भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
काठमाडौँँ, सन् २०२२ मा ५८ ओटा गरिब देशका लागि जलवायुसम्बन्धी परियोजना सञ्चालन गर्न विभिन्न देशका दाताहरूबाट २८ अर्ब डलर भित्रिएको सार्वजनिक भयो । तर, त्यो ऋणको सावाँ–ब्याज भुक्तानी गर्न ५८ अर्ब डलर बाहिरिएको पनि सार्वजनिक भयो ।
विश्वको एक प्रतिशत सङ्ख्यामा रहेका धनाढ्यहरूले १० दिनमा फालेको प्रदूषण विश्वका आधा विपन्न जनसङ्ख्याले फाल्ने प्रदूषणभन्दा बढी भएको सार्वजनिक भयो ।
सरकारहरूले देशको सन्तुलित विकास नगर्दा काठमाडौँ उपत्यकामा प्रदूषण बढ्यो । प्रदूषणको कारण काठमाडौँ उपत्यकाका कतिपय मानिस विदेश जान बाध्य भए । प्रदूषणकै कारण कुनै दिन यहाँका बासिन्दा एक चिहान हुने खतरा बढ्दो छ ।
प्रदूषण फाल्ने धनाढ्यहरूलाई यसको मूल्य तिराउनुपर्ने तथा राजनीति र अर्थतन्त्रलाई ती धनाढ्यको चङ्गुलबाट बाहिर निकाल्नुपर्ने आवाज संसारभरि उठिरहेको छ । यो गम्भीर विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले फागुन १२ गते प्रतिनिधिसभाको शून्य समयमा राख्नुभएको मन्तव्यको सार–संं)
Leave a Reply