अडिग क्युवा !
- जेष्ठ १३, २०८३
मोहनविक्रम सिंहद्वारा लिखित, जनशिक्षा गृहबाट प्रकाशित, प्रकाशक दुर्गा पौडेल जिसी रहेको प्रथम संस्करण मङ्सिर २०८१ ‘प्रेमको कथा, विश्व दर्शनमा आधारित’ ‘का. जलजला’ उपन्यास प्रकाशित भई बजारमा आएको छ । पुस्तक कम्युनिस्ट कार्यकर्ता ‘जलजला’ प्रति समर्पित छ ।
पुस्तकको आकार धेरै ठुलो छ । अहिलेको व्यस्त दुनियाँमा उपन्यास समयानुकूल छैनभन्दा वेश होला । १३२० पृष्ठको यो पुस्तक न बोक्न सकिने खालको छ न त समय नै दिन सकिने खालको छ । उपसंहार ‘क’ देखि ‘घ’ सम्म अर्को पुस्तक हुनसक्छ । पुस्तकको अन्तर्य र उपसंहारको अभिव्यक्ति मेल खाँदैन । उपन्यास दुई खण्डमा विभाजित छ । ७० परिच्छेदलाई २७२ ओटा भागमा बाँडिएको छ । पुस्तकलाई विश्व दर्शन र उपन्यासभन्दा नियात्रा भनिदिए हुने थियो ।
पूर्वीय दर्शनमा इतिहास र भूगोलको सामान्य अध्ययन गरेको मान्छेको उपन्यासमा नयाँ कुरा केही छैन । हेगेल, लुडविग फायरबाख, चार्वाक, अरस्तु, दाँते आदि व्यक्तिका केही भनाइ उल्लेख छन् ।
आदर्शवाद, भौतिकवाद, माक्र्सको द्वन्द्वात्मक भौतिकवादबिचको भेदलाई पुस्तकमा प्रस्ट्याउन खोजिएको छ । हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो, फायरबाखको द्वन्द्ववाद यान्त्रिक थियो भने माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरेको कुरा उपन्यासमा उल्लेख छ ।
जलजला उपन्यासका पात्रहरू भारतको कुमाउकी सुनन्दा, चितवन तोरीखेतकी जलजला (विद्या) र अजित (भारतीय) सुरुदेखि अन्त्यसम्म छुट्दैनन् । जगदिश संशोधनवादी र अवसरवादी पात्रको रूपमा देखिन्छन् । उनी ख्रुश्चेभका समर्थको रूपमा देखापर्छन् ।
सुनन्दा गान्धीवादी सोचकी डिग्री पढिरहेकी छात्रा हुन् । उनी अपरिचित जलजलालाई खोज्न नेपाल आउने क्रममा भैरहवामा पक्राउ पर्छिन् र त्यही जेलमा थुनिन्छिन् । थुनामा रहँदा पुरुष वार्डका राजनैतिक बन्दीहरू छुटेर जान्छन् । उनीहरूको खाना पकाउन बनाइएको चुलो भत्काउन पर्ने भएकाले नाइकेले महिला बन्दीहरूलाई चुलो भत्काएर लिपपोत गर्न लगाउँछन् । चुलो भत्काउँदा बिचमा राजबन्दीहरूले लुकाएर राखेका स्तालिनले लेख्नुभएको सोभियत सङ्घको इतिहास, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलगायतका माक्र्सवादी दर्शनका किताबहरू भेटिन्छन् ।
ती पुस्तक लुकाएर सुनन्दा अध्ययन गर्छिन् र कम्युनिस्ट विचारप्रति आकर्षित हुन्छिन् । अजित र जलजला पहिले नै कम्युनिस्ट पार्टीका सदस्य र पेशेवर कार्यकर्ता हुन्छन् ।
उनीहरूकै जीवन सङ्घर्षको चित्रण गरिएको छ ‘जलजला’ उपन्यासमा ।
पुस्तकले समाज विकासको क्रमलाई निरन्तरता दिएको छ । समाजवादी क्रान्ति हुँदै साम्यवादी समाज अनिवार्य स्थापना हुन्छ भन्ने उल्लेख गरिएको छ । हाल संसारमा कुनै पनि देशमा समाजवादी सरकार नभएको दाबी छ उपन्यासमा । तर, त्यो दाबी सत्य होइन । चीन, रुस, क्युवा, उत्तर कोरिया, भियतनाममा समाजवादी राज्यसत्ता उल्टिएर पुँजीवाद पुनःस्थापित भएको भन्ने विचार लेखकले उल्लेख गरेका छन् । सोभियत सङ्घका संशोधनवादीहरू अमेरिकी साम्राज्यवादसँग डराएर समाजवादी व्यवस्थालाई भङ्ग गरेका थिए । तर, चीन, क्युवा, प्रजग कोरिया र भियतनाममा समाजवादी व्यवस्थाकै विकासमा सङ्घर्षरत छन् ।
लेखकको दृष्टिकोणमा जर्मनका तथाकथित माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीका विचारबाट प्रभावित छ । तिनीहरू आज संसार दुई पुँजीवादी खेमाबाट परिचालित सम्झन्छन् – एक अमेरिकी पुँजीवादी र साम्राज्यवादी खेमाबाट, अर्काे चिनियाँ पुँजीवादी खेमाबाट । त्यस गलत समझदारीबाट प्रभावित मोहन विक्रमजीको उपन्यास विष मिसाइएको फान्टा र कोकाकोलाजस्तै छ ।
लेखकले दर्शनका पुस्तकबाट सारेर पहिले नै उल्लेख भइसकेका घटना र परिवेशलाई दोहो¥याएर–तेहे¥याएर ठुलो आकार दिन खोजेको हो वा अगाडिकै प्रसङ्ग बिर्सेको हो भन्ने अनुमान गर्न मुस्किल पर्छ । उपन्यासका प्रेमका पात्रहरूसँग घुलमिल गर्नु, प्रेमका पात्रहरूलाई, प्रेम प्रसङ्गसँगै पेशेवर क्रान्तिकारी कार्यकर्ता बनाएर उपन्यास तयार गरेर क्रान्तिलाई खेलबाड गरिएको भान हुन्छ पुस्तकको आदि–अन्त्यसम्म अध्ययन गर्दा ।
पुस्तकको अध्ययनले भारतका विभिन्न सहरहरू र नेपालका चितवन, कपिलवस्तु, प्युठान, अर्घाखाँची, रोल्पा, रुकुम, दाङका बस्ती र स्थानका नामहरूको जानकारी पाइन्छ ।
क्रान्तिको मार्गमा लागिसकेपछि जस्तोसुकै कठिनाइ हुँदा पनि बिचलित हुनुहुँदैन, निरन्तर लागिरहनुपर्छ । पुस्तकलाई गोवाडा फुकेजस्तो नबनाएर संश्लेषित र सानो आकारको बनाएको भए पाठकहरूलाई अध्ययन गर्न सजिलो हुने थियो । साथै मूल्य ३००० हेरेर पाठकको मन हच्किने थिएन ।
अन्त्यमा लेखक तथा प्रकाशन संस्थालाई समय सुहाउँदो पुस्तकहरू प्रकाशन गर्नमा सफलता हासिल हुनेमा अग्रीम साधुवाद !
Leave a Reply