चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
सभ्यताको संस्कृतिले देशै चिनाउने काम गर्छ । नेपालका शासकहरू भ्रष्टमतिका छन् । गिरिबन्धु काण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्ड यसका उदाहरण हुन् । काङ्ग्रेस, एमाले, माओवादीहरू नेपाल बनाउनेभन्दा भागबन्डाको राजनीति गर्छन् । सरकार हुने खानेको हातमा छ । हुने खानेले नै हालिमुहाली गरेको हुन्छ । उनीहरूले जनताको समस्या बुझ्दैनन् । उनीहरू आफ्नो नाताकुटुम्ब मात्र देख्छन् । हरेक मन्त्रालय, कार्यालय, विद्यालयमा पनि आफ्नै आसेपासे हुन्छन् । २१ औँ शताब्दीमा पनि इमानदारीको आँखाले हेर्दैन । उनीहरू जनताका छोराछोरीलाई सम्झँदैनन् । जति अध्ययन गरिए पनि देशमा काम पाउँदैन । विदेशीको इसारामा देश चलिरहेको छ । जोसुकैलाई जग्गा बाँड्ने भूमि अध्यादेश ल्याउन लागेको छ । यो नेपालीहरूलाई मान्य छैन । जनता अब पहिले जस्तो मासु र भातमा बिक्नु हुँदैन । अहिले जनताको आँखा दूरविनजस्तै हुन्छ । पढ्ने छोरा छोरीहरूलाई सरकारले वास्ता गर्दैन । अतः सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्छ ।
नपढ्ने छोरा छोरीहरूलाई माया गर्नुको सट्टा गाली गरिन्छ । नपढ्ने छोरा छोरीहरू सरकारी स्कूलमा पढ्छन् । सरकारको यसमा ध्यान जाओस् । शिक्षा नभएको छोरा छोरीको हालत कस्तो होला ? सरकारले शिक्षा नभएका छोराछोरीहरूलाई घर बनाउन जग्गा जमिन दिनुपर्छ । तब पढ्न नपाउने छोराछोरीहरूको आँसु झर्दैन । किताब च्यातेपछि गाताको के काम, कसैले सम्झाउँदा नाइँ भन्ने नाता के काम, पानी परेर लुत्रुक्क भिजे पनि मुसुमुसु हास्ने साथीको के काम ! संविधानमा समाजवादउन्मुख लेखेर व्यवहारमा लागु गर्नुपर्दैन ? एमसीसी र नागरिक विधेयक पास गरिसकेपछि शासकवर्गको के काम ! हाम्रो घरमा आमाबुबा नभएपछि संसार नै छैन जस्तो हुन्छ । सरकारले जनतालाई माया नहेरेपछि आक्रोशित हुनु स्वाभाविक हो । पसिनाको पोखरीमा बाँच्ने शोषकहरू सचेतनामा बाँच्न चाहँदैनन् । आफ्नो हँसिया आफूतिर तान्ने कहिल्यै गर्दैन । यस धर्तीमा सम्पूर्ण प्राणीहरूको कल्याण होस् भनी आरती गर्छन्; संविधान रक्षा होस् भनेर प्रार्थना गर्छन् । मरेको मान्छेको मातापिता, बाजे बराजुको नाममा श्राद्ध गर्छन् तर सरकार जनतालाई वास्ता गर्दैन ।
Leave a Reply