भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
काठमाडौं, ९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सञ्चालक समितिमा एसियाली विकास बैड्ढले मनोनयन वा नियुक्ति गरेको स्वतन्त्र सञ्चालक सदस्य रहने व्यवस्थाप्रति गम्भीर आपत्ति गर्नुभयो ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनमाथि बुधबार छलफलमा भाग लिंदै प्रमुख प्रजापतिले खानेपानी व्यवस्थापन हाम्रो जिम्मेवारी हो, यस्तो सञ्चालक समितिमा विदेशीका प्रतिनिधि आवश्यक किन भयो भनी प्रश्न गर्दै सिंहदरवारभित्र सयौं वटा आइएनजीओहरूले काम गरिरहेकोबारे सचेत हुुनुपर्छ भन्नुभयो ।
केयूकेएल घाटामा गइरहेको हुँदा नाफामा जानुपर्ने भनी व्यक्त सहभागीहरूको विचारप्रति असहमति जनाउँदै सारा जनतालाई शुद्ध पानी खुवाउनु राज्यको दायित्व हो, खानेपानी प्राकृतिक स्रोत भएकोले नाफाको निम्ति होइन सेवाको भावनाले सन्तुलित वितरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
१० हजार लि. पानीको रू. १००। लिई आएकोमा आवश्यकताअनुसार दस्तुर बढाउने प्रतिवेदनमा उल्लेखित विषयमा टिप्पणी गर्दै प्रमुख प्रजापतिले वर्षौंसम्म पानीविना महसुल तिर्न बाध्य जनतालाई पानी नआएको अवधिको स्थलगत निरीक्षण गरी मिनाहा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
केयूकेएलले राम्रोसँग खानेपानी वितरण नगरेको कारण जनताको समस्या सम्बोधन गर्न निर्वाचनपछि भनपाले करिब चार लाख रूपैयाँ बराबरको खानेपानी वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नपा स्थापनादेखि खानेपानीको लागि १३÷१४ करोड रूपैयाँ खर्च गरिसकेको र यो वर्ष पनि डेढ करोड खर्च गरेको बताउनुभयो ।
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले केयूकेएलको सञ्चालक समितिमा जनप्रतिनिधिहरू पनि राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि कमलेशकुमार अग्रवालले केयूकेएलको काम कारबाही कम्पनी ऐनअनुसार नभएको, खानेपानी व्यापारको दृष्टिले हेरेर नाफा लिनेतर्फ सोच्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
केयूकेएलको सञ्चालक समितिमा ९ जना सदस्य रहने व्यवस्था भएकोमा अबदेखि ११ जना सदस्य रहने व्यवस्था गरिएको छ ।
साधारणसभाले आव २०७२÷७३ को लेखा परीक्षण प्रतिवेदन पारित लेखा परीक्षक नियुक्ति गर्ने निर्णय ग¥यो । त्यसैगरी एसियाली विकास बैड्ढका प्रतिनिधि स्वतन्त्र सञ्चालक हुने प्रस्ताव लिनुका साथै कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गरी अर्को सभामा पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गरियो ।
केयूकेएलमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका नगरपालिकाहरूका लागि सुरक्षित गरिएका ३० हजार कित्ता (३० लाख बराबरको) र साधारण शेयर लिन पत्राचार गरेकोमा १६ नपाहरूलाई बराबर भाग गर्दा एउटा नगरपालिकाको भागमा १८७५ कित्ता शेयर १ लाख ८७ हजार ५०० पर्नेमा भनपाले सो रकम बुझाई केयूकेएलको सदस्य बनेको छ ।
Leave a Reply