भर्खरै :

रतिखोलामा विद्यार्थी भेला सम्पन्न

रतिखोलामा विद्यार्थी भेला सम्पन्न

दैलेख, १९ चैत । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिका अध्यक्ष जगतबहादुर वलीको आतिथ्यमा गुराँस गाउँपालिका दैलेखमा विद्यार्थी भेला सम्पन्न भयो ।
भेलामा जगतबहादुर वलीले विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरू राजनीतिकरूपमा सचेत भए मात्रै देश परिवर्तनमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा गुरास गाउँपालिका अध्यक्ष हस्तबहादुर घलेले आजका विद्यार्थी भोलिका कर्णधार भएकोले अनुशासित भएर अघि बढ्नुपर्ने विचार राख्नुभएको थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य तारा न्यौपानेले मानव समाज विकासबारे जानकारी दिँदै अहिले विद्यार्थी सही राजनैतिक विचारमा हुर्केमा देशले पछि सही नेतृत्व पाउने विचार राख्नुभएको थियो । भेलाले वर्षा बोहराको संयोजकत्वमा १३ सदस्यीय नेक्राविसङ्घ गुराँस गाउँपालिका प्रारम्भिक समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *