कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भक्तपुर, १४ फागुन । नेपाल मजदुर किसान पार्टीको फागुन १६ गतेबाट हुन गइरहेको आठौँ महाधिवेशनको सन्दर्भमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका शिक्षक कर्मचारीहरूको भेला बुधबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले राजनीति इमानदारीपूर्वक देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र भएको बताउनुभयो । धनाढ्यहरूले आ–आफ्नो स्वार्थको लागि मूल्यवृद्धि गरी जनताको ढाड सेकाउने काम गरिरहेकाले त्यसको विरोध गर्नु सचेत बुद्धिजीवीहरूको कर्तव्य हो, उहाँले भन्नुभयो ।
धम्कीको अगाडि झुक्न नहुने बताउँदै उहाँले २००७ सालमा भारतको अगाडि राजा डराएकोले राणा प्रधानमन्त्री बनेको र २०४६ सालमा कृष्णप्रसाद भट्टराईले भारत भ्रमण गरी नदीनाला भारतलाई दिने सम्झौता गरेको बताउनुभयो । माओवादीले नागरिकता विधेयक र एमसीसीमार्फत नेपाललाई भड्खालोमा पारेको बताउँदै उहाँले नेपाल सरकारमा गएका दलहरू देशभक्त दल बन्न सकेनन् भन्नुभयो ।
अमेरिकाले युक्रेन र प्यालेस्टिनको खानी कब्जा गर्न गरिएको धम्की ठीक नभएको बताउँदै उहाँले अमेरिकाले विश्व बैङ्क, विश्व वातावरण सङ्घ, विश्व स्वास्थ्य सङ्घबाट हात निकाल्नु राम्रो लक्षण होइन भन्नुभयो ।
रोम सहरबाट विश्वविद्यालयको सुरुवात भएकोले भक्तपुर नगरपालिकाले पनि विश्वविद्यालय सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिँदै उहाँले जनताका छोराछोरीले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित गराउन खोज्ने सरकार राणा शासनजस्तै हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सदस्य, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले एमसीसीमा सही गर्नेहरू अहिले पछुताइरहेका छन् भन्नुभयो । उहाँले नेपालको स्वास्थ्य मन्त्रीले जनताबाट बीमा शुल्क उठाउने तर जनताको औषधि उपचार खर्चको भुक्तानी नदिनेजस्ता पाखण्डी कुरा गरेको बताउनुभयो । सार्वजनिक निर्माणमा सरकारको पैसा लगानी गरी निजीलाई चलाउन दिने वर्तमान सरकार जनविरोधी सरकार बन्दै छ भन्दै उहाँले सच्चा कम्युनिस्टको सरकारले कहिले पनि जनतालाई अन्याय गर्दैन भन्नुभयो ।
२०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको प्रतिगमनविरोधी आन्दोलनबारे स्पष्ट पार्दै उहाँले नेपाल मजदुर किसान पार्टीले कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा काम गरिरहेको छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल र जिन्सी प्रमुख राज न जतिले महाधिवेशनको महत्वबारे बताउँदै महाधिवेशन सफल पार्न आर्थिक, भौतिक र नैतिकरूपले सहयोगको लागि अनुरोध गर्नुभयो ।
Leave a Reply