भर्खरै :

साङ्घातिक हमलाको नेक्राविसङ्घद्वारा निन्दा

साङ्घातिक हमलाको नेक्राविसङ्घद्वारा निन्दा

काठमाडौँ, २७ फागुन । शासक दलका विद्यार्थी सङ्गठनहरूले चितवनको जनआदर्श बहुमुखी क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता गर्न नदिई नेक्राविसङ्घका केन्द्रीय सदस्य अर्जुन चेपाङमाथि साङ्घातिक हमला गरेर नेक्राविसङ्घको मनोनयन पत्रसमेत च्यातिदिए ।
आफूलाई लोकतन्त्रवादी र गणतन्त्रवादी दाबी गर्दै आएका शासक दलका विद्यार्थी सङ्गठनहरू मिलेर नेपालको संविधानले दिएको वाक् स्वतन्त्रता र राजनीतिक अधिकार हनन गरेको यो पहिलो घटना होइन । संसद्वादी दलका अराजकतावादी विद्यार्थी नेता–कार्यकर्ताहरूले नेक्राविसङ्घका केन्द्रीय सदस्य अर्जुन चेपाङलाई साङ्घातिक हमला गर्नु निन्दनीय छ । शासक दलका विद्यार्थीहरूको नेक्राविसङ्घका विद्यार्थीहरूलाई आक्रमण गर्ने अराजक र प्रजातन्त्रविरोधी कार्यको नेक्राविसङ्घ विरोध, निन्दा एवम् भत्र्सना गर्दछ ।
सहमतिको नाममा निर्विरोध घोषणा गरी पद भागबन्डा गर्नु निर्दलीय पञ्चायती व्यवस्थाको पुनरागमनजस्तै हो । पैसाको भरमा केही क्याम्पसमा विद्यार्थीको अधिकार खोस्ने यस्ता क्रियाकलापप्रति नेक्राविसङ्घ भत्र्सना गर्दछ ।

अध्यक्ष
प्रकाश गुरुङ
२०८१/११/२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *