नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
माले, २५ माघ (रासस÷सिन्ह्वा) ः मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले आफ्नो देशको मामिला आफै मिलाउनु पर्ने बताउनु भएको छ ।
राष्ट्रपति कार्यालयद्धारा बिहीबार जारी वक्तव्यमा आफ्नो देशको मामिला आफै मिलाउने क्षमता र इमान्दारिता पुिष्ट गर्नुपर्ने उल्लेख छ ।
उहाँले यो बिषय मालदिभ्सका नागरिकसँग सम्वन्धित भएको र देशको मान सम्मान, सरकार र देशको भूमि विक्रीका लागि नभएको पनि बताउनुभयो ।
यसैबीच मालदिभ्सको सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ ।
सर्वोच्च अदालतको गत हप्ताको आदेशपछि माल्दीभ्स राजनीतिक संकटमा फसेको छ भने गत सोमबार राती राष्ट्रपतिले १५ दिने संकटकाल घोषणा गर्नुभएको छ ।
संकटकालको घोषणा गरेलगत्तै पूर्व राष्ट्रपति महमुन अब्दुल गयुम र प्रधान न्यायाधीश अब्दुल्लाह सइदलाई गिरफ्तार गरिएको थियो । उहाँहरुलाई सरकार हटाउने षड्यन्त्र गर्न खोजेको आरोप लगाइएको छ ।
मालदिभ्सको सर्वाेच्च अदालतले गएको बिहीबारको फैसलामा जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहागर्न आदेश दिएको थियो ।
उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिद र पूर्वउपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो ।
सोही आदेशबमोजिम नै पूर्वराष्ट्रपति गैयुमलाई मध्यरातमा उहाँको निवासबाट पक्राउ गरिएको हो ।
उहाँले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गर्नुभएको थियो । सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो ।
पक्राउ पर्नुभएका पूर्व राष्ट्रपति गैयुम वर्तमान् राष्ट्रपति यमिनका सौतेला दाजु हुनुहुन्छ । उहाँ मालदिभ्समा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति हुनुहुन्छ ।
Leave a Reply