सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १४ फागुन । नेपाल मजदुर किसान पार्टीको आसन्न महाधिवेशनबारे प्रचारार्थ नेमकिपा भनपा–७ इनाचो–चोर्चा समितिको आयोजनामा चोर्चामा चोकसभा सम्पन्न भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको कम्युनिस्ट आन्दोलनलाई नेमकिपाले बचाइराखेको चर्चा गर्दै महाधिवेशन एउटा भव्य कार्यक्रम मात्र नभई सैद्धान्तिक र वैचारिक सङ्घर्ष भएको बताउनुभयो ।
उहाँले नेमकिपाले स्थापनाकालदेखि नै कामदार जनताको तत्कालीन र दीर्घकालीन हितका निम्ति सङ्घर्ष गर्दै आएको, समाजवाद र साम्यवादको निम्ति सङ्घर्ष गर्ने पार्टी नेमकिपा मात्र भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्थाको सरकारमा गएर कमिसन र भ्रष्टाचारको आहालमा रमाउने तथाकथित कम्युनिस्टहरू नक्कली कम्युनिस्ट हुन्, केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।
पटक पटक सरकारमा गएर देश र जनताको हितमा काम नगरी भ्रष्टाचार काण्डहरू सिर्जना गरेका शासक पार्टीहरूकै कारण गणतन्त्र विरोधीहरूले टाउको उठाउन थालेको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका नारायणप्रसाद त्वानावासुले नेमकिपा स्थापनाको आधार भक्तपुरका अग्रज किसानहरूको सङ्घर्ष भएको चर्चा गर्दै महाधिवेशन भक्तपुरमा भइरहेको हुनाले उद्घाटन ¥याली र समारोहमा व्यापक सहभागी हुनुपर्ने बताउनुभयो ।
विष्णुराम दुमरूको सभापतित्वमा भएको कार्यक्रममा सचिव चन्द्रप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply