व्यापार घाटा बढ्दै जानु परनिर्भरताको सङ्केत हो
- बैशाख १०, २०८२
भुस्याहा कुकुरले टोकेर जीवन गुमाउनुपर्ने र रेबिज सुई लिनुपर्ने नेपाली नागरिकको वेदना देखेर प्रश्न उब्जिनु स्वाभाविक हो । पैसा खाएर कमजोर पुल बनाउने ठेकेदार र इन्जिनियर जिम्मेवार हुन्छन् । घरको ढलान कमसल बनाउने, म्याद नाघेको सिमेन्ट बेच्ने पसलेहरू पनि जिम्मेवार हुन्छन् । तर, केही सङ्घसंस्थाका मान्छेहरू भुस्याहा कुकुर मार्न नपाउने बताउँछन् । भुस्याहा कुकुरले टोकेर दैनिक २–४ जना मरिरहेका छन् । यसको जिम्मेवार को हो ?
भुस्याहा कुकुर मार्न नपाउने, एनजीओको एजेन्टसँग झुक्ने, नेपाली जनताको जीवन गुमाउनुपर्ने र विदेशी पैसामै आफ्नो जीवन गुमाउनुपर्छ भन्ने सरकार र स्थानीय पालिकालाई के भन्ने ? बस, मिनिबस, मोटरसाइकलले किचेर मरे क्षतिपूर्ति गराउने सरकारले भुस्याहा कुकुरले टोकेर मरेको नेपालीलाई कसले क्षतिपूर्ति दिने ? अतः भुस्याहा कुकुर मार्न पाइँदैन भन्ने विदेशी एजेन्टको डेलिगेसन किन ? जनताको जीवन सुनिश्चित गर्नुपर्दैन ?
तपाईँ एकक्षण साँझ कुनै गाउँ सहरको टोलमा हिँड्नु होस्, दसौँ भुस्याहा कुकुरले घेरा हाल्छ । प्रत्यक्षरूपमा मोटरसाइकललाई लखेट्ने भुस्याहा कुकुर त कति छन् कति ? यो हामी सबैको अनुभव हो ।
घरपालुवा जनावर मार्न नपाउने वातावरण विज्ञको कुरा मान्ने हो भने के खसी, बोका, राँगा तथा घरपालुवा सोखको लागि पाल्ने हो ? यो सबै नौटङ्की एनजीओ तथा आईएनजीओको लेखापरीक्षण नै गर्नु नपर्ने गरी पैसा खानेहरूको हो । नगरपालिका, गाउँपालिका र महानगरपालिकाले नेपाली जनताको जीवन सुरक्षा गर्नुपर्छ । तपाईँको कामले धेरै मानिसको ज्यान जोगिने छ ।
Leave a Reply