परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
काठमाडौँ, ११ चैत । प्रतिनिधिसभाअन्तर्गतको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सिंहदरबारमा सोमबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालगञ्जको विमानस्थलबाट पहाड र हिमालका विमानस्थलमा उड्ने निजी हवाई सेवाहरूले उडान स्थगित गरी विदेशी पर्यटक बोक्न अन्यत्र लगेको हुँदा स्थानीय जनतालाई मर्का परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्रममा नगरकोट महोत्सवबारे उल्लेख नभएको मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद सुवालले पर्यटन उद्योगको आधार सांस्कृतिक सम्पदाको थलो काठमाडौँ उपत्यकाका पुराना बस्ती २०७२ सालको भूकम्पमा क्षति भएको अझै पुनः निर्माण भइनसकेको हुँदा अनुदान र सहुलियत ब्याजको ऋणको व्यवस्था चालु राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरियो, तर सञ्चालन भइरहेको छैन । निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक भएको छ । मन्त्रालयको बेरुजु पनि बढ्दो छ । सरकारको कुल बेरुजु १३ खर्ब रुपैयाँ पुगेको सार्वजनिक भयो ।” सांसद सुवालले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
पर्यटन मन्त्रीहरूलाई विनियोजन हुने ३ अर्ब ५० करोड रुपैयाँ तर मन्त्रालयले अघिल्ला वर्षको योजनाको भुक्तानी दिनुपर्ने ४ अर्ब बढी भएको मन्त्रालयको भनाइ उल्लेख गर्दै सांसद सुवालले पशुपति विकास आम्दानी पारदर्शी नभएको बारम्बार उठे पनि संस्कृति मन्त्रालयको ध्यान नगएको बारे प्रश्न उठाउनुभयो ।
परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणको क्रममा भारत नेपालको सरकार परिवर्तन गर्न नचाहेको बताउनुले नेपालको सरकार भारतको निर्देशनमा परिवर्तन हुने अर्थ लागेको हुँदा मन्त्री आरजुलाई समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुपर्ने बताउनुभयो ।
Leave a Reply