परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा सोमबार स्वास्थ्य स्वयम्सेविका, वडा नर्स र अन्य स्वास्थ्य केन्द्रका सरोकारवालाहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरूको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै समाजमा पूर्णरूपमा क्षयरोग निर्मूल नभएसम्म यस रोगको जोखिम रहिरहने बताउनुभयो ।
क्षयरोग नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम निरन्तर गरिरहनुपर्नेमा जोड दिँदै उहाँले शरीर रोगी भएपछि जति नै धन सम्पत्ति भए पनि त्यसको कुनै अर्थ नहुने धारणा राख्नुभयो ।
नेपालमा ६८ हजार क्षयरोगीमध्ये ४० प्रतिशत स्वास्थ्य उपचारको सम्पर्कमा नआएको तथ्याङ्कले नेपाल क्षयरोगबाट असुरक्षित भएको बताउँदै उहाँले भक्तपुरलाई स्वास्थ्य उपचारमा राम्रो नगरको रूपमा विकास गर्ने सोचका साथ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
सरकारले त्यति साथ र सहयोग नदिए पनि भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले जनताको राम्रो सेवा गरिरहेको र सेवा वृद्धिलाई निरन्तरता दिइरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल र ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले कुनै बेला खतरनाक मानिने क्षयरोग अहिले त्यति भयावह नभएको र नियमित स्वास्थ्य उपचारले यो रोगको उपचार सम्भव भएको बताउँदै बदलिँदो जीवनशैली र गलत खानपानका कारण नेपाली समाजमा क्षयरोग ठुलो चुनौतीको रूपमा देखापरेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका नर्स जमुना काफ्लेले क्षयरोगसम्बन्धी भक्तपुरको अवस्थाबारे जानकारी दिनुभएको थियो ।
Leave a Reply