ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिन र सी भारतमा
- भाद्र २६, २०८३
भक्तपुर, २६ फागुन । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ६ चोछेँस्थित सुन्दरी गोपाल मन्दिरको सोमबार शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले जनताको सहभागितामा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार भक्तपुरको विशेषता नै बनेको बताउनुभयो ।
भूकम्पले भत्केका थुप्रै सम्पदाहरू भक्तपुर नपाले विदेशीको सहयोगबिना नै सम्पन्न गरिसकेको बताउँदै उहाँले मौलिकता गुमेपछि सम्पदाको कुनै अर्थ नहुने हुँदा हरेक सम्पदाको विस्तृत अध्ययन र अनुसन्धान गरी मौलिक संरचनामै निर्माण गरेको बताउनुभयो ।
उपभोक्ता समितिमा बसेर काम गर्नेहरू इमानदार भएमा नै हरेक संरचना राम्रो बन्ने गर्दछ भन्दै उहाँले ठेक्कामा दिएको संरचना गुणस्तरीय नहुने हुँदा सम्पदाहरू स्थानीय जनतालाई नै निर्माणको जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको चर्चा गर्दै शिक्षा, स्वास्थ्य उपचार र सरसफाइमा भक्तपुर नमुनाको रूपमा अगाडि बढेसँगै भक्तपुरका जनताको इज्जत पनि बढेको बताउनुभयो ।
परनिर्भर मानिसहरू स्वाभिमानीपूर्वक अघि बढ्न नसक्ने हुँदा भक्तपुर नगरपालिकाले जस्तोसुकै दुःख कष्ट सहेर भए पनि आत्मनिर्भरतालाई जोड दिइआएको उहाँले सोही क्रममा बताउनुभयो ।
सुन्दरी गोपाल मन्दिर पुनः निर्माण शिलान्यास कार्यक्रमका सभापति एवं वडाध्यक्ष हरिराम सुवालले आ.व. २०८१/८२ मा भइरहेको विकास निर्माण कार्य वडावासीहरूकै साथ, सहयोग र सल्लाहमा अघि बढिरहेको चर्चा गर्दै मन्दिर पुनः निर्माण कार्यमा पनि उपभोक्ता समिति सक्रियरूपमा आर्थिक सहयोग जुटाउनुका साथै श्रमदान जुटाई समयमै पुनः निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समिति अध्यक्ष एवम् वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले विश्व सम्पदा सूचिकृत भक्तपुर नगर विश्वको सम्पत्ति, अध्ययन, अनुसन्धानको थलो रहेको चर्चा गर्दै राजनैतिक क्षेत्र राम्रो भएमात्र सबै क्षेत्रमा उन्नति प्रगति हुने बताउँदै बहुदल आएपछि सत्तासीन दलहरूबाट जनतालाई विश्वासघात गरिरहेको छ भन्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले भक्तपुर नगरपाालिकाले कला संस्कृति, शिक्षा, स्थास्थ्य र सफाइ क्षेत्रमा अग्रणी भूमिका निभाइरहेको छ भन्नुभयो ।
उक्त कार्यक्रममा शिक्षक जगनाथ सुजखु, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ र वडा सदस्य सिद्धिराम अवालले आ–आफ्नो धारणा राख्नुभयो ।
Leave a Reply