भर्खरै :

ख्वप्रिङ्ग एकेडेमीमा विज्ञान प्रदर्शनी

ख्वप्रिङ्ग इङ्गलिश एकेडेमीको १८औं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार विद्यालयको प्राङ्गणमा बृहत विज्ञान प्रदर्शनी २०७४ को आयोजना गरियो ।
सो बृहत विज्ञान प्रदर्शनी २०७४ को एक समारोहबीच नेपाल मजदुर किसान पार्टिका केन्द्रिय सचिव एंव सांसद प्रेम सुवालले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सुवालले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनमा भक्तपुरका जनताहरुको उच्च योगदान रहेका चर्चा गर्दै जनआन्दोलनमा भक्तपुरका ६ जना वीर योद्धाहरुले वीरगति प्राप्त गरेको विचार व्यक्त गर्दै, भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने उद्देश्य तथा लक्ष्यहरु हासिल गर्न विज्ञान प्रदर्शनीले ठुलो महत्व राख्दछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुलाई विज्ञानले प्रमाणित तथा सिद्ध नगरेका कुराहरु जस्तै अन्ध विश्वासको पछि नलाग्न अनुरोध गर्दै किताबमा पढेका ज्ञानहरु यसरी प्रयोगात्मक रुपमा पनि गरी अध्ययन गरिएमा सिकाई दीर्घकालीन पनि हुन्छ भन्न्ुयो ।
समारोहमा विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले विद्यालयले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिपेन्द्र प्रजापतिले पनि बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *