मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
गएको शिशिरमा चीनको ‘हिउँ तथा बरफ अर्थतन्त्र’ निकै फस्टाएको शब्दचित्र पेइचिङ रिभ्यूको जनवरी र फेब्रुअरी अङ्कमा प्रस्ट देखिन्छ । चीनले उइगुर स्वायत्त क्षेत्रको सिङचियाङलाई ‘हिउँको राजधानी’ घोषणा ग¥यो । सिङचियाङ लगायतका हिमाली भेगहरूलाई चीनले हिउँ पर्यटन या अर्थतन्त्रको आधार बनायो । सन् २०२३ देखि २०२४ को जाडो याममा राष्ट्रिय अन्तर्राष्ट्रिय गरी करिब ४३ करोड वटा यात्रा हिउँ र बरफ हेर्न या खेल्नका निम्ति भएको तथ्याङ्क छ । एक वर्षमा पर्यटन क्षेत्रमा यसबाट ५ खर्ब २४ अर्ब ७० करोड युआन अर्थात् ७१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी भयो । यो वर्ष अर्थात् २०२५ मा ५२ करोड वटा यात्रा या भ्रमण हिउँ तथा बरफका निम्ति हुने प्रक्षेपण छ । जसबाट ८६ खर्ब अमेरिकी डलर बराबरको आम्दानी हुने अनुमान गरिएको छ । यो योजनाका लागि हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार पद मार्ग, स्केटिङ मार्गको तयारी हुँदै छ । हिउँ अर्थतन्त्रको अवधारणाले हिमाली र ग्रामीण क्षेत्रको अर्थतन्त्र उकासिनुसँगै जनतालाई रोजगारीको अवसर प्रदान गरेको छ । चिनियाँ सरकारले शिशिरकालीन खेल महोत्सव या हिउँ महोत्सवको नाममा हिमाली क्षेत्रलाई गुल्जार र सक्रिय बनाउन भूमिका खेल्दै छ । सिङचियाङलगायतका ऐतिहासिक भूमिहरूमा सांस्कृतिक इतिहास र सभ्यताको आदानप्रदानसँगै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने काम हुँदै छ । हिमाली क्षेत्रका स्थानीय सरकारमार्फत विद्यालय पाठ्यक्रममा हिउँ र बरफमा खेलिने खेलहरू समावेश भएका छन् । यसले गर्दा खेलसँग जोडिएका सामग्रीको पनि बजार विकास मात्र होइन नयाँ पुस्तामा हिमाल र हिउँप्रतिको लगाव बढ्ने पक्का छ । चिनियाँ सरकारले व्यापारी एवम् लगानीकर्ताहरूलाई चीनको हिउँ तथा बरफ सामग्री उद्योगमा निर्धक्क लगानी गर्न हौस्याउँदै छ । अबको समय हिउँ अर्थतन्त्रको हुनेछ भन्ने सन्देश दिँदै छ । सन् २०२२ मा सम्पन्न पेइचिङ विन्टर ओलम्पिक र पारालम्पिक खेलको सफलतासँगै फेब्रअरी ७ देखि १४ मा हेइलोङ चियाङ प्रान्तको हार्बिनमा सम्पन्न नवौं एसियन विन्टर गेम (एडब्लूजी) ले पनि चीनको हिउँ अर्थतन्त्रमा अतुलनीय योगदान ग¥यो । यो एडब्लूजीमा ३४ देशका १२०० खेलाडीहरू सहभागी थिए । त्यो खेल महोत्सवको सन्देश ‘जाडोको सपना एसियालीबिच माया’ थियो ।
नेता सी भन्नुहुन्छ –“शान्ति हिउँ जस्तै बेदाग हुन्छ, पवित्र हुन्छ ।” एसियामा शान्ति, सुरक्षा, विकासका लागि एकमनको मित्रता जरुरी छ । सबैखाले असुरक्षाविरुद्ध सङ्गठित हुन सके एसियाको शक्तिले समान र व्यवस्थित बहुधु्रवीय विश्वका लागि योगदान गर्न सक्दछ भन्ने विचार खेल महोत्सवले प्रवाह ग¥यो । एसिया विविध सभ्यताहरूको एउटा सङ्गम भूमि हो । समावेशिता, सहअस्तित्व र आपसी सिकाइसँगै साझा विकास र मानव सभ्यताको प्रगतिमा एक भई अघि बढ्नुको विकल्प छैन । विश्वमा एकधु्रवीय आतङ्क र प्रभुत्ववादी अभ्यासविरुद्ध एसियाको एकताले बलियो आवाज दिनु समयको माग पनि हो । हिउँको सहर हार्बिन चिसो मौसमी आधुनिक खेलको जन्मस्थल बनेकोमा नेता सीले खुशी व्यक्त गर्दै भन्नुभयो, “हाम्रो लागि हिउँ र बरफ सुन र चाँदी जस्तै मूल्यवान छ ।” सिङचियाङ, हार्बिनसँगै थुप्रै हिउँका सहरहरूमा हिउँ पर्यटन, संस्कृति, खेलकुद र अर्थतन्त्रको विकासले जनजीवन पनि माथि उठ्ने विश्वास लिइएको छ । देशको उत्तरी भेगको विकासमा ‘हिउँ र बरफ अर्थतन्त्र’ अवधारणा निकै फलदायी देखिन्छ, चीनमा । नेपालजस्तो हिमाली श्रृङ्खला भएको देशमा हिमाली भेगको विकासका लागि योजनासमेत नबन्नु विडम्बना हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा अवस्थित देशमा “हिउँ अर्थतन्त्र” को चिनियाँ शिक्षा परिवेश सुहाउँदो अनुभव हुन्छ । नेपाली शासकहरूले यतातिर ध्यान दिनसके देशकै मुहार फेरिने थियो ।
यसरी चीनले अर्थतन्त्रका विभिन्न आयामहरू हुर्काइरहेकै कारण अमेरिकाको व्यापार युद्धले चिनियाँ अर्थतन्त्रको उडानमा खासै प्रभाव नपरेको सत्य हो । चीनले त ट्रम्पले ६ वर्ष अघि गरेको गल्ती सुधार्न सझाउँदै छ । ट्रम्पको व्यापार युद्धले चीनको विश्वव्यापी बजारमा कुनै असर देखिएन । ट्रम्पको प्रविधि युद्धले चीनलाई आफू अझ परिष्कृत र बलियो बन्न सघायो । विश्व शान्ति र सुरक्षाको प्रत्याभूतिसहितको व्यापार सहकार्य चीनको विशेषता हो भने अमरिका व्यापारमा प्रभुत्वका लागि युद्ध र उपद्रोह गर्न खोज्छ ।
यतिबेला चीन दोस्रो ठुलो उपभोक्ता बजार हुनुका साथै १३० देशको लागि प्रमुख व्यापार साझेदार देश हो । खुला व्यापार सहकार्यको आधारशीलामा चीनले वार्षिक ६१ खर्ब अमेरिकी डलर बराबरको आयात—निर्यात अर्थात् व्यापार गर्छ । चीनले सन् २००१ यता औसत भन्सार दर १५.३ प्रतिशतबाट घटाएर ७.३ प्रतिशतमा झारेको छ । यसले चीनलाई झन लाभ भयो । अमेरिकाको भन्सार दर वृद्धि या व्यापार युद्धको ७ वर्षमा संरा अमेरिकाले नराम्रो व्यापार घाटा बेहोर्यो । चीन र अमेरिकाबीचको अन्तर यही हो ।
संरा अमेरिकाको इतिहासमा व्यापार संरक्षणवादको इतिहास लामो छ । १८ औं शताब्दीमा फाउन्डिङ फाडर्सले कुनै पनि देशलाई भौगोलिक रूपमा एक्ल्याइएपछि रणनीतिक फाइदा लिन सकिने धारणा हुर्काए । संरा अमेरिकाको पहिलो ट्रेजरी सेक्रेटरी एलेक्जेडर हामिलटनले भन्सार कर बढाई उदीयमान उद्योगहरूको संरक्षण गर्ने उपाय या अभियान सुरु गरे । अल्पकालमा वस्तुको मुल्यवृद्धि गर्नुले दीर्घकालमा औद्योगिक शक्ति बढ्ने धारणा हुर्कायो । सन् १८२८ मा भन्सार कर या शुल्क ६१ प्रतिशतसम्म पु¥याउने अशोभनीय कार्य भएको थियो । यसले केही क्षेत्रमा नराम्रो प्रभाव पा¥यो । तर, १९ औँ शताब्दीमा संरा अमेरिकाको अर्थतन्त्र तथ्याङ्कमा उँभो चढ्यो । एक अस्ट्रोहङ्गेरियन अर्थशास्त्री कार्ल पोलान्यीले सन् १९४४ तिर आप्mनो किताब ‘द ग्रेट ट्रान्फोर्मेसन’ मा लेखेजस्तै अहिले ट्रम्पले आप्mनो अर्थतन्त्रको प्रणालीगत सङ्कटको बेला घरेलु व्यवस्था सही ठाउँमा ल्याउन ‘व्यापार युद्ध’ गरेको देखिन्छ । १९ औँ शताब्दीमा प्रयोग भएको व्यापार संरक्षणवादको हतियार २१ औँ शताब्दीका लागि उपयुक्त नहुने सिद्ध भइसकेको छ ।
संरा अमेरिकी इतिहासको विपरीत छ चीनको ऐतिहासिक अनुभव । १५ औँ शताब्दीमै चीनले मेरिटाइमा अर्थात् समुद्री अर्थतन्त्रको बाटो खोजी गरिसकेको थियो । मिङ राजवंश (१३६८–१६४४) तिरको कूटनीतिज्ञ चङले अलगवाद (Isolationism) को बाटो तय गरे । त्यतिबेलाको शासक वर्ग आपैmमा सु–सम्पन्न थिए । त्यसकारण विश्व व्यापार र प्राविधिक विकासबाट त्या वर्ग अलग बस्यो । बेलायती साम्राज्यले १८४० मा चिनियाँ आधारक्षेत्रहरूमा हमला नगरेसम्म चीन विश्वसँग अलग बसी समृद्धि बाँच्दै थियो । इतिहासमा चीन आर्थिक महाशक्ति मुलुक थियो । बेलायती साम्राज्यको हमलापछि चीनको ‘अपमानको शताब्दी’ शुरु भयो । त्यतिबेला चीनले महसुस ग¥यो, “अलगवावादले देशलाई कमजोर बनाउँछ । विश्वसँगको सम्बन्ध जरुरी छ ।”
क्रान्तिपछि देश–देशबीचको कूटनीतिक सम्बन्धसँगै व्यापार सम्बन्धको सुरुआत भयो । सन् १९७८ को ‘सुधार तथा खुलापन’ को आर्थिक नीतिले चीनको अर्थतन्त्रलाइै बेग्लै गति प्रदान ग¥यो । उत्तिबेलाको रेशममार्ग, समुद्री मार्गकै आधारमा आजको ‘क्षेत्र तथा मार्ग अगुवाइ’ अघि बढेपछि अहिले चीन विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र बन्ने तयारीमा छ । यसलाई चीनले इतिहासको पुनर्जागरण भन्यो । अब त डिजिटल सिल्क रोडको बढी चर्चा छ । संरा अमेरिकाले व्यापार संरक्षणवादले औद्योगिक प्रभुत्व कायम गर्न सकिने भ्रम पलिरहँदा चीनले इतिहासबाट सिकेर विश्वव्यापी सहकार्य, सहअस्तित्व र सह—लाभको अवधारणा हुर्काइरहेको जानकारी पेइचिङ रिभ्यूका यी अङ्कहरूमा छ ।
जनवरी अङ्कमा क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोको लिबरल पार्टीबाट राजीनामाको सन्दर्भ छ । देशको आर्थिक मन्दी र सङ्कटको समाधान खोज्न नसक्दा आत्मालोचित त्रुडो ट्रम्पको क्यानडालाई संरा अमेरिकाको ५१ औँ राज्य बनाउने प्रस्ताबबाट निकै आहत बने । क्यानडाविरुद्धको अमेरिकी भन्सार दर वृद्धि अर्को चुनौती बन्यो । अमेरिकालाई रिझाउन ट्रम्पप्रति बफादारी दर्शाउन त्रुडोले चिनियाँ वस्तुमा भन्सार वृद्धि ग¥यो । जबकि चीन नै मात्र त्यस्तो आधार हो जसले क्यानडामा संरा अमेरिकी व्यापार दबाब कमजोर गर्न सक्दछ । चीनसँगको तटस्थता भङ्ग गर्नु त्रुडोको गल्ती साबित भयो । दुई वटा आर्थिक शक्तिको बिचमा तटस्थता क्यानडाको लागि राम्रो उपाय थियो । तर अमेरिकाप्रति त्रुडोको कमजोर या आज्ञाकारी अडानका कारण उनको नेतृत्व कमजोर बन्यो । अन्तर्राष्ट्रिय जगतबाट आलोचना खेप्नुप¥यो, राजीनामाको बाटो समाउनुप¥यो ।
अर्को विषय युक्रेन–रुसबिचको कलह हो । अहिले युक्रेनमा निर्वाचनको कुरा उठ्दै छ । ‘उचाल्यो–उचाल्यो ठचा¥यो’ को व्यवहार युक्रेनलाई अमेरिकाले ग¥यो । अहिले जेलेन्स्कीलाई हटाएर आप्mनो तखतमा बस्ने या फाइदा लिन सकिने कठपुतलीको खोजी गर्दै छ ट्रम्प । सिङ्गो यूरोप युक्रेनकै पक्षमा देखिन्छ । पछिल्लो समय युरोपमा ट्रम्पको रवैया त्यसको कारण हो । ‘ग्रीनल्याड’ कब्जा गर्ने ट्रम्पको नियत बुझेको युरोप अहिलेलाई नाटो र अमेरिकी चालको विपक्षमा छ । चीनले भने वार्ता र सल्लाहबाट युक्रेन समस्याको समाधान खोज्ने सल्लाह दिइरहेछ ।
चीनमा अन्तर सांस्कृतिक गतिविधिबारे राम्रो जानकारी यो बुलेटिनले दिन्छ । फेब्रुअरी अङ्कमा थियानचिङ विश्वविद्यालयमा फार्मस्युटिकल्स र मेडिकल शिक्षा पढिरहेका दुई इरानी दिदी बहिनीको कथा निकै रोचक छ । ‘नाइटिङ्गेल र गुलाबको सहर’, ‘फारसी सभ्यता, कला र इतिहासको केन्द्र’ बाट आएका ती इरानी दिदी—बहिनी चीनको एउटा सांस्कृतिक सहरमा सभ्यता र संस्कृतिको समानता बाँच्दै छन् । कला, साहित्य, संस्कृतिको आदानप्रदान गर्दै छन् । चीनले अन्तराष्ट्रिय जगतबाट विद्यार्थीमात्र बोलाएको छैन सांस्कृतिक, बौद्धिक र सभ्यताको अन्तरघुलनलाई परिभाषित गर्दै छ भन्ने बुझ्न पेइचिङ रिभ्यूका प्रत्येक अङ्क पठनीय छन् ।
Leave a Reply