भर्खरै :

पेइचिङ रिभ्युमा चीनको ‘हिउँ तथा बरफ अर्थतन्त्र’ बारे चर्चा

पेइचिङ रिभ्युमा चीनको ‘हिउँ तथा बरफ अर्थतन्त्र’ बारे चर्चा

गएको शिशिरमा चीनको ‘हिउँ तथा बरफ अर्थतन्त्र’ निकै फस्टाएको शब्दचित्र पेइचिङ रिभ्यूको जनवरी र फेब्रुअरी अङ्कमा प्रस्ट देखिन्छ । चीनले उइगुर स्वायत्त क्षेत्रको सिङचियाङलाई ‘हिउँको राजधानी’ घोषणा ग¥यो । सिङचियाङ लगायतका हिमाली भेगहरूलाई चीनले हिउँ पर्यटन या अर्थतन्त्रको आधार बनायो । सन् २०२३ देखि २०२४ को जाडो याममा राष्ट्रिय अन्तर्राष्ट्रिय गरी करिब ४३ करोड वटा यात्रा हिउँ र बरफ हेर्न या खेल्नका निम्ति भएको तथ्याङ्क छ । एक वर्षमा पर्यटन क्षेत्रमा यसबाट ५ खर्ब २४ अर्ब ७० करोड युआन अर्थात् ७१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी भयो । यो वर्ष अर्थात् २०२५ मा ५२ करोड वटा यात्रा या भ्रमण हिउँ तथा बरफका निम्ति हुने प्रक्षेपण छ । जसबाट ८६ खर्ब अमेरिकी डलर बराबरको आम्दानी हुने अनुमान गरिएको छ । यो योजनाका लागि हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार पद मार्ग, स्केटिङ मार्गको तयारी हुँदै छ । हिउँ अर्थतन्त्रको अवधारणाले हिमाली र ग्रामीण क्षेत्रको अर्थतन्त्र उकासिनुसँगै जनतालाई रोजगारीको अवसर प्रदान गरेको छ । चिनियाँ सरकारले शिशिरकालीन खेल महोत्सव या हिउँ महोत्सवको नाममा हिमाली क्षेत्रलाई गुल्जार र सक्रिय बनाउन भूमिका खेल्दै छ । सिङचियाङलगायतका ऐतिहासिक भूमिहरूमा सांस्कृतिक इतिहास र सभ्यताको आदानप्रदानसँगै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने काम हुँदै छ । हिमाली क्षेत्रका स्थानीय सरकारमार्फत विद्यालय पाठ्यक्रममा हिउँ र बरफमा खेलिने खेलहरू समावेश भएका छन् । यसले गर्दा खेलसँग जोडिएका सामग्रीको पनि बजार विकास मात्र होइन नयाँ पुस्तामा हिमाल र हिउँप्रतिको लगाव बढ्ने पक्का छ । चिनियाँ सरकारले व्यापारी एवम् लगानीकर्ताहरूलाई चीनको हिउँ तथा बरफ सामग्री उद्योगमा निर्धक्क लगानी गर्न हौस्याउँदै छ । अबको समय हिउँ अर्थतन्त्रको हुनेछ भन्ने सन्देश दिँदै छ । सन् २०२२ मा सम्पन्न पेइचिङ विन्टर ओलम्पिक र पारालम्पिक खेलको सफलतासँगै फेब्रअरी ७ देखि १४ मा हेइलोङ चियाङ प्रान्तको हार्बिनमा सम्पन्न नवौं एसियन विन्टर गेम (एडब्लूजी) ले पनि चीनको हिउँ अर्थतन्त्रमा अतुलनीय योगदान ग¥यो । यो एडब्लूजीमा ३४ देशका १२०० खेलाडीहरू सहभागी थिए । त्यो खेल महोत्सवको सन्देश ‘जाडोको सपना एसियालीबिच माया’ थियो ।
नेता सी भन्नुहुन्छ –“शान्ति हिउँ जस्तै बेदाग हुन्छ, पवित्र हुन्छ ।” एसियामा शान्ति, सुरक्षा, विकासका लागि एकमनको मित्रता जरुरी छ । सबैखाले असुरक्षाविरुद्ध सङ्गठित हुन सके एसियाको शक्तिले समान र व्यवस्थित बहुधु्रवीय विश्वका लागि योगदान गर्न सक्दछ भन्ने विचार खेल महोत्सवले प्रवाह ग¥यो । एसिया विविध सभ्यताहरूको एउटा सङ्गम भूमि हो । समावेशिता, सहअस्तित्व र आपसी सिकाइसँगै साझा विकास र मानव सभ्यताको प्रगतिमा एक भई अघि बढ्नुको विकल्प छैन । विश्वमा एकधु्रवीय आतङ्क र प्रभुत्ववादी अभ्यासविरुद्ध एसियाको एकताले बलियो आवाज दिनु समयको माग पनि हो । हिउँको सहर हार्बिन चिसो मौसमी आधुनिक खेलको जन्मस्थल बनेकोमा नेता सीले खुशी व्यक्त गर्दै भन्नुभयो, “हाम्रो लागि हिउँ र बरफ सुन र चाँदी जस्तै मूल्यवान छ ।” सिङचियाङ, हार्बिनसँगै थुप्रै हिउँका सहरहरूमा हिउँ पर्यटन, संस्कृति, खेलकुद र अर्थतन्त्रको विकासले जनजीवन पनि माथि उठ्ने विश्वास लिइएको छ । देशको उत्तरी भेगको विकासमा ‘हिउँ र बरफ अर्थतन्त्र’ अवधारणा निकै फलदायी देखिन्छ, चीनमा । नेपालजस्तो हिमाली श्रृङ्खला भएको देशमा हिमाली भेगको विकासका लागि योजनासमेत नबन्नु विडम्बना हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा अवस्थित देशमा “हिउँ अर्थतन्त्र” को चिनियाँ शिक्षा परिवेश सुहाउँदो अनुभव हुन्छ । नेपाली शासकहरूले यतातिर ध्यान दिनसके देशकै मुहार फेरिने थियो ।
यसरी चीनले अर्थतन्त्रका विभिन्न आयामहरू हुर्काइरहेकै कारण अमेरिकाको व्यापार युद्धले चिनियाँ अर्थतन्त्रको उडानमा खासै प्रभाव नपरेको सत्य हो । चीनले त ट्रम्पले ६ वर्ष अघि गरेको गल्ती सुधार्न सझाउँदै छ । ट्रम्पको व्यापार युद्धले चीनको विश्वव्यापी बजारमा कुनै असर देखिएन । ट्रम्पको प्रविधि युद्धले चीनलाई आफू अझ परिष्कृत र बलियो बन्न सघायो । विश्व शान्ति र सुरक्षाको प्रत्याभूतिसहितको व्यापार सहकार्य चीनको विशेषता हो भने अमरिका व्यापारमा प्रभुत्वका लागि युद्ध र उपद्रोह गर्न खोज्छ ।
यतिबेला चीन दोस्रो ठुलो उपभोक्ता बजार हुनुका साथै १३० देशको लागि प्रमुख व्यापार साझेदार देश हो । खुला व्यापार सहकार्यको आधारशीलामा चीनले वार्षिक ६१ खर्ब अमेरिकी डलर बराबरको आयात—निर्यात अर्थात् व्यापार गर्छ । चीनले सन् २००१ यता औसत भन्सार दर १५.३ प्रतिशतबाट घटाएर ७.३ प्रतिशतमा झारेको छ । यसले चीनलाई झन लाभ भयो । अमेरिकाको भन्सार दर वृद्धि या व्यापार युद्धको ७ वर्षमा संरा अमेरिकाले नराम्रो व्यापार घाटा बेहोर्यो । चीन र अमेरिकाबीचको अन्तर यही हो ।
संरा अमेरिकाको इतिहासमा व्यापार संरक्षणवादको इतिहास लामो छ । १८ औं शताब्दीमा फाउन्डिङ फाडर्सले कुनै पनि देशलाई भौगोलिक रूपमा एक्ल्याइएपछि रणनीतिक फाइदा लिन सकिने धारणा हुर्काए । संरा अमेरिकाको पहिलो ट्रेजरी सेक्रेटरी एलेक्जेडर हामिलटनले भन्सार कर बढाई उदीयमान उद्योगहरूको संरक्षण गर्ने उपाय या अभियान सुरु गरे । अल्पकालमा वस्तुको मुल्यवृद्धि गर्नुले दीर्घकालमा औद्योगिक शक्ति बढ्ने धारणा हुर्कायो । सन् १८२८ मा भन्सार कर या शुल्क ६१ प्रतिशतसम्म पु¥याउने अशोभनीय कार्य भएको थियो । यसले केही क्षेत्रमा नराम्रो प्रभाव पा¥यो । तर, १९ औँ शताब्दीमा संरा अमेरिकाको अर्थतन्त्र तथ्याङ्कमा उँभो चढ्यो । एक अस्ट्रोहङ्गेरियन अर्थशास्त्री कार्ल पोलान्यीले सन् १९४४ तिर आप्mनो किताब ‘द ग्रेट ट्रान्फोर्मेसन’ मा लेखेजस्तै अहिले ट्रम्पले आप्mनो अर्थतन्त्रको प्रणालीगत सङ्कटको बेला घरेलु व्यवस्था सही ठाउँमा ल्याउन ‘व्यापार युद्ध’ गरेको देखिन्छ । १९ औँ शताब्दीमा प्रयोग भएको व्यापार संरक्षणवादको हतियार २१ औँ शताब्दीका लागि उपयुक्त नहुने सिद्ध भइसकेको छ ।
संरा अमेरिकी इतिहासको विपरीत छ चीनको ऐतिहासिक अनुभव । १५ औँ शताब्दीमै चीनले मेरिटाइमा अर्थात् समुद्री अर्थतन्त्रको बाटो खोजी गरिसकेको थियो । मिङ राजवंश (१३६८–१६४४) तिरको कूटनीतिज्ञ चङले अलगवाद (Isolationism) को बाटो तय गरे । त्यतिबेलाको शासक वर्ग आपैmमा सु–सम्पन्न थिए । त्यसकारण विश्व व्यापार र प्राविधिक विकासबाट त्या वर्ग अलग बस्यो । बेलायती साम्राज्यले १८४० मा चिनियाँ आधारक्षेत्रहरूमा हमला नगरेसम्म चीन विश्वसँग अलग बसी समृद्धि बाँच्दै थियो । इतिहासमा चीन आर्थिक महाशक्ति मुलुक थियो । बेलायती साम्राज्यको हमलापछि चीनको ‘अपमानको शताब्दी’ शुरु भयो । त्यतिबेला चीनले महसुस ग¥यो, “अलगवावादले देशलाई कमजोर बनाउँछ । विश्वसँगको सम्बन्ध जरुरी छ ।”
क्रान्तिपछि देश–देशबीचको कूटनीतिक सम्बन्धसँगै व्यापार सम्बन्धको सुरुआत भयो । सन् १९७८ को ‘सुधार तथा खुलापन’ को आर्थिक नीतिले चीनको अर्थतन्त्रलाइै बेग्लै गति प्रदान ग¥यो । उत्तिबेलाको रेशममार्ग, समुद्री मार्गकै आधारमा आजको ‘क्षेत्र तथा मार्ग अगुवाइ’ अघि बढेपछि अहिले चीन विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र बन्ने तयारीमा छ । यसलाई चीनले इतिहासको पुनर्जागरण भन्यो । अब त डिजिटल सिल्क रोडको बढी चर्चा छ । संरा अमेरिकाले व्यापार संरक्षणवादले औद्योगिक प्रभुत्व कायम गर्न सकिने भ्रम पलिरहँदा चीनले इतिहासबाट सिकेर विश्वव्यापी सहकार्य, सहअस्तित्व र सह—लाभको अवधारणा हुर्काइरहेको जानकारी पेइचिङ रिभ्यूका यी अङ्कहरूमा छ ।
जनवरी अङ्कमा क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोको लिबरल पार्टीबाट राजीनामाको सन्दर्भ छ । देशको आर्थिक मन्दी र सङ्कटको समाधान खोज्न नसक्दा आत्मालोचित त्रुडो ट्रम्पको क्यानडालाई संरा अमेरिकाको ५१ औँ राज्य बनाउने प्रस्ताबबाट निकै आहत बने । क्यानडाविरुद्धको अमेरिकी भन्सार दर वृद्धि अर्को चुनौती बन्यो । अमेरिकालाई रिझाउन ट्रम्पप्रति बफादारी दर्शाउन त्रुडोले चिनियाँ वस्तुमा भन्सार वृद्धि ग¥यो । जबकि चीन नै मात्र त्यस्तो आधार हो जसले क्यानडामा संरा अमेरिकी व्यापार दबाब कमजोर गर्न सक्दछ । चीनसँगको तटस्थता भङ्ग गर्नु त्रुडोको गल्ती साबित भयो । दुई वटा आर्थिक शक्तिको बिचमा तटस्थता क्यानडाको लागि राम्रो उपाय थियो । तर अमेरिकाप्रति त्रुडोको कमजोर या आज्ञाकारी अडानका कारण उनको नेतृत्व कमजोर बन्यो । अन्तर्राष्ट्रिय जगतबाट आलोचना खेप्नुप¥यो, राजीनामाको बाटो समाउनुप¥यो ।
अर्को विषय युक्रेन–रुसबिचको कलह हो । अहिले युक्रेनमा निर्वाचनको कुरा उठ्दै छ । ‘उचाल्यो–उचाल्यो ठचा¥यो’ को व्यवहार युक्रेनलाई अमेरिकाले ग¥यो । अहिले जेलेन्स्कीलाई हटाएर आप्mनो तखतमा बस्ने या फाइदा लिन सकिने कठपुतलीको खोजी गर्दै छ ट्रम्प । सिङ्गो यूरोप युक्रेनकै पक्षमा देखिन्छ । पछिल्लो समय युरोपमा ट्रम्पको रवैया त्यसको कारण हो । ‘ग्रीनल्याड’ कब्जा गर्ने ट्रम्पको नियत बुझेको युरोप अहिलेलाई नाटो र अमेरिकी चालको विपक्षमा छ । चीनले भने वार्ता र सल्लाहबाट युक्रेन समस्याको समाधान खोज्ने सल्लाह दिइरहेछ ।
चीनमा अन्तर सांस्कृतिक गतिविधिबारे राम्रो जानकारी यो बुलेटिनले दिन्छ । फेब्रुअरी अङ्कमा थियानचिङ विश्वविद्यालयमा फार्मस्युटिकल्स र मेडिकल शिक्षा पढिरहेका दुई इरानी दिदी बहिनीको कथा निकै रोचक छ । ‘नाइटिङ्गेल र गुलाबको सहर’, ‘फारसी सभ्यता, कला र इतिहासको केन्द्र’ बाट आएका ती इरानी दिदी—बहिनी चीनको एउटा सांस्कृतिक सहरमा सभ्यता र संस्कृतिको समानता बाँच्दै छन् । कला, साहित्य, संस्कृतिको आदानप्रदान गर्दै छन् । चीनले अन्तराष्ट्रिय जगतबाट विद्यार्थीमात्र बोलाएको छैन सांस्कृतिक, बौद्धिक र सभ्यताको अन्तरघुलनलाई परिभाषित गर्दै छ भन्ने बुझ्न पेइचिङ रिभ्यूका प्रत्येक अङ्क पठनीय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *