सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
- कार्तिक १५, २०८२

भक्तपुर, १९ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘Innovating public policy: use of Evidence’ विषयक सातदिने प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी उपसचिवहरूद्वारा भक्तपुर नगरपालिकाको शिक्षा, भौतिक पूर्वाधार, सुशासन, सूचना तथा प्रविधि, नवीनता र उद्यमशीलता आदि विषयमा भक्तपुर नगरपालिकाको अध्ययन भ्रमणको क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
 प्रशिक्षार्थी टोलीलाई भक्तपुर नगरपालिकामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाका गतिविधिबारे सङ्क्षिप्तमा प्रस्तुतीकरण देखाउनुभयो ।
 उहाँले भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म शिक्षा प्रदान गर्दै आएको बताउँदै आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक ऋण र विभिन्न विषयहरूमा विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो ।
 संविधान र कानुनमा सङ्घीयता आए पनि शासन सत्तामा बस्ने नेता, प्रधानमन्त्री, मन्त्रीहरू र माथिल्लो तहका सङ्घीय कर्मचारीहरूमा भने एकात्मक सोच र चिन्तन कायमै रहेको उल्लेख गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयले मात्रै सङ्घीयताको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताउनुभयो ।
 भक्तपुरलाई आदर्श नगरको रूपमा विकास गर्ने प्रयास नगरपालिकाले गर्दै आएको चर्चा गर्दै उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई मार्गदर्शकको रुपमा लिएर भक्तपुरलाई सफा र सुन्दर नगर बनाउन प्रयासरत रहेको बताउनुभयो ।
 प्रशिक्षार्थीहरूको जिज्ञासाबारे प्रस्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले स्थानीय जनतालाई सक्षम बनाई स्वायत्तताको अभ्यास गरिरहेको बताउनुभयो । स्थानीय तहलाई सक्षम र सबल बनाउनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई वार्षिक करिब रु. ४ करोड बराबरको छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो ।
 मौलिक घर र यहाँका सांस्कृतिक सम्पदाहरू नै भक्तपुरको आकर्षण भएको हुँदा भक्तपुरको मौलिकतालाई संरक्षण गर्न पुरानो नगरभित्र घर निर्माण गर्ने घरधनीलाई आर्थिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
 आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकलाले युवा उद्यमशीलताको सन्दर्भमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरूबारे अवगत गराउँदै भक्तपुर नपाले युवा उद्यमशीलता ऋण प्रवाह, गत वर्षदेखि लघु उद्यम तालिम सञ्चालन र सेवाग्राहीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहजताको लागि एप्सहरूको विकास गरिरहेको बताउनुभयो ।
 भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
 अन्तरक्रिया कार्यक्रममा स्टाफ कलेजका अध्ययन निर्देशक त्रिलोचन पौड्याललगायतका प्रशिक्षार्थीहरूले भक्तपुरको यातायातको अवस्था, फुटपाथ, पार्किङ व्यवस्थापन र सडक बत्तीहरूको स्थिति, नपाबाट सञ्चालित आवास योजना, भक्तपुरको विकास निर्माणमा जनश्रमदानको अवस्था, डिजिटल नक्सा प्रणाली, अनलाइन कर भुक्तानी प्रणालीको अवस्था, नपाको उद्यमशीलता विकास कार्यक्रम, सामाजिक सञ्जालको प्रयोग, रोजगारीको अवस्था, घरेलु उद्योग प्रवद्र्धनमा नपाको योजना, खानेपानीको गुणस्तर मापदण्ड, सूचना प्रविधिको प्रयोग आदिबारे जिज्ञासा राख्नुभएको थियो ।
 अध्ययन भ्रमण टोलीमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, आयोग, प्राधिकरणमा कार्यरत ३२ जना उपसचिवस्तरका कर्मचारीहरूको सहभागिता थियो ।
Leave a Reply