भर्खरै :

असमान सन्धि खारेज हुनु आवश्यक

  • फाल्गुन २५, २०८१
  • सत्यराम कासिछ्वा
  • विचार
असमान सन्धि खारेज हुनु आवश्यक

विश्वको राजनीतिक इतिहासमा ब्रिटेनले स्वतन्त्र राज्य न्युफाउन्ड ल्यान्डलाई सन् १६०० मा कब्जा गरेर उपनिवेश बनाएको थियो । भारतमा व्यापारको उद्देश्यले प्रवेश गरेको अङ्ग्रेजले भारतीय प्रशासन कब्जा गरेर भारतलाई सन् १७०० मा उपनिवेश बनाएको थियो । चिसो बसाइँको क्षेत्रमा रहेका अङ्ग्रेजले भारतको गर्मी भूगोलबाट मुक्ति पाउन नेपाल कब्जा गर्न नेपालको विभिन्न ठाउँमा अङ्ग्रेजले युद्ध र आक्रमण नगरेको होइन ।
भीमसेन थापा, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाजस्ता वीर योद्धाहरूले नालापानी, देउथल तथा सिन्धुली गढीको आदि युद्धमा आफ्नो कौशल देखाएका थिए । त्यही योद्धाहरूकै कारण नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म नेपालको भूमि थियो । गीवार्णयुद्धको शासनकालमा देशको आन्तरिक कलहबाट फाइदा लिन अङ्ग्रेजहरूले इस्ट इन्डिया कम्पनीमार्फत एकतर्फीरूपमा सुगौली सन्धिको मस्यौदा तयार गरेर सन् १८१६ मा नेपाली प्रतिनिधिको रूपमा गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । यसबाट नेपालले युद्धमा जितेको भूमि अङ्ग्रेजलाई सुम्पिँदा नेपालको क्षेत्रफल कम हुन पुग्यो ।
भारतमा अङ्ग्रेज शासन समाप्त भएपछि भारतले नै नेपालमा प्रजातन्त्र ल्याउनको लागि राणाशासन, काङ्ग्रेस र राजासँग फरक–फरक मतसहित दिल्ली सम्झौताको रूपमा असमान सन्धि १९५० मा नेपाली प्रतिनिधिको रूपमा हस्ताक्षर गराएको हो । तर, नेपालका कुनै शासक नेताले भारतसामु नेपाली भूमि फिर्ताको माग उठाउन सकिरहेका छैनन् । सुगौली सन्धिले निर्धारण गरेकै क्षेत्रभन्दा नेपालतर्फ ६० हजार हेक्टर भमिमा भारतले अतिक्रमण गरिरहेको छ ।
पश्चिम नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरादेखि पूर्वी नेपालको ताप्लेजुङसम्मका २१ जिल्लाको ५४ ठाउँमा भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमित हुँदै आएको छ ।
२०७२ सालको महाभूकम्पबाट देशलाई उचित बाटोमा दोहो¥याउन संविधानसभाको लामो समयपछि जारी भएको संविधान भारत सरकारको निर्देशनविपरीत भएको भनेर ६ महिनाभन्दा बढी नाकाबन्दी गरियो ।
विश्व राजनीतिमा नझुकेको स्वाधीन देश नेपालको गुमेको भूमि फिर्ता गर्न, गराउन र असमान सन्धि खारेज गराउन सम्पूर्ण, देशभक्त विद्यार्थी, शिक्षक प्राध्यापक, इतिहासविद्, भूगोलविद्, सीमाविद् एकजुट भई लड्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *