भर्खरै :

सी चिनफिङद्वारा शिक्षाले योग्य व्यक्तिलाई निर्वाह गर्ने समर्थन भूमिकामा जोड

सी चिनफिङद्वारा शिक्षाले योग्य व्यक्तिलाई निर्वाह गर्ने समर्थन भूमिकामा जोड

पेइचिङ, ६ मार्च (सीआरआई) । मार्च ६ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले आज चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनमा सहभागी चाइना डेमोक्रेटिक लीग, चाइना एसोसिएसन फर प्रोमोटिङ डेमोक्रेसी र शैक्षिक क्षेत्रका सदस्यहरूसँग भेटघाट गर्नुभयो । यस बाहेक उहाँले सङ्गठित टोलीको बैठकमा सहभागी हुँदै राय–सुझावको पनि सुनुवाइ गर्नुभएको छ ।
त्यस अवसरमा राष्ट्राध्यक्ष सीले नयाँ युग र नयाँ यात्रामा चिनियाँ शैलीको आधुनिकीकरणका लागि शिक्षा, विज्ञान–प्रविधि र योग्य व्यक्तिको चाहना ज्यादै आवश्यक रहेको बताउनुभयो । साथै, शिक्षाले विज्ञान–प्रविधि र योग्य व्यक्तिलाई गर्ने समर्थन भूमिकालाई मजबुत पार्ने कुरामा उहाँले जोड दिनुभयो ।
सी चिनफिङ जनमुक्ति सेना र सशस्त्र प्रहरी फौज प्रतिनिधि मण्डलको पूर्ण बैठकमा
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ मार्च ७ मा १४ औँ राष्ट्रिय जनकाङ्ग्रेसको तेस्रो अधिवेशनअन्तर्गत जनमुक्ति सेना र सशस्त्र प्रहरी फौज प्रतिनिधि मण्डलको पूर्ण बैठकमा सहभागी हुनुभयो ।
त्यस अवसरमा राष्ट्राध्यक्ष सीले चिनियाँ सेना निर्माणको १४ औँ पञ्च वर्षीय योजनालाई सफलता साथ पूरा गरेको कुरा नै निर्धारित समयअनुसार सेना स्थापनाको सहश्राब्दीको प्रयास लक्ष्यलाई साकार तुल्याउन, चिनियाँ शैलीको आधुनिकीकरणमार्फत सम्पूर्ण रूपमा शक्तिशाली मुलुकको निर्माण र चीन राष्ट्रको पुनःरुत्थान भन्ने महान कार्यलाई अघि बढाउनको लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको औँल्याउनुभएको छ । उहाँले विश्वासलाई सुदृढ पारी चुनौतीको सामना गर्दै उच्च गुणस्तरीय विकासको मागलाई व्यवहारमा उतारेर निर्धारित समयअनुसार विभिन्न लक्ष्य र कार्यभार सिध्याउन आह्वान गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष चाङ यौ स्याले सो पूर्ण बैठकको अध्यक्षता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *