प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
इजरायली प्रधानमन्त्री नेतन्याहु हालै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस भ्रमणमा गए । उनको यस भ्रमणले पश्चिमा देशका नेता र शासक मिडियाहरूले १६ महिनादेखि गिजोलेको युद्धबाट मुकुण्डो हटाइदिएको छ ।
गाजामा इजरायलले मच्चाएको जातिसंहारको बचाउमा ह्वाइट हाउसले पोत्दै आएको चास्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः पखालिदिएका छन् ।
गाजाको नरसंहार सदैव संरा अमेरिकामा तयार हुने गरेको ट्रम्पले नलुकाइकन बताए । उनकै शब्दमा वासिङ्टनले अब गाजा ‘अधिग्रहण’ गर्नेछ र त्यहाँ विकास गर्नेछ । गाजामा गरिने मारकाटको मुख्य उद्देश्य सधैँ जातीय सफाया रहँदै आएको उनले भने ।
प्यालेस्टिनीहरूलाई अब नयाँ ठाउँमा ‘बसालिने’ र त्यहाँ उनीहरूले ‘दैनिक मर्नुपर्ने चिन्ता’ लिनु नपर्ने ट्रम्पले बताए । यसको अर्थ त्यस ठाउँमा इजरायलले अमेरिकी बम प्रयोग गरी प्यालेस्टिनी जनताको हत्या नगर्ने उनले विश्वास दिलाए ।
अब गाजा ‘विश्वभरिका मानिस’ बस्ने ‘मध्यपूर्वको रमाइलो गर्ने तट’ बन्ने ट्रम्पले बताए । यसको अर्थ अब त्यहाँ प्यालेस्टिनीहरूको साटो ट्रम्पजस्तै धनाढ्य र गोराहरूले विलासी बस्ती बसाल्नेछन् ।
ट्रम्पले अड्डी लिएजस्तो गाजालाई अमेरिकाले ‘हातमा लियो’ भने गाजाको भूमिमुनि रहेको पानीको भण्डार पनि उसैको हुनेछ । साथसाथै, त्यहाँ रहेको ग्यासका खानीहरू पनि अमेरिकी कब्जामा जानेछन् । प्यालेस्टिनीहरूलाई कहिल्यै पनि तिनका ग्यास खानीलाई विकास गर्न दिइएन ।
बोली चिप्लेर हुनुपर्छ ट्रम्पले परोक्ष रूपमा इजरायली हत्याहिंसाका कारण मारिएका मानिसहरूको सङ्ख्या पनि बताए । उनले ‘तिनीहरू सबैजना अर्थात् १७ लाख वा १८ लाख मानिस’ लाई गाजाबाट बलपूर्वक धपाइएको बताए ।
सन् २०२३ अक्टोबर ७ अगाडि गाजाको जनसङ्ख्या २२ देखि २३ लाखको हाराहारीमा थियो । बाँकी ५ लाख प्यालेस्टिनीहरू कहाँ गए ? भग्नावशेषमुनि ? अज्ञात चिहानहरूमा ? के तिनलाई भुस्याहा कुकुरले खाए ? अथवा, तिनलाई २००० पाउन्डका अमेरिकी बमले उडाए ?
विध्वंशको सिलसिला
ट्रम्पले प्यालेस्टिनीहरूको जातीय सफाया योजनालाई यसरी पेश गरे मानौँ भित्री मनदेखि नै उनी प्यालेस्टिनी जनताको भलाइ चाहन्छन् । मानौँ उनले तिनीहरूलाई तिनको जातिसंहारक छिमेकीबाट नभई भूकम्पीय जोखिमयुक्त इलाकाबाट जोगाउँदै छन् । जब कि त्यो छिमेकी (इजरायल) लाई ट्रम्प वासिङ्टनको घनिष्टतम् मित्र भन्छन् ।
ट्रम्पको टिप्पणीलाई लिएर पश्चिमा देश तथा अरबका धेरै सरकारले आश्चर्य र त्रास जनाए । गाजाका जनताको जातीय सफायालाई हाकाहाकी सदर गर्ने ट्रम्पको घोषणामा ती सरकारले आपत्ति जनाउँदै छन् ।
तर, गाजाका आवास, अस्पताल, विद्यालय, विश्वविद्यालय, पुस्तकालय, सरकारी भवन, मस्जिद, चर्च र बेकरी पसलहरूलाई इजरायलले लगातार धुलोपिठो पारिरहँदा यिनै नेताहरू १५ महिनासम्म मौन बसेका थिए ।
यसबिच यी नेताहरूले इजरायललाई ‘आत्मरक्षा गर्ने’ अधिकार रहेको बताइरहे । जबकि सोही समयमा संयुक्त राष्ट्रसङ्घले गाजाको पुनःनिर्माण गर्न अब ८० वर्ष (चार पुस्ता) लाग्ने चेतावनी दिइरहेको थियो ।
यी नेताले आफैले हतियार र अन्य सहयोग दिएर मच्चाएको विध्वंशको अन्त्यमा के हुन्छ भन्ने सोचेका थिए ? के यिनले गाजाबासीहरू वर्षौँसम्म आवास, अस्पताल, विद्यालय, खानेपानी प्रणाली र विद्युतबिना बाँच्न सक्छन् भन्ठानेका थिए ?
खासमा यी नेताले युद्धको परिणाम स्पष्ट देखेका थिए । तन्नम भएर प्यालेस्टिनीहरू कि त भग्नावशेषहरूमै पुरिएर मर्ने कि भने गाजाबाट भाग्न बाध्य हुने उनीहरूलाई थाहा थियो ।
पश्चिमा नेताहरूले यो सब हुन मात्र दिएनन् । उनीहरूले यो मारकाटलाई ‘जत्तिलाई तत्ति’ र आवश्यक सम्म भने । फरक मत राख्ने, युद्धविरामको पक्ष लिने र विरोध जनाउने सबैलाई उनीहरूले यहुदीविरोधी वा यहुदीलाई घृणा गर्नेहरू भन्दै हुर्मत लिए ।
संरा अमेरिका लगायत संसारभरि विद्यार्थीहरूले आआफ्ना क्याम्पसहरूमा ठूल्ठूला जनप्रदर्शन गरेर विरोध जनाए । विरोध गर्नेहरूबिच धेरै यहुदीहरू पनि उपस्थित थिए । यसको जवाफमा विश्वविद्यालय प्रशासनहरूले तिनलाई कुटपिट गर्न दङ्गा प्रहरी परिचालन गरे । पछि विश्वविद्यालयहरूले विद्यार्थी आन्दोलनका सङ्गठकहरूलाई निष्कासन गरे र तिनलाई डिग्री दिन अस्वीकार गरे ।
तैपनि, पश्चिमा नेता र मिडियाहरूले ट्रम्पको वक्तव्यप्रति आश्चर्य प्रकट गर्नुपर्ने बेला अहिले नै हो भन्ने महसुस गरेका छन् । गजब छ ¤
अझै मारिँदै छन् बालबालिका
ट्रम्पको कटु र बर्बर स्पष्टताबाट गत १६ महिनामा प्रकट भएको झूटको गहिराइ छर्लङ्ग हुन्छ । जनवरी १९ को दिन गरिएको युद्धविराम झूटो थियो भन्ने कुरा कसैबाट लुकेको थिएन । युद्धविराम सम्झौताको मसी नसुक्दै त्यो झूटो हो भन्ने प्रस्ट भइसकेको थियो ।
युद्धविराम केही समयलाई रक्तपात रोक्ने औपचारिक प्रयास थियो । सर्वसाधारण जनतामाथि पु¥याएको क्षतिमाथि सुनपानी छर्किन, कटुता रोक्न र गाजाको पुनःनिर्माण गर्न सो युद्धविराम गरिएको बताइएको थियो ।
तर, प्यालेस्टिनी जनताले यीमध्ये कुनै पनि फल पाउने छैनन् । ट्रम्पको भनाइबाट यो कुरा स्पष्ट भइसकेको छ ।
मुखले युद्ध रोकेको दाबी गरे पनि इजरायलले गाजामाथि गोलीबारी गर्न रोकेको छैन । उसले प्यालेस्टिनीहरूलाई मारिरहेको छ । कतिपयलाई अङ्गभङ्ग पार्दै छ । अहिले पनि उसले बालबालिकालाई मार्न छोडेको छैन । उसको कार्पेट बमबारी मात्र केही समयलाई थामिएको हो ।
मिडियामा यी मृत्यु र चोटपटकबारे केही लेखिएकै छैन । यो हिंसा युद्धविरामको उल्लङ्घन हो । तर, यसरी इजरायललाई कसैले उदङ्ग्याएको छैन ।
इजरायली स्नाइपर वा निसानेबाजहरूले बितेका १५ महिनामा बारम्बार गरेजस्तो प्यालेस्टिनी बालबालिकाको टाउको ताकेर गोली नचलाएका होलान् । तर, अझै पनि बालबालिकाहरू मारिँदै छन् ।
आवास र राम्ररी सञ्चालनमा आएका अस्पतालको अभावमा सीमित खाना र पानीको भरमा गाजाका बालबालिकाहरू मर्दै छन् । जाडो, रोग र भोकमरीका कारण उनीहरू मरिरहेका छन् । यी कारणलाई धेरैले बेवास्ता गर्दै आएका छन् ।
मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टीभ विटकोफले गाजाको पुनःनिर्माण गर्न १०–१५ वर्ष लाग्ने बताइसकेका छन् । तर, गाजाका जनतासँग त्यति धेरै समय छैन ।
यो महिना इजरायलले राष्ट्रसङ्घको सहयोग एजेन्सी ‘उन्रा’ का क्रियाकलापमाथि औपचारिकरूपमै प्रतिबन्ध लगाएको छ । उसले आफूले अवैधरूपमा कब्जा गरेका सम्पूर्ण प्यालेस्टिनी भूभागमाथि यो प्रतिबन्ध लगाएको हो ।
‘उन्रा’ इजरायलले गाजामा मच्चाएको उत्पातबारे जानकारी लिन सक्ने एकमात्र एजेन्सी हो । यो एजेन्सीको अभावमा पुनःनिर्माण प्रक्रिया थप सुस्त हुनेछ र गाजाका थप जनता सहायता पर्खँदा पर्खैँदै मर्नेछन् ।
आँखा चिम्लिँदै पश्चिमा नेता र मिडिया
वास्तवमा नेतन्याहु ‘युद्धविराम’ लाई पहिलो चरणभन्दा अघि बढाउन चाहन्नन् किनभने यही चरणमा बन्धक आदानप्रदान टुङ्गिन्छ । त्यसपछि उनी पुनः मारकाटलाई अघि बढाउने ताकमा छन् ।
अब इजरायल ‘पुनः मान्छे मार्न निस्किन्छ’ भने ट्रम्प सरकारले त्यति धेरै मूल्य चुकाउनुपर्नेछैन जति अघिल्लो बाइडेन सरकारले चुकाउनुपरेको थियो ।
यसपालि पनि इजरायलले सर्वसाधारण चढ्ने गाडीमाथि गोलीबारी गरेर युद्धविराम उल्लङ्घन गर्दै छ । प्यालेस्टिनी सर्वसाधारणहरूलाई इजरायलले कहाँ कहाँ तार बिछ्याएर आवागमन रोकेको छ भन्ने जानकारी छैन । यसकारण, उनीहरू गोलीबारीको सिकार भइराखेका छन् । तर, पश्चिमा शासक र मिडियाहरूले यी अत्याचारमाथि आँखा चिम्लिँदै छन् ।
एक दिन इजरायलले युद्धविराम सम्झौता च्यात्ने नै छ । त्यो दिन इजरायलले सम्झौता उल्लङ्घन गर्ने हमास हो भनी दोष लगाउनेछ र पश्चिमाहरू त्यसै बोलीमा लोली मिलाउने छन् ।
अर्को अर्थमा पनि युद्धविराम झूटो हो । गाजालाई बस्नलायक नछोडी, मृत्यु शिविरमा परिणत गरी इजरायलले आफ्नो जातिसंहारको मूल अभियानलाई अतिक्रमित पश्चिम किनारमा केन्द्रित गर्दै छ । १५ महिनासम्म गाजामा अपनाएकै दाउपेच इजरायलले अहिले बिस्तारै पश्चिम किनारमा अपनाउँदै छ ।
पछिल्लोपल्ट उसले जेनिनको शरणार्थी शिविरको अधिकत र हिस्सामा बमबारी ग¥यो र त्यसलाई धुलोपिठो पा¥यो । यसअघि इजरायलले गाजाको अधिकांश भाग र दक्षिण लेबननमा जे गरेको थियो, त्यही क्रियाकलाप जेनिनमा ग¥यो ।
ध्यान दिनुपर्ने कुरा के भने पश्चिम किनारमा हमासको नभई प्यालेस्टिनी नेता मोहम्मद अब्बासको नेतृत्व छ । अब्बास तिनै नेता हुन् जसको सुरक्षा बलले इजरायलसँग सहकार्य गर्छ र इजरायलले गर्ने प्यालेस्टिनी भूमिको अवैध कब्जामा प्रतिरोध जनाउने लडाकुहरूलाई दबाउन मद्दत गर्छ । इजरायललाई दिने यस्तो सहयोगलाई अब्बास ‘पुनित’ कार्य भन्छन् ।
ध्यान दिनुपर्ने अर्को कुरा के पनि छ भने सन् २०२३ अक्टोबर ७ को हमासको प्रतिरोधसँग पश्चिम किनारको कुनै लिनुदिनु छैन । यो देखेर आश्चर्य मान्नुपर्दैन । वास्तवमा यी सबै गाजामा मारकाट मच्चाउने निहुँ मात्र थिए ।
युद्धविरामको झूटमाथि विगतका ठूला झूटहरूको अर्को चाङ छ । हमासले बालबालिकाको टाउको काट्यो, व्यवस्थित रूपमै बलात्कारहरू ग¥यो भन्न छोडिएको छैन । जबकि यी आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण फेला परेको छैन ।
यी झूटलाई फेरि नवजीवन दिइँदै छ । जस्तो, गत महिना बाइडेनले युद्धविराम भयो भने गाजाका जनतालाई ‘तिनकै टोलमा फर्काइनेछ’ भनेका थिए । तर, ती बस्ती र टोल नामेट भइसकेका छन् । किनभने, ती बस्तीलाई बाइडेनले नै अरबौँ डलरका हतियार दिएर ध्वस्त पार्न लगाएका थिए ।
एउटा प्रश्न उठ्छ । ट्रम्प किन इजरायलमा थप १ अर्ब डलर बराबरका हातहतियार पठाउन खोज्दै छन् ? यी हतियारबेगर के उसले थप विनाश र मारकाट मच्चाउन नसक्ने हो ?
स्टार्मरको लाज बचाए
युद्धविराम किन पनि झूटो हो भने विगत १६ महिनादेखि गाजाबारे लगातार झूट बोलिएको छ । युद्धविराम झूटको सिलसिलामा पछिल्लो कडी मात्र हो । अघिल्ला झूटलाई साथ दिन यो झूट ल्याइएको छ । यसरी झूटैझूटको ठूलो भाष्य तयार गरिएको छ ।
यो भाष्यमा प्यालेस्टिनीहरूसँगको दसकौँ लामो ‘द्वन्द्व’ र यस भेगमा इजरायलले गरिरहेको ‘अस्तित्वको लडाइँ’ पर्छन् । यो भाष्यले वास्तविक पीडितलाई ओझेल पार्छ । रैथाने जनतालाई तिनको मूल थातथलोबाट धपाउने पश्चिमाहरूको अन्तिम बसोबासी उपनिवेशवादको अभियानलाई पनि लुकाइन्छ । यहाँनिर रैथाने प्यालेस्टिनीहरूलाई तेलमा धनी मध्यपूर्वबाट लघार्नु नै मुख्य उद्देश्य हो ।
त्यो ठूलो भाष्यअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासले ‘युद्ध थालेको’ थियो । खासमा हमासले प्यालेस्टिनी जनतालाई गाजाको यातनागृहबाट बाहिर निकाल्ने प्रयास गरेको थियो । १६ वर्षदेखि गाजाबासीहरू त्यो यातनागृहमा पिरोलिँदै आएका थिए । इजरायली अत्याचारका कारण उनीहरू बाँच्नलाई चाहिने अति आवश्यक सामग्रीबाट समेत वञ्चित थिए ।
त्यो ठूलो भाष्यअनुसार पचहत्तर वर्षदेखि प्यालेस्टिनीहरूको पुख्र्यौली थलोलाई अवैध रूपमा कब्जा गर्ने, बस्ती बसाल्ने र थप बस्ती विस्तार गर्ने इजरायल आतङ्ककारी नभएर हमास आतङ्ककारी समूह हो ।
त्यो ठूलो भाष्य अनुसार इजरायलले हजारौँ हजार नारीपुरुष र बालबालिकालाई मार्नु, तिनलाई अङ्गभङ्ग पार्नु ‘हमासलाई नामेट पार्न’ आवश्यक थियो । त्यसैले यसलाई इजरायलको जातिसंहारकारी बद्नियतको प्रमाण मान्न सकिन्न भन्ने सो भाष्यको कथन छ । जबकि विश्वका प्रत्येक प्रमुख मानवअधिकारवादी संस्थाले यसलाई जातिसंहारक हिंसा भनेका छन् ।
अमेरिकाका पूर्व विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले आफ्नो कार्यकालको अन्त्यतिर इजरायलको बढ्दो हत्या अभियान पूर्णतः आफ्नै खुट्टामा बन्चरो हान्ने खालको भएको स्वीकारेका थिए । उनले भनेका थिए, “हाम्रो बुझाइअनुसार हमासले जति लडाकु गुमाएको छ, त्यही सङ्ख्यामा नयाँ लडाकुहरू भर्ती गरेको छ । यसको अर्थ यो युद्ध पछिसम्म चालु रहनेछ ।”
इजरायली हमलामा आएको पछिल्लो शिथिलतालाई प्रयोग गर्दै गाजाका अधिकारीहरूले पछिल्लोपल्ट मृतक सङ्ख्या गन्दै छन् । उनीहरूले गन्ती गरेअनुसार युद्धमा गुमनाम भएकाहरूको सङ्ख्या ६२ हजार पुगेको छ । यी मानिसहरू विशाल भग्नावशेषमा पुरिएको अनुमान छ । अझै धेरै मानिसको सनाखत हुन सकेको छैन ।
एक वर्षअघि अन्तर्राष्ट्रिय न्यायालयले जारी गरेको आदेशलाई पश्चिमा नेता र मिडियाले ढाकछोप गर्न सकेको सबै गरे । न्यायालयले इजरायलले जातिसंहार गरेको साबित गर्ने ‘पर्याप्त’ प्रमाणबारे उल्लेख गरेको थियो । तर, पश्चिमा नेता र मिडियाको ढाकछोप ठूलो भाष्यको अर्को पक्ष बनिरहेकै छ ।
यति मात्र होइन पश्चिमा देशहरूले हतारिँदै नरसंहार मच्चाउन इजरायललाई गोलाबारुद्ध पठाइरहे । यसले गर्दा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा इजरायलमाथि जातिसंहारको मुद्दा दायर गरियो ।
यो ठूलो भाष्यमा बेलायतका वर्तमान प्रधानमन्त्री कियर स्टार्मरले अर्को विचार थपे । उनले गाजाका जनताविरुद्ध इजरायलले भोकमरीलाई हतियार बनाउनु जायज र ‘आत्मरक्षा’ हो भने ।
यसबिच पत्रकार तथा अन्य राजनेताहरूले स्टार्मरको भनाइबारे मौन बसे र उनको इज्जत जोगाइदिए । जबकि यति नै बेला अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलको सोही भोकमरी नीतिका कारण मानवताविरुद्ध अपराध गरेको कसुरमा नेतन्याहु र उनका रक्षामन्त्री योआभ गालान्टलाई युद्धअपराधी ठहर ग¥यो ।
श्रीहीन मिडिया
झूटो र ठूलो भाष्यअनुसार हमासले इजरायलले अपहरण गरेर बन्दी बनाएका हजारौँ प्यालेस्टिनीहरूलाई छुटाउन इजरायलीहरूलाई लेनदेनको वस्तु बनाउन बन्धक बनाएको हो । खासमा प्यालेस्टिनीहरू बन्दीहरूबिच सयौँ डाक्टर, सामाजिक कार्यकर्ता तथा बालबालिका छन् र यिनलाई आतङ्ककारीको आशङ्कामा वैध रूपमा ‘पक्राउ’ गरी ‘बन्दी’ बनाइएको थियो ।
अर्को झूट – इजरायल सरकारले बन्धकहरूलाई फिर्ता ल्याउन गाजालाई ध्वस्त पारेको हो । जब कि युद्धविराम हुनुभन्दा केही समय अघिबाट इजरायलले गाजामाथिको बमबारी चर्काएको थियो । यो बमबारीमा बन्धकहरू मारिन सक्ने सम्भावनासँग इजरायललाई कुनै सरोकार थिएन ।
ठूलो भाष्यको अर्को झूट – इजरायलले गाजालाई धुलोपिठो पार्नु, राहत सामग्रीलाई नाकामा रोक्नु र २३ लाख गाजाबासीलाई भोकभोकै मार्नु जायज र ‘हिसाब बराबरी’ हो । यसरी गाजा बसोबास गर्न लायक रहनेछैन र प्यालेस्टिनीहरू देश छोडेर छिमेकी इजिप्टको साइनाइ क्षेत्र वा अन्य अरब देशमा भाग्न बाध्य हुनेछन् । यसरी हेर्दा ‘युद्धविराम’ सरासर झूटो साबित हुन्छ ।
ठूलो भाष्यअनुसार बाइडेनले युद्धविराम गराउन ‘अथक प्रयास’ गरेका थिए रे । वास्तवमा सन् २०२३ अक्टोबर ७ पछि नेतन्याहुलाई एक फोनकल गरेकै भरमा उनले युद्धविराम गराउन सक्थे । ‘खूब मिहिनेत गरिएको’ भनिएको युद्धविराम वास्तवमा गत वर्ष मे महिनामै तयार पारिएको सम्झौताको ढाँचामा छ । खासमा इजरायललाई जातिसंहार चालु राख्न थप समय दिन युद्धविराममा ढिलाइ गरिएको थियो ।
ठूलो भाष्यले बाइडेन र ट्रम्पले युद्धविरामको लागि कूटनीतिक विद्रोह नै गरे भन्छ । जब कि एक वर्षदेखि पश्चिमा देशहरूमा लाखौँ आन्दोलनकारीहरूलाई दबाइयो, प्रहरी लगाएर कुटपिट गरियो र हिरासतमा लिइयो । उनीहरूलाई यहुदीप्रति घृणा गर्ने भनी लाञ्छना लगाइयो । जबकि उनीहरूको माग पनि युद्धविराम गरियोस् भन्ने नै थियो ।
ठूलो भाष्यले वासिङ्टनलाई दसकौँ पुरानो ‘इमानदार मध्यस्थकर्ता’ भन्छ । खासमा संरा अमेरिका इजरायलको सबैभन्दा ठूलो हतियार प्रदायक, सबैभन्दा कट्टर हिमायती र सबैभन्दा डरलाग्दो कर्मी हो ।
ठूलो भाष्यले गत वर्षको अन्त्यतिर ब्लिङ्केनको बिदाइ सभामा देखिएका दुई इमानदार पत्रकारमाथि गरिएको दुव्यर्वहारलाई बढावा दिन्छ । ती दुवै पत्रकारले अमेरिकी साम्राज्यका सम्राट बाइडेन कति नाङ्गा छन् भनी हामीलाई याद दिलाएका थिए ।
विगत १५ महिनादेखि मिडिया श्रीहीन देखिए । तिनले गाजाको जातिसंहारलाई लिएर पाठकमा असन्तुष्टि वा लगाव पैदा गर्न सकेनन् । त्यसैले तिनले युक्रेन युद्धलाई मात्र जोड दिए । किन ?
अन्य पत्रकारले पनि मुन्टो लगाइरहे र भेँडाकै शैलीमा टुलुटुलु हेरिरहे । वास्तविकताबारे बोले आफ्नो करियर धरापमा पर्ने डरले तिनीहरू बोलेनन् । जातिसंहारकैबिच पनि साम्राज्यको दरबारमा अदबमा बस्न जरुरी छ !
ठूलो भाष्यका झूटहरूलाई जस्तोसुकै मूल्य चुकाएर भए पनि जोगाइराखिएको छ ।
तेलको व्यापारी
पश्चिमा शासक र मिडियाले जे दाबी गरे पनि युद्धविरामले केही पनि पूर्णविराम लगाएको छैन । यसले केवल प्यालेस्टिनी जनतालाई तिनको घाउ र पीडाबाट केही बेरलाई राहत दिएको छ ।
हामीले ठूलो भाष्यका झूटा कुरालाई मुन्टो उठाउन दिनुहुन्न । बेलायतका प्रधानमन्त्री तथा तेल व्यापारी कियर स्टार्मर अहिले यही काम गर्न खोज्दै छन् ।
पछिल्लो युद्धविरामका सम्भावनाबारे स्टार्मरले आशापूर्ण कुरा गरे । सम्झौताले गाजाका जनतालाई ‘गतिलो भविष्य’ दिने र ‘एक सार्वभौम तथा सम्भाव्य प्यालेस्टिनी राज्य’ को रचनामा टेवा दिने उनले बताए । हो त ?
स्टार्मरको दाबी इजरायल वास्तवमै स्थायी युद्धविराम चाहन्छ भन्ने काल्पनिक सोचमा आधारित छ ।
यथार्थ खोतल्ने हो भने २०२३ अक्टोबर ६ को दिनमा फर्किनुपर्छ । त्यो दिन इजरायलसँग गाजाका २३ लाख जनता बन्धक थिए । त्यो दिन गाजाबासी अत्यावश्यक उपभोग्य सामानबाट वञ्चित थिए । उनीहरूलाई आवश्यक पोषणबाट समेत वञ्चित राखिएको थियो ।
इजरायलले गाजाबासीहरूलाई अत्यावश्यक औषधि उपचारबाट वञ्चित गरेको थियो । मालसामान निर्यातमा रोक लगाएर अर्थतन्त्रको घाँटी थिचेको थियो । गाजाबासीहरूलाई दिनको केही घन्टा मात्र बिजुली दिइएको थियो । सातै दिन चौबिसै घन्टा इजरायली सेनाले ड्रोन उडाएर गाजाबासीको निगरानी गथ्र्यो ।
गाजाबासीका सुदिन फर्के नै भने पनि यो भन्दा राम्रो दिन आउने छैन । यसबाहेक इजरायलले थपेको विध्वंश पनि साथमा हुनेछ । त्यो भनेको आवास, विद्यालय, विश्वविद्यालय, अस्पताल, बेकरी, मस्जिद, चर्च केही हुने छैन । सर्वत्र भग्नावशेषको रास लागेको हुनेछ । खानेपानी तथा ढलको सञ्जाल भताभुङ्ग रहनेछ । बहुसङ्ख्यक गाजाबासीलाई गम्भीर चोटपटक तथा रोगको उपचारका लागि स्वास्थ्य सुविधा चाहिनेछ । झन्डै ४० हजार टुहुराटुहुरी असहाय हुनेछन् ।
के स्टार्मरले भनेको ‘गतिलो भविष्य’ यही हो ?
नर्कमा पिल्सिएपछि गाजाले यति भए पनि देख्न पाउला भन्ने सम्भावना कति छ ? किनभने इजरायलले समय खेर नफाली आफ्ना नरसंहारक नीतिहरूलाई अब पश्चिम किनारमा लागु गर्दै छ । युद्धविराम झूटो हो किनभने हामीलाई बताइएको सबथोक झूट थियो । इजरायल सामान्य पश्चिमा उदारवादी लोकतन्त्र भएको देश हो† इजरायल छिमेकीहरूसँग शान्ति चाहन्छ; इजरायली सेना विश्वकै सबैभन्दा नैतिकवान् सेना हो – यी सब झूट थिए ।
इजरायल खासमा बसोबासी उपनिवेशवादी राज्य हो । यस्तो राज्यले रैथाने जनतालाई तिनको पुख्र्यौली थलोबाट नामेट पार्न खोज्छ । इजरायल विश्वकै साधनसम्पन्न सेना भएको देश हो । इतिहासकै सबैभन्दा सक्रिय र व्यवस्थित बसोबासी उपनिवेशवादी देश हो इजरायल । इजरायल आफ्ना जनतालाई भ्रमैभ्रमको आहालमा चुर्लुम्म डुबाइराखेको देश हो ।
इजरायलबारे जति पनि प्रचारबाजी गरिएको थियो ती सबै झूट थिए । यही हो एकमात्र सत्य । झूटलाई बन्द नगरेसम्म केही पनि सुधारिनेछैन, कसैको घाउ पुरिनेछैन ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply