भर्खरै :

घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको समीक्षा बैठक

घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको समीक्षा बैठक

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको फागुन महिनाको मासिक समीक्षा बैठक मङ्गलबार बस्यो ।
बैठकमा प्रमुख प्रजापतिले जनताको घरघरमा गई सहज र सुलभरूपमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउँदै नर्सहरूलाई आफ्नो क्षमता अभिवृद्धि गर्नेतर्फ जोड दिन प्रेरित गर्नुभयो ।
भक्तपुर नपाले २०८१ चैतमा पाठेघर, नाक, कान, घाँटीको स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा सिटिस्क्यान मेसिन राख्ने प्रक्रिया अगाडि बढिसकेको धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङ सेवाअन्तर्गत बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवाको शुभारम्भ भएको बताउँदै उहाँले घरदैलो नर्सिङ र विद्यालय नर्स सेवालाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।
बैठकमा १० वटै वडाका नर्सहरूले वडावासीहरूको स्वास्थ्य अवस्था तथ्याङ्कगतरूपमा प्रस्तुतीकरण दिएका थिए । सोही क्रममा विद्यालय नर्सका नर्सहरूले पनि आफू कार्यरत विद्यालयमा भएको स्वास्थ्य परीक्षण र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *