नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
समाजको सचेत र सङ्गठित तहका विद्यार्थीहरू भएकाले देशले विद्यार्थीबाट धेरै आशा गर्नु स्वाभाविक हो । तर, चैत ५ गतेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दृश्य हेर्दा शासक विद्यार्थी सङ्गठनका गतिविधिबाट जनता निराश बनेका छन् ।
न राजनैतिक सिद्धान्त, न त वर्गीय आधार ! कुनै पनि कोणबाट मिल्नै नसकिने विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्धन गरेका थिए । स्ववियुमा जितेर विद्यार्थीको हकहितमा भन्दा भ्रष्टाचार, आर्थिक अनियमितता र कमिसन खानेमा ध्यान केन्द्रित भएको बुझ्न गा¥हो भएन ।
चुनाव भएको क्याम्पस शासक दलका विद्यार्थी सङ्गठनहरूको गठबन्धनले नजिकैको पार्टी प्यालेस कब्जा गरी बिहानैदेखि चिया नास्ता, खाना, खाजा र बेलुकी ढिलोसम्म बियर रक्सीजस्ता मादक पदार्थहरू सबैलाई निःशुल्क खुवायो, पिलायो । केही विद्यार्थीहरू मख्ख देखिन्थे, ‘चुनावमा त सित्तैमा खान पनि पाइने, पिउन पनि पाइने !’ तर, तिनीहरूलाई थाहा नहुन सक्छ, ती शासक विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनबाट विभिन्न शीर्षकमा जबरजस्ती मागेको रकम खर्चेको चर्चा चलेको थियो ।
बेलुकी शासक विद्यार्थी सङ्गठनका उम्मेदवारहरूको गतिविधि हेर्नलायक थियो । उम्मेदवारहरू नजिकैको क्याफे र भट्टी पसलमा हल्ला गरिरहेका थिए । कोही लट्ठ भई चुरोट तानिरहेका थिए त कोही मादक पदार्थ पिएर बसेका थिए ।
हरेक राजनैतिक आन्दोलनको मोर्चामा अग्रभूमिकामा रहने विद्यार्थीहरूबाट समाजले आशा गर्नु अन्यथा होइन । तर, स्ववियु निर्वाचनको क्रममा शासक विद्यार्थीहरूका गलत क्रियाकलापको विरोधमा विद्यार्थीहरूलाई सचेत पार्न जरुरी भइसकेको छ । राजनीतिको अर्थ दलीय भागबन्डा, भ्रष्टाचार, आर्थिक अनियमितता नभई जनताको इमानदारीपूर्वक सेवा गर्नु हो र नयाँ पुस्तालाई देशभक्त, इमानदार र योग्य नागरिक बनाउन विद्यार्थी राजनीति गर्ने भावना सञ्चार गर्न आवश्यक छ ।
Leave a Reply