न सक्नेछ, र शान्तिपूर्ण तथा स्वैच्छिक रूपमा अमेरिकाको सङ्घीय एकता स्वीकार गर्ने बेलायतको प्रेरणा निकै बढ्नेछ’ उल्लेख थियो ।
ट्रम्पको स्पष्ट गैरएटलान्टिकवादी र गैरअलगाववादी भूराजनीतिक योजनाले युरोपलाई स्वाभाविक रूपमा स्तब्ध पारेको छ । अब के गर्न सकिन्छ ? के हामी केवल प्रार्थना गरेर यो नहोस् भन्ने आशा गर्नुपर्ने हो ? कमोबेसी यही प्रतिक्रिया युरोपियन युनियनकी नयाँ विदेश मामिला तथा सुरक्षा नीति प्रमुख काइजा कालासबाट आएको देखिन्छ । आफ्ना प्रारम्भिक सार्वजनिक बयानमध्ये एकमा उनले अमेरिकाबाट आउने खतराबारे धेरै कुरा गरिनन् किनभने उनको मुख्य चिन्ता केवल एक विषयमा केन्द्रित छ, अर्थात् युक्रेनमा रुसको विरुद्धमा ट्रान्सएटलान्टिक ऐक्यबद्धता कायम राख्ने । तर, लक्ष्य प्रशंसनीय भए पनि यसलाई पूरा गर्न दुवै पक्षको सहभागिता आवश्यक पर्छ ।
यसैबिच कुनै पनि युरोपेली अधिकारीले कुनै पनि राज्यले भूराजनीतिक उद्देश्यका लागि व्यापार प्रतिबन्ध प्रयोग गरेमा प्रतिरोधस्वरूप प्रतिबन्धात्मक भन्सार शुल्क लगाउने युरोपियन युनियनको संयन्त्र एन्टिकोएर्सन इन्स्ट्रुमेन्टबारेमा उल्लेख गर्न आवश्यक ठानेका छैनन् । यदि ट्रम्पले डेनमार्कमाथि उच्च भन्सार शुल्क लगाएर ग्रिनल्यान्डका लागि दबाब बढाउने निर्णय गरे भने युरोपियन युनियनसँग यो संयन्त्र सक्रिय गर्नेबाहेक अरू कुनै विकल्प रहनेछैन । अन्यथा, त्यसले युनियनकै भूराजनीतिक कमजोरीलाई पुष्टि गर्नुका साथै थप गम्भीर बनाउनेछ । यही कारणले डेनमार्क सरकारको अमेरिकाप्रतिको तुष्टीकरणको व्यवहार गर्नु गलत हुन्छ । शक्ति सन्तुलन प्रस्ट रूपमा यसको पक्षमा छैन । तर, भयलाई गोप्य नबनाई सार्वजनिक गर्नुले ट्रम्पलाई थप आक्रामक बन्न उक्साइरहेको छ । यद्यपि, युरोपका लागि ग्रिनल्यान्डमा सैनिक पठाउनु हास्यास्पद वा अमेरिकासँग युद्धको सम्भावना उत्पन्न गर्न सक्ने कुरा हो । तर, यति भन्दै गर्दा मौनता साध्नु पनि सही हुँदैन । जे होस्, रुस अहिले सबैभन्दा ठुलो विजेता हो । युरोपेलीले समय नष्ट गर्दै गर्दा यदि ह्वाइट हाउस र क्रेमलिनले युक्रेनको भविष्य गुप्त रूपमा छलफल गरे भने यो कुनै अचम्मको विषय हुनेछैन ।
(लैदी अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन् ।)
Leave a Reply