ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
निरङ्कुश राजतन्त्र फाल्न बेलायती जनताले पटक पटक आन्दोलन गरेका थिए । बेलायती जनतासँगै क्रामवेलको पक्षमा उभिएको सेनाले प्रतिक्रान्तिकारी सेनालाई परास्त गरेपछि राजा चाल्र्स प्रथमलाई पक्राउ गरेर राजद्रोहको मुद्दा लगाइएको थियो । सन् १६४९ जनवरी ३० को दिन प्रतिकृयावादी राजा चाल्र्सको टाउको काटेर मृत्यु दण्ड दिएपछि बेलायतमा गणतन्त्र घोषणा भएको थियो । गणतान्त्रिक सरकारको नेतृत्व क्रामवेलले गरे । तर, क्रामवेलको शासनको समयमा पनि जनताले शान्ति र स्वतन्त्रताको महसुस गर्न सकेनन् । राजतन्त्र र गणतन्त्रमा जनताले फरक महसुस गर्न नसकेको अवस्थामा प्रतिकृयावादीहरूले गणतन्त्रविरुद्ध चलखेल गरे । जसको परिणाम बेलायतमा सन् १६६० मा राजतन्त्र पुनःस्थापित भयो । चाल्र्स द्वितीय राजा भए ।
फ्रान्समा पनि सन् १७९२ अगस्त १० मा राजा लुई सो¥हौँलाई पक्रेर कैद गरेपछि गणतन्त्र घोषणा भएको थियो । सन् १७९२ सेप्टेम्बर २२ मा ‘राष्ट्रिय कन्भेन्सन’ द्वारा विधिवत्रूपमा फ्रान्समा राजतन्त्र अन्त भएको घोषणा भयो । सन् १७९३ जनवरी २१ को दिन फ्रान्सका राजा लुई सो¥हौँलाई गिलेटिन मेसिनले काटेर ज्यान सजाय दिइयो । तर, सन् १८०४ मा नेपोलियन बोनापार्टलाई फ्रान्सेली जनताले सम्राटको रूपमा स्वीकार गर्नुप¥यो । १८१४ मा नेपोलियनको पनि पतन भयो । १८१४ अप्रिल २१ मा लुई सो¥हौँका भाइ लुई अठारौँ फ्रान्सका राजा बने । त्यस्तै सन् १८२४ मा चाल्र्स दशौँ राजा भए भने १८३० मा लुई फिलिप राजा भए । सन् १८४८ को क्रान्तिले फ्रान्समा फेरि गणतन्त्र घोषणा भयो । त्यही वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनमा नेपोलियन बोनापार्टका भतिजा नेपोलियन तृतीयले ५४ लाख मत प्राप्त गरेर राष्ट्रपति बने । तर, उनले आफूलाई सम्राट घोषणा गरेर १८७० सम्म फ्रान्समा शासन गरे । १८७० पछि फ्रान्समा पुनः गणतन्त्र स्थापना भएपछि उनको शासन समाप्त भयो ।
माओ त्सेतुङ्ग नेतृत्वको चिनिया कम्युनिस्ट पार्टीले सन् १९४९ मा चीनमा जनवादी क्रान्ति ग¥यो । क्रान्तिपछि जनवादी गणतन्त्र चीनको सरकारले तिब्बतमा दास मालिकहरूको सामन्ती शासन अन्त्य गरेर प्रजातान्त्रिक सुधार सुरु ग¥यो । सन् १९५१ मा माओ त्सेतुङ्गले चिनिया जनताको निम्ति एक युगान्तकारी सुधारको कार्यक्रम ल्याए । त्यतिबेला ३२ लाख जनसङ्ख्या भएको तिब्बतमा २० लाख त दासहरू नै थिए । चिनिया कम्युनिस्ट पार्टीले ल्याएको सुधारकै कारण ती सबै दासहरू मुक्त भए भने उनीहरू तिब्बतको वास्तविक मालिक बने । धर्मका नाममा शासन गरिरहेको ‘राजा’ जस्तै दलाई लामा र उनका आसेपासेको अत्याचार अन्त्य भयो । तर, दलाई लामा चुप लागेर बसेनन् । सन् १९५९ मा दलाई लामा र उसका सहयोगीहरूले तिब्बतको क्रान्तिकारी बन्दोबस्त उखेलेर धर्मको आडमा रहेको पुरानै सामन्ती व्यवस्था पुनःस्थापित गर्न अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसँग साँठगाँठ गरे । क्रान्तिपछिको प्रजातान्त्रिक सुधारबाट डराएका सामन्ती जमिनदार र प्रतिक्रियावादी धार्मिक नेताहरूले अमेरिकी गुप्तचर संस्था (सीआइए) र भारतको सहयोगमा एक सशस्त्र विद्रोह गरे । जनवादी गणतन्त्र चीनको सरकारले त्यो विद्रोहलाई दबाउन सफल भयो । विद्रोह सफल नभएपछि दलाई लामा भारत भागे । भारतमै बसेर उनले तिब्बतमाथि विध्वंस मच्चाउने प्रयास गर्दै रहे ।
सन् २००८ (२०६४ चैत १ गते) मार्चको दोस्रो हप्ता दलाई लामाका आसेपासेहरूले ल्हासा सहरमा हुलदङ्गा गरे । उनीहरूले तिब्बतको २०० भन्दा बढी स्थानमा २१४ घर तथा पसलहरू र ५६ सवारी साधन आगो लगाएर ध्वस्त पारे । एकजना मानिसलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएर मारे । प्रदर्शनमा कम्तीमा १८ जनाको मृत्यु भयो । सो घटना घटाउन भारतको नयाँ दिल्लीमा तिब्बतबाट भागेका शरणार्थीहरूलाई समेटेर ‘तिब्बतका साथीहरू’ (Friends of Tibet) नामको सङ्गठन निर्माण गरी सोको सम्मेलन भएको खुलासा भयो । भारतमै बनेको सो सङ्गठनले जनवरीमा जारी गरेको निर्देशनअनुसार नै तिब्बतमा हुलदङ्गा भएको थियो । त्यसैबेला भारतका लागि अमेरिकी राजदूत डेभिड मलफोर्ड (David Mulford) ले दलाई लामालाई भारतको धर्मशालामा भेटेको पनि खुलासा भयो । साम्राज्यवादी अमेरिका र भारतीय विस्तारवादले तिब्बतका प्रतिकृयावादी दलाई लामालाई सहयोग गरे । यसरी विदेशी प्रतिकृयावादीहरूको सहयोगमा दलाई लामा चीनको तिब्बतमा आफ्नो पुरानो ‘स्वर्ग’ फर्काउन क्रियाशील छन् ।
नेपालमा पनि शोषक, सामन्त, देशी विदेशी प्रतिकृयावादी मिलेर राजतन्त्र फर्काउने प्रयास गर्दै छन् । चैत १५ गते काठमाडौँमा राजावादीहरूले गरेको हुलदङ्गा र लुटपाट त्यसैको सिलसिला हो । त्यसभन्दा अगाडि फागुन २५ गते राजावादीहरूले काठमाडौँमा भाजपाका नेता योगी आदित्यनाथको तस्वीर बोकेर प्रदर्शन गरेका थिए । यसले पनि नेपालमा हुने प्रतिकृयावादी प्रदर्शनहरू विदेशीको उक्साहटमा भइरहेको बुझ्न गा¥हो हुन्न ।
नेपाली जनता सरकारमा गएका शासकहरूबाट पनि वाक्क छन् । नेपाली जनता शिक्षा, स्वास्थ्य निःशुल्क, स्वदेशमै रोजगारी चाहन्छन् । आर्थिक असमानता र शोषणमा आधारित व्यवस्थाको अन्त्य चाहन्छन् । त्यसकै निम्ति जनता सडकमा आउने हुन् । तर, जनताको भावनामाथि खेलवाड गरेर प्रतिकृयावादीहरूले चलखेल गर्दै छन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेको पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र हुन सक्दैन । जनताले चाहेको जस्तो बन्दोबस्त समाजवादी गणतन्त्रमा मात्र प्राप्त हुने भएकोले नेपाली जनता सचेत हुनु जरुरी छ ।
२०८१ चैत्र १७
Leave a Reply