राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि जोशीले समाजवादबिना श्रमिक महिला मुक्ति नहुने भएकोले नेमकिपाको लक्ष्य समाजवाद हुँदै साम्यवाद पुग्ने भएकोले समाजवादी आन्दोलन अगाडि बढाएको बताउनुभयो ।
उहाँले देशको घटना छिनछिनमा बदलिरहेको बताउँदै पुँजीवादी व्यवस्थामा व्यक्तिगत स्वार्थ र भ्रष्टाचार हुने बताउनुभयो । उहाँले राजतन्त्र फर्कन नसक्ने बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा गरिब झन्झन् गरिब हुने र धनी झन्झन् धनी हुने भएकोले व्यवस्था परिवर्तन गर्न जनता राजनैतिकरूपले सचेत र सङ्गठित नभएसम्म असम्भव हुने बताउनुभयो । उहाँले समाजवादी व्यवस्थामा जन्मदेखि मृत्युसम्म राज्यको दायित्व हुने बताउँदै संविधानमा समाजवादउन्मुख भए तापनि शासक दलहरूले त्यसअनुसार काम नगरेको बताउनुभयो ।
उहाँले कोपन हेगनमा ११५ वर्ष अगाडि संसारका महिला भेला भई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइसकेको स्मरण गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि मीरा दुगुजुले अमेरिकामा महिला अधिकार अहिले पनि नभएको बताउँदै काममा भर्ना हुन महिला हिंसा हुने बताउनुभयो । उहाँले राजनीतिक सचेतना नभए अधिकार दुरुपयोग हुने बताउँदै नारी पुरुषबिचको लडाइँ नभई राज्यको विभेद र दमनबाट मुक्त हुन अन्तर्राष्ट्रिय महिला क्लारा जेटकिन, जेनिमाक्र्सको जीवनी अध्ययन गर्नुपर्ने बताउनुभयो ।
वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मीप्रसाद चवाल, जितेन्द्र मुनंकर्मी, तारादेवी शाक्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply