भर्खरै :

विश्वको बहुध्रुवीयताबारेका तीन मुख्य प्रश्नको उत्तर

विश्वको बहुध्रुवीयताबारेका तीन मुख्य प्रश्नको उत्तर

हालै गरिएको स्पेनको राजधानी म्युनिख सुरक्षा सम्मेलन (एमएससी) मा, बहुध्रुवीयता छलफलको केन्द्रबिन्दु बन्यो ।
के आजको संसार साँच्चै बहुध्रुवीय प्रणालीतिर अघि बढिरहेको छ ? के बहुध्रुवीयताले अन्तर्राष्ट्रिय प्रणालीमा अधिक विघटन र शासन असफलता निम्त्याउने छ ? बहुध्रुवीयतामा विश्वले कसरी स्वस्थ र स्थिर सङ्क्रमण सुनिश्चित गर्न सक्छ ?
यी तीन आलोचनात्मक प्रश्नहरूको उत्तरले अन्तर्राष्ट्रिय व्यवस्था र विश्व शान्ति र विकासको स्थिरताबारे चिन्ता गर्दछ ।
एक बहुध्रुवीय संसार ऐतिहासिक अनिवार्यता र वास्तविकता दुवै हो । म्युनिख सुरक्षा प्रतिवेदन २०२५ मा उल्लेख गरिएको ‘बहुध्रुवीयकरण’ भन्छ कि आजको संसार ‘बहुध्रुवीयकरण’ द्वारा विशेषताले लैस बनेको छ । यो निष्कर्ष अन्तर्राष्ट्रिय समुदायमा विद्यमान सहमतिसित मेल खान्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा, ‘ध्रुव’ ले वैश्विक प्रणालीमा महत्वपूर्ण राजनीतिक र आर्थिक शक्तिहरूलाई जनाउँछ । यसको मूल, बहुध्रुवीय विश्वव्यापी शक्ति र शासन प्रणाली र प्रणालीका क्षेत्र हो जुन व्यापक परामर्श र साझा लाभको लागि संयुक्त योगदान हो ।
स्न १९९० को दशकमा शीत युद्ध समाप्त भएदेखि, विश्वले छिटो बहुध्रुवीयताको लागि ध्रुतगतिमा सङ्क्रमण गरेको छ । सबै देश र क्षेत्रहरू बढ्दो अन्तर्राष्ट्रिय मामिलामा बढी स्वतन्त्र र स्वायत्त स्थान खोजिरहेका छन् ।
आज, बहुध्रुवीयता परिवर्तन भइरहेको विश्वव्यापी शक्ति गतिशीलताको एक प्रत्यक्ष प्रतिबिम्ब हो । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार २०२३ मा विश्वव्यापी अर्थतन्त्रमा उदीयमान बजार र अर्थव्यवस्थाहरूले कुल गार्हस्थ उत्पादन (जीडीपी) ५८.९ ५८.९ प्रतिशतले योगदान पु¥याएको देखाउँछ । म्युनिख सुरक्षा प्रतिवेदनअनुसार ब्रिक्स देशहरूले विश्वव्यापी व्यापारमा ४० प्रतिशत र कच्चा तेल उत्पादनमा ४० प्रतिशत हिस्सा ओगटेका छन् ।
बहुध्रुवीयता आर्थिक विकासको बारेमा मात्र होइन – यो वैश्विक विकास क्रममा संरचनात्मक परिवर्तनको आधार हो । परम्परागतरूपमा युरोप र संयुक्त राज्य अमेरिकाद्वारा प्रभुत्व जमाएको म्युनिख सुरक्षा सम्मेलनमा यस वर्षका वक्ताहरूले यस वर्ष ग्लोबल साउथको महत्वलाई प्रतिनिधित्व गर्दै विभिन्न देशहरूलाई सहभागी गरायो । ग्लोबल साउथ देशहरूलाई विश्वव्यापी मामिलामा अझ बढी स्वतन्त्रता दिएका छन् । उनीहरूले ब्रिक्स र शाङ्घाई सहयोग सङ्गठनको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धमा सक्रियतापूर्वक प्रवद्र्धन गरेका छन्, बहुध्रुवीय विश्वको स्थापनाको गतिमा महत्वपूर्ण योगदान गरेका छन् ।
उक्त प्रतिवेदनले उल्लेख गरेअनुसार बहुध्रुवीयकरण भौतिक शक्तिको विभाजन मात्र होइन बरु विश्व वैचारिकरूपमा विभाजित भइसकेको घटनाको ज्वलन्त प्रमाण पनि हो । एक पटक प्रभुत्वशाली रहेको ‘इतिहासको अन्त्य’ को भनाइ नराम्ररी असत्य प्रमाणित भइसकेको छ । विकासोन्मुख राष्ट्रहरूले स्वतन्त्र र स्वाधीन रूपमा आफ्नो विकासको बाटो आफै अन्वेषण गर्न बढी आत्म–विश्वस्त देखिएका छन् । त्यतिमात्र होइन विश्वव्यापी दक्षिण सभ्यताबिच बराबर आदानप्रदान, समावेशीकरण र आपसी शिक्षाको वकालत गर्दै छन् ।
बहुध्रुवीयता क्रमिक विकासको निर्देशन हो भने यसको प्रगति रातारात हुनेछैन । आत्मसमर्पण र प्रतिरोध निरन्तर भइरहने छन् । केही देशहरू अझै सम्मेलनमा एकध्रुवीय वा द्विध्रुवीय प्रणालीको रटमा टाँसिरहेका छन् । अझै र सबै, एक दीर्घकालीन ऐतिहासिक दृष्टिबाट, बहुध्रुवीयकरणको लागि स्थिर शक्ति प्राप्त गर्न प्रतिक्षारत रहन बाध्य छन् ।
आजको अन्तर्राष्ट्रिय परिदृश्यमा अस्थिरता, एकध्रुवीयता र संरक्षणवादको वृद्धि भइरहेको छ, जङ्गली कानुनी राजमा फर्कने जोखिम वृद्धि भइरहेको छ । केही तर्क गर्छन् कि बहुध्रुवीयताले अस्वस्थ प्रतिस्पर्धा, अराजकता र द्वन्द्वमात्र निम्त्याउने छ ।
यद्यपि विश्वव्यापी अस्थिरताका लागि बहुध्रुवीयतामाथि दोष दिनु परम्परागत गलत परीक्षणको ध्येय र प्रभाव दुवै हो । बहुध्रुवीयता आजको विश्वव्यापी चुनौतीहरूको स्रोत होइन । यसको विपरीत, यो प्रतिरोधको प्रतिरोध हो – केही देशको एकध्रुवीयताको प्रवृत्ति त्याग्न अनिच्छुक हुनुको परिणाम हो । त्यसले अराजकतालाई बढावा दिएको छ ।
‘सम्बन्ध विच्छेद गर्ने र एक्ल्याउने’ र ‘सानो करेसाबारी, अग्लो घेराबार’ वैश्विक आर्थिक सहयोगमा वाधा पु¥याइरहेको छ । बहुपक्षीय सम्झौताबाट एकतर्फीरूपमा निक्लने कदमले अन्तर्राष्ट्रिय नीतिहरू कमजोर भइरहेका छन् । यी कार्यहरू एकपक्षीय प्रभुत्व र शून्य–योग खेलको सोच हुन् र त्यसले उदीयमान विकसित बहुध्रुवीय विश्व व्यवस्थालाई स्वीकार्न नदिई अलग्ग पार्दै लान्छ ।
बहुध्रुवीयताले अराजकतातर्फ डो¥याउँछ भन्ने दाबीले शक्तिको पुनः वितरण बारेमा चिन्तालाई प्रतिबिम्बित गर्दछ । एक पटक वैश्विक प्रणालीमा प्रभुत्वशाली भइसकेका केही राष्ट्रहरू बहुध्रुवीयकरणको तीव्रगतिलाई रोक्न असम्भव सङ्घर्ष गरिरहेका छन् । तिनीहरू विगतबाट रोमाञ्चित छन््, प्रभुत्वको स्थिरताअन्तर्गत एक आदर्श विश्वव्यापी व्यवस्थाको निम्ति वा तथाकथित ‘उदारवादी प्रणाली’ को प्रभुत्व पुनस्र्थापित गर्न जिद्दी गर्दै छन् । यी तर्कहरूले ग्लोबल साउथले सामना गरेको प्रणालीगत असमानता र ऐतिहासिक आघातलाई कुनै ध्यान दिँदैन ।
बहुध्रुवीय विश्वले न्याय, निष्पक्षताता र जीतजीत सहयोगको अन्तर्राष्ट्रिय समुदायको आकाङ्क्षालाई अझ बढी प्रतिबिम्बित गर्दछ । यो शान्ति र विकासको लागि यथार्थपरक आवश्यकतासँग बढी नजिकबाट क्षेत्रीय विकास र वैश्विक शासन प्रणालीको सुधार गर्न बढी अनुकूल छ ।
वैश्विक प्रशासनमा विकासोन्मुख देशहरूको बढ्दो सहभागिता र स्वरले पश्चिमी सरकारले भनेझैँ पश्चिमको स्खलनलाई इङ्गित गर्दैन बरु, यसले अधिक सन्तुलित र सहकारी अन्तर्राष्ट्रिय प्रणालीलाई बढावा दिन्छ र बहुध्रुवीयतामा बहुपक्षीयतालाई कायम राख्न मद्दत गर्दछ ।
संयुक्त राष्ट्र सङ््घका महासचिव एन्टोनियो गुटेरेसले सुझाव दिएका छन् कि बहुध्रुवीयता बहुपक्षीय समस्या समाधान गर्ने तरिकाका रूपमा उपयोगी हुन सक्छन् ।
अन्तर्राष्ट्रिय प्रणालीमा सङ्क्रमणकालीन अवधिमा गडबडी र द्वन्द्वबाट रोक्ने साँचो समान र व्यवस्थित बहुपक्षीय संसारको लागि काम गर्नु हो । अन्तर्राष्ट्रिय समुदायले संयुक्त रूपमा समान उपचारको अधिकाधिक उपभोग गर्नुपर्दछ, कानुनको अन्तर्राष्ट्रिय शासनको सम्मान गर्नुपर्दछ, सही बहुपक्षीयतालाई अभ्यास गर्नुपर्छ र खुलापन र आपसी फाइदाको खोजी गर्नुपर्दछ । यो एक बहुध्रुवीय विश्व प्रणालीमा निश्चितताको एक कारक हुनुपर्छ र बदलिँदो विश्वमा स्थिर रचनात्मक शक्ति हुन कोसिस गर्नुपर्छ ।
समान र व्यवस्थित बहुपक्षीय विश्वका लागि सबैले समान तवरमा नियमहरू पालना गर्नैपर्छ । संयुक्त राज्य सङ्घका उद्देश्य र सिद्धान्तहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्नको लागि मौलिक मार्गदर्शन प्रदान गर्दछ र बहुध्रुवीय र बहुपक्षीय संसारको एक महत्वपूर्ण आधारशिलाको रूपमा सेवा गर्दछ ।
युरोपियन युनियन र सुरक्षा नीतिका लागि पूर्व उच्च प्रतिनिधि जोसेपल बोरेलले भन्नुभएको छ, “खेलमा सहभागीहरूको बढ्दो सङ्ख्याले खेल सञ्चालन गर्ने नियमहरू अझ सुदृढ पार्दछ ।”
जर्मन राष्ट्रपति फ्रान्क–वाटरले स्टिकरले म्युनिख सुरक्षा सम्मेलनमा विश्वको पुनर्गठनमा नियमको अभाव नमुना बन्नुहुँदैन ।
यी अन्तरदृष्टिहरूले एउटा साझा दृष्टिकोणलाई जोड दिन्छ कि बहुमूल्य सामग्रीहरू शक्ति सङ्घर्षमा नपरोस् । महान शक्तिहरूले उदाहरणीय बन्ने गर्छ, तिनीहरूले विश्वसनीयता र कानुन समर्थन गर्नुपर्दछ र दोहोरो मापदण्ड अस्वीकार गर्नुपर्छ । शक्तिको विभाजन जिम्मेवारीका साथ हुन्छ तब मात्र एक सभ्य विश्व प्रणालीले शक्ति सङ्घर्षहरूलाई प्रतिस्थापन गर्न सक्छ ।
बराबर र व्यवस्थित बहुध्रुवीय विश्व निर्माण गर्न, सहयोगमा विचारहरू समयसँगै परिमार्जन पर्दछ । बहुध्रुवीयताको बारेमा एक प्रमुख चिन्ता भनेको यसले विश्वव्यापी सार्वजनिक उपभोग्य सामानको अपर्याप्त आपूर्ति गर्न सक्छ । यसलाई रोक्नको लागि राष्ट्रहरूले राष्ट्रिय र सामूहिक चासोबिच सन्तुलन कायम गर्नुपर्छ र सहयोगको सही दृष्टिकोणलाई अँगाल्नुपर्छ ।
ब्राजिलियाली राष्ट्रपति लुइस इनासियो लुला दा सिलभाले टिप्पणी गर्नुभएको छ ः गैरवैश्विव्यापकिरणतर्फ फर्कन असम्भव छ । अर्को शब्दमा, सबै देशहरू साझा भविष्य साझा गर्छन्, कोही पनि एक्लोपनामा फस्टाउन सक्दैन । त्यसको निम्ति एक मात्र मार्ग भनेको सहयोग, आपसी लाभ र सकारात्मक योग सम्बन्धको पालना गर्न आवश्यक छ ।
साँचो बहुपक्षीयता अभ्यास गरेर, साझा लाभको लागि विस्तृत परामर्श र विश्वव्यापी रूपमा लाभदायक र समावेशी आर्थिक परिणामलाई अगाडि बढाउँदै सबै पक्षले आ–आफ्ना चुनौतीहरूको सामना गर्ने र ठोस कदमहरूसँग विकासको पछि लाग्न सक्दछन् ।
अन्तर्राष्ट्रिय समुदायले यस ऐतिहासिक क्षणलाई समाहित गर्नुपर्दछ, समान र व्यवस्थित बहुपक्षीय संसारलाई आकार दिन जरुरी छ । त्रासमाथि ज्ञानको, द्वन्द्वमाथि सहयोगको र अराजकतामाथि नियमको विजय र नियनत्रणले बढी चहकिलो र बढी समावेशी भविष्यतिर विश्व अघि बढ्नेछ ।

पिपल्सडेली अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *