चे, फिडेलको संस्मरणमा – ६
- आश्विन २५, २०८२
काठमाडौँ, १२ वैशाख । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगर समितिको आयोजनामा चौथो नेपालभाषा साहित्य सम्मेलन शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनताको साहित्यले समाजमा रहेका अन्धविश्वासलगायतलाई उदाङ्ग्याउनु जरूरी रहेको आवश्यकता औँल्याउँदै हाम्रो संस्कृति र सम्पदा हामी आफैले संरक्षण गनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिंहदरबारको मुख ताकेर मात्र हाम्रो सम्पदा र संस्कृति संरक्षण हुने अवस्था छैन । विदेशी अनुदान र ऋणमा पनि हाम्रो सम्पदा र संस्कृति संरक्षण हुनेछैन ।”
“एमसीसी अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने सैन्य मोर्चा र अमेरिकी स्वार्थको लगानी हो । एमसीसीको अनुदान विषजस्तै हुने भएकोले नेपाली जनताबाट विरोध भएको हो । अहिले एमसीसी नआउने सार्वजनिक भयो । एमसीसी कार्यालय याक एन्ड यति होटेलमा डलरका डलर खाएको कसरी असुल हुन्छ ?” सांसद सुवालले भन्नुभयो ।
सम्पदा संरक्षणसम्बन्धी विषय विद्यार्थीको पाठ्यपुस्तकमा समावेश गरी नयाँ पुस्तालाई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको दरबार क्षेत्र, स्वयम्भू, बौद्धनाथ, चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा समावेश भएको हुँदा तत्तत् स्थानका जनतालाई संलग्न गराई सम्पदाको संरक्षण गर्नु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “२०४६ सालयता ३५ वर्षमा सरकारमा गएका दलहरूले जनतालाई खर्बौँ रूपैयाँको ऋण बोकाउने र व्यापार घाटामा पु¥याउनेबाहेक अरू केही गरेको छैन ।”
“विद्यार्थीको भर्नाको समयमा शिक्षकलाई काठमाडौँ बोलाएर आन्दोलन गर्न लगाउनु निजी विद्यालयलाई पोस्नु जस्तै हो । एसईई परीक्षा राष्ट्रियस्तरमै लिनु जरूरी छ । पालिकालाई जिम्मा दिनु हुँदैन । सरकारमा गएका दलहरूले युवालाई सडकमा बोलाएर जुलुस गर्ने होइन† देशभित्र रोजगार दिने हो”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजहरू सञ्चालन गरी काठमाडौँ जिल्लाका ५ सय विद्यार्थी र ललितपुरका ४ सयसमेत देशभरिका ९ हजार विद्यार्थीलाई इन्जिनियर पढाएको छ । भूकम्पीय जोखिम न्यून गर्ने प्रविधिसहितको इन्जिनियरिङ शिक्षा पनि कलेजमा उपलब्ध छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशको अवस्थाबारे जानकारी गराउँदै शासक दलहरूको जनविरोधी क्रियाकलापबारे सबैले बुझ्नुपर्ने र बुझाउनुपर्ने बताउनुभयो ।
राजनीतिकरूपले सचेत हुनु आवश्यक रहेको भन्दै उहाँले जनता सचेत भएमा गलत काम गर्नेहरूलाई सजाय दिनसक्छ, उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले देशको सन्तुलित विकास गर्न बाहिर जिल्लाको बसाइँसराइ रोक्नुपर्ने बताउनुभयो ।
उहाँले थ वहीको कमलपोखरी म्हासेर १५ तलाको घर निर्माण गर्दा पनि चुप लागेर बस्ने हो भने अन्य क्षेत्रमा पनि त्यस्तै किसिमको गैरकानुनी निर्माण गरे भने के गर्ने सबैले सोच्नुपर्ने बताउनुभयो ।
राजु कपालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पशुविज्ञ डा. अजिरमान सिंह, अभियन्ता राजेन्द्र नकर्मी, नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्य, कीर्तिपुरका श्रीकृष्ण महर्जनलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका रत्ना डंगोलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कविता विधामा सकुन्तला महर्जन पहिलो, युसुप दुवाल दोस्रो, शम्भु प्रजापति तेस्रो र सुजिता महर्जन सान्त्वना हुन सफल भए । कथातर्फ पुष्परत्न ताम्राकार पुरस्कृत हुन सफल भए ।
कार्यक्रममा टेवहाःका चार जना गुरूहरू रत्नकाजी बज्राचार्य, शेषनारायण महर्जन, रसना महर्जन र दीपक तुलाधरलाई सम्मान गरिएको थियो ।
Leave a Reply