भर्खरै :

चोर्चामा महिला भेला

चोर्चामा महिला भेला

भक्तपुर, ११ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ चोर्चा समितिको आयोजनामा शनिबार नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भव्य रूपमा सफल पार्न महिला भेला भयो ।
सो भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्राध्यापक समाजका अध्यक्ष सरोज गोसाईले समाजलाई शिक्षित बनाउन महिलाको अहम् भूमिका हुन्छ भन्नुभयो । एक कुशल राजनैतिक नेता तयार हुन महिलाको महत्वपूर्ण भूमिका हुने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिका सचिव मन्जुमैया लाखाजूले १६ गतेदेखि १९ गतेसम्म हुन गइरहेको महाधिवेशनमा सबैको सहभागिता आवश्यक छ भन्नुभयो ।
स्थानीय विष्णुराम दुमरूले मोहीयानी हक लागु नगरेको भए आज भक्तपुरका अधिकांश जनता भोकमरीले मर्नुपर्ने बाध्यता हुन्छ भन्नुभयो । रीता दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा जसतारा कोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *