परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, १० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लघु उद्योगहरूको विकासले रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको सचेतना तालिमको शुभारम्भ गर्दै प्रमुख प्रजापतिले प्रत्येक युवाको हातमा उत्पादनको सीप भएका युवाहरू बिदेसिने क्रमलाई कम गर्न सकिने बताउनुभयो ।
स्थानीय क्षेत्रमा सजिलै उपलब्ध वस्तुहरू प्रयोग हुने लघु उद्योगहरू सञ्चालन गर्न सकेमा सजिलै उद्यमी बन्न सक्ने बताउँदै उहाँले भन्नुभयो, “सफल उद्यमी बन्न मेहनत र परिश्रम गर्नु जरुरी छ । भक्तपुर नपाले उद्यम गर्न चाहनेहरूका लागि ऋण दिने पनि व्यवस्था गरेको छ ।”
सङ्घ र प्रदेश सरकारहरूले पनि युवाहरूलाई विभिन्न तालिम दिएर उद्यमी बन्न उत्साहित गर्नुपर्ने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले एक दुईपटक काममा असफल हुँदैमा निराश हुनुपर्ने कुनै जरुरत नभएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को विस्तृत जानकारी दिनुभयो ।
भक्तपुर वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले स्वागत गर्नुभएको कार्यक्रममा वडा वडाबाट प्रतिनिधि भएकाहरूलाई तालिममा सहभागी गराइएको छ । तालिम ८ दिनसम्म चल्नेछ । गत वर्ष पनि भक्तपुर नपाले यस्तो तालिम सञ्चालन गरेको थियो ।
Leave a Reply