भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २१ चैत । भक्तपुर नगरपालिका वडा नं. ७ कृषि समितिको आयोजनामा बिहीबार कृषकहरूलाई विषादीसम्बन्धी अभिमुखीकरण कार्यक्रम ग¥यो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले रासायनिक विषादीको जथाभावी प्रयोगले माटो, वायु, पानीसमेत विषाक्त भएको र यसले मानिसका साथै पशुपक्षीको स्वास्थ्यलाई समेत नकारात्मक असर परिरहेकोले विषादी सही ढङ्गले प्रयोग गर्नु जरूरी भएको बताउनुभयो ।
नसर्ने रोग बढ्नुमा विषादीको प्रयोग पनि एक भएको उहाँले बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष एवं नगर कृषि समितिका संयोजक राजकृष्ण गोराले कृषि विज्ञहरूको सुझाव र निर्देशनअनुसार मात्र विषादी प्रयोग गर्नुपर्छ भन्नुभयो ।
कृषि प्राविधिक रवि ख्याजुले विषादी प्रयोग विधिबारे जानकारी गराउँदै विषादीको अव्यवस्थित प्रयोगले मानिसको स्वास्थ्यमा क्षति पुग्ने बताउनुभयो ।
विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य हेरा ख्याजु र हरिकृष्ण सुकुपायोले पनि विषादी प्रयोगबारे बोल्नुभएको थियो ।
Leave a Reply