भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
संरा अमेरिकी सेनाले इराकमाथि गरेको हमला
संरा अमेरिकाको गुप्तचर निकाय सीआईएका एक जना पूर्व अधिकारीले संरा अमेरिकाले अरु देशका चुनाव र आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने गरेको स्वीकारेका छन् । सीआईएको जिम्मेवारीबाट सन् २०१५ मा निवृत्त भएका स्टिभन एल. हलले न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्,‘संरा अमेरिकाले विगत लामो समयदेखि नै अरु देशका चुनावको नतिजा प्रभावित बनाउने काम गर्दै आएको छ ।’
हलले सन् १९४७ मा सीआईए स्थापना भएदेखि नै त्यस्ता काम थालेको बताए । उनले तीस वर्ष त्यहाँ काम गरेका थिए । अन्तर्वार्तामा उनले अझ अघि भने,‘मलाई लाग्छ, यो कामले आगामी दिनमा पनि निरन्तरता पाउनेछ ।’
उनले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसी संलग्नता कुनै असामन्य कुरा नभएको बताए ।
‘यदि तपाईले कोही गुप्तचर अधिकारीलाई के रुसीहरुले नियम मिचेका थिए वा रुसीहरुबाट कुनै असामान्य घटना घटेको थियो भनी सोध्नुभयो भने उसको उत्तर नकारात्मक हुनेछ ।’, अमेरिकी चुनावमा रुसी संलग्नताबारे उनले भने ।
‘हामीले पनि त्यस्तो काम सन् १९४७ मा सीआईए स्थापना हुँदैदेखि गर्दै आएका छौं ।’, सीआईएका अर्का अधिकारी लच के. जनसनले न्युयोर्क टाइम्सलाई भने ।
‘हामीसँग पैसाले भरिएका ब्रिफकेसहरु हुन्थे र ती ब्रिफकेस नेताहरुका घर–घरमा पु¥याउने गथ्र्यांै ।’
‘चुनावी नतिजा प्रभावित बनाउन हामीले पोस्टर, पम्पलेट, व्यानरलगायत अरु प्रचारका सामग्री प्रयोग गर्ने गरेका छौं । विदेशी अखबारका पानाहरु गलत सूचना र समाचारले पोतेका छौं । चुनावी नतिजा आफूले भने जस्तो बनाउन पैसाले भरिएका सुटकेसहरु प्रयोग गरेका छौं ।’, जनसनले भने ।
न्युयोर्क टाइम्स अखबारमा प्रकाशित लेखमा लेखिएको छ,‘सीआईएले सन् १९५० को दशकमा इरान र ग्वाटेमालाका निर्वाचित नेताहरुलाई सत्ताच्युत गर्न सहयोग गरेको थियो । सन् १९६० को दशकमा विभिन्न देशहरुमा भएका हिंसात्मक सत्ताविप्लवमा सीआईएले मद्दत गरेको थियो । ल्याटिन अमेरिका, अफ्रिका र एसियाका कम्युनिष्टविरोधी सरकारहरुलाई समर्थन गरेको थियो र धेरै कम्युनिष्ट नेताहरुको हत्या समेत गरेको थियो ।’
चुनावलाई प्रभावित बनाउने भित्री र बाहिरी गतिविधिबारे ऐतिहासिक तथ्याङ्कका विज्ञ डोभ एच. लेभिनले सन् १९४६ देखि २००० सम्ममा सीआईएले संसारभर ८१ वटा त्यस्ता गतिविधि गरेको आफ्नो तथ्याङ्कबारे जानकारी दिए ।
‘सन् २०१६ मा रुसीहरुले जे गरे त्यसलाई म कुनै पनि हालतमा सही ठह¥याउन सक्दिनँ ।’, लेभिनले भने,‘त्यो तरिकाबाट हस्तक्षेप गर्नु भ्लादिमिर पुटिनको शतप्रतिशत गल्ती थियो । त्यो चुनावमा उनीहरुले प्रयोग गरेको तरिका भनेको संरा अमेरिका र रुस दुवैले दशकौंदेखि प्रयोग गर्दै आएको डिजिटल भर्सनको तरिका हो । पार्टी मुख्यालयमा घुसपैठ गर्ने, आफ्ना मान्छेहरुलाई सचिव पदमा नियुक्त गर्ने, पार्टीभित्र सूचना दिने मान्छेहरु परिचालन गर्ने, अखबारहरुमा सूचना तथा गलत सूचनाहरु दिने काम यो तरिकाअन्तर्गत हुने गर्दछ ।’
‘हामीसँग पैसाले भरिएका ब्रिफकेसहरु हुन्थे र ती ब्रिफकेस नेताहरुका घर–घरमा पु¥याउने गथ्र्यांै ।’, सन् १९९६ मा पूर्व सीआईए प्रतिनिधि एफ.मार्क वाटले दिएको अन्तर्वार्तामा स्वीकारेका थिए ।
‘उनीहरुले पनि तिनै पुराना तरिकालाई निरन्तरता दिइरहेका छन् । किनभने त्यसमा कुनै परिवर्तन भएको छैन ।’, सन् १९७९ देखि १९९६ सम्म सीआईएका लागि काम गरेका विलियम जे. डगेट्रीले भने ।
‘प्रविधिमा केही परिवर्तन आएको हुनसक्छ, तर लक्ष्यमा कुनै परिवर्तन आएको छैन ।’
-टेलिसुर
Leave a Reply