कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २७ फागुन । साइनिङ स्टुडेन्ट एकेडेमीको आयोजनामा विज्ञान तथा गणित विषयको प्रयोगात्मक प्रदर्शनी एवम् नेवारी र तामाङ जातिको संस्कृति संरक्षण गर्ने हेतुले विविध संस्कृति प्रदर्शनी शुक्रबार विद्यालय भवनको प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले गणित र विज्ञान प्रदर्शनीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भनपाको उद्देश्यमा टेवा पुग्ने बताउनुभयो । उहाँले पूर्वाधार पूरा गरेर सस्तो, सुलभ र वैज्ञानिक शिक्षाको लागि भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय माग गरेको बताउँदै छात्रवृत्ति र शैक्षिक ऋण प्रदान गरिरहेको बताउनुभयो । उहाँले स्थानीय जातजाति र भाषाभाषीको कला संस्कृति देशकै सम्पत्ति भएको बताउनुभयो ।
भक्तपुर नगर शिक्षा शाखाका अधिकृत साधुराम फुँयालले संस्थागत र सामुदायिक विद्यालयबिच भेदभाव नगरी शैक्षिक स्तर उकास्न सँगसँगै लग्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले कला संस्कृतिको पहिचान हराउँदै गएको बेला विज्ञानसँग जोडेर नेवार र तामाङ संस्कृति प्रदर्शनी उत्कृष्ट नमुना भएको बताउनुभयो ।
कार्यक्रममा गपलि टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक सङ्घ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले गणित र विज्ञानमा अगाडि बढेको देश आणविक हतियार उत्पादन र सामरिक हिसाबले पनि अगाडि बढ्ने भएकोले देश विकास र स्वाधीन देश बनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले जातजाति, भाषाभाषी र कला संस्कृति देशकै सम्पत्ति भएकोले यसको संरक्षण र संवद्र्धनको लागि विद्यालयको गतिविधिले पनि टेवा पुग्ने बताउनुभयो । राज्यले शिक्षा क्षेत्रको दायित्व पूरा गर्न नसक्दा संस्थागत विद्यालयहरूको गुणस्तरीय शिक्षा दिँदा अभिभावकहरू संस्थागत विद्यालयतर्फ आकर्षित भएको बताउनुभयो । उहाँले सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक एवम् प्रयोगात्मक विधिद्वारा पठनपाठनलाई सहज हुने र व्यवहारमा परिवर्तन गर्न सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन छुस्याकीले शिक्षाप्रति बालबालिकामा अभिरुचि बढाउन र अभिभावकहरूलाई आकर्षण गर्न शैक्षिक मेला आयोजना गरेको बताउँदै गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान प्राप्त गर्न पनि मद्दत पुग्ने बताउनुभयो ।
Leave a Reply